प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

प्र.ना.म.नि. सुदिप गिरी

मोबायल नं. ९८५२०८४४४४

ईमेलः pradesh1@nepalpolice.gov.np

कन्ट्रोलः ०२१-४३५००१

टोल फ्री नंं. १६६०२१४३३३३

दक्ष जनशक्ति उत्पादनमा बिशेष जोड- प्रहरी नायव महानिरीक्षक सुदिप गिरी
२०७९-०३-२७

दक्ष जनशक्ति उत्पादानमा बिशेष जोड दिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर र प्रदेश प्रहरी गण बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरीहरुलाई निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिन र  विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथै भिड नियन्त्रण तथा प्रहरी कारवाहीमा कति पनि बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन समेत वहाँले निर्देशन दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धती अहिलेको आवश्यकता रहेको बताउँदै तालिमका शुरुवाती दिन देखी नै उक्त कुरामा बिशेष ध्यान दिई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन समेत तालिम केन्द्रका समादेशक तथा प्रशिक्षकहरुलाई बिशेष निर्देशन दिनु भयो । यसका साथै प्रहरी आचरण बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही र राम्रो कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न समेत वहाँले निर्देशन दिनु भयो ।

  • फरार प्रतिवादी पक्राउ
    २०७९-०५-०१

    जबरजस्ती करणी मुद्धामा सम्मानित पुनरावेदन अदालत बिराटनगरको मिति २०७२।०९।२६ गतेको सजाय निर्धारण फैसला आदेशले १० बर्ष कैद सजाय तोकिएता पनी हालसम्म फरार रहदै आएका धरान उप-महानगरपालिका-१५ का २८ बर्षीय सुमन परियारलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुको खोजतलासमा निरन्तर खटिदै आएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहको प्रहरी टोलिले आज दिउँसो परियारलाई धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका परियारलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

    [ विस्तृतमा ]
  • टिपर दुर्घटना २ जनाको मृत्यु
    २०७९-०४-३१

    उदयपुरको कटारी नगरपालिका-८ कुरिभञ्याङमा आज बिहान टिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।  कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका-८ का ४५ बर्षीय नर बहादुर मगर र ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।

    [ विस्तृतमा ]
  • पानिमा डुबेर बालक १ सहित २ जनाको मृत्यु
    २०७९-०४-३१

    मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका-६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका-३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

    [ विस्तृतमा ]
हाईलाईटहरु
१ नं. प्रदेश प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी कार्यक्रम
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।