प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी नायव महानिरीक्षकको बारेमा

 

प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी. ले बि. सं. २०४९ बाट कानून कार्यान्वयन गर्ने निकायमा आफ्नो क्यारियरको सुरुवात गर्नु भएको थियो अर्थात बि.सी.ले मिति २०४९ साल चैत्र ११ गतेदेखि नेपाल प्रहरी सेवामा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गर्नु भएको हो ।


बि.सी.ले प्रहरी सेवाको अट्ठाईस वर्षमा कानून कार्यान्वयनको क्षेत्रमा बिभिन्न अनुभवहरु बटुल्नु भएको छ । विभिन्न प्रहरी कार्यालयमा अनुसन्धान अधिकृत, कार्यालय प्रमुख तथा सहायक लगायत महत्वपुर्ण जिम्मेवारी सम्हाल्नु भएका उहाँले सेवारत रहँदा प्रहरीले सामुदायको आवश्यकता अनुसार आफ्नो उत्तरदायित्व, व्यवहारमा सुधार ल्याउनु पर्ने कुरामा जोड दिनु भएको छ । नेपाल प्रहरीका विभिन्न पदहरुमा रहेर काम गरि सक्नु भएको उहाँले आफ्नो प्रहरी सेवाकालमा धेरै पुरस्कार, मान पदवीहरु तथा प्रमाणपत्रहरू प्राप्त गर्नु भएको छ । उहाँले सेवाअबधिमा संयुक्त राष्ट्रसंघका बिभिन्न मिसनहरुमा रहेर अप्रेशन अफिसर, अन्वेषक, गस्ती र टास्क फोर्स कमाण्डरको रूपमा काम गरिसक्नु भएको छ, उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।