मुख्य घटनाहरु

५ लाख भन्दा बढि नगद सहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ
मोरङ, असार-६ गते ।
मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान-१, कानमा लगाउने झुम्का थान-३, LCD टिभि थान-१, मोवाईल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु. ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको wineart पसलमा राती झ्याल फुटाई नगद रु. ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले संचालन गरेको Next terms education visa serves ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ । पक्राउ परेका द्धय चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, असार-६ गते ।
नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादव जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याई अबैध भन्सार छली चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादवलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
१८ केजी गाँजा र ७ लाख नगद सहित ६ जना पक्राउ
मोरङ, असार-६ गते ।
लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतिय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन् भने यसै गरी भारतिय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् । बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद रु ७ लाख १६ हजार ६ सय, भारतिय नगद रु २ हजार लगायत विभिन्न कम्पनीको मोवायल थान-६ फेला पारी बरामद गरेको छ । प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनिहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ । पक्राउ परेका मध्ये सुर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
रकम ठगी गर्ने २ जना पक्राउ
मोरङ, असार-६ गते ।
मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स-मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान-१, उठाएको रकम अभिलेख भएको डायरी थान-१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान-१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१ बरामद भएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ । उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।
करेन्ट लागेर मृत्यु
मोरङ, असार-५ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ८ सलकपुर का १५ बर्षीय आनन्द मेहताको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे आफ्नै सब्जिबारीमा जाँदा सिचाई गर्न मोटरको तारमा करेन्ट लागी घाईते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा सोही दिने बेलुका साढे ८ बजे मृत्यु भएको छ ।
लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
मोरङ, असार-४ गते ।
मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
सेल्फी खिच्दा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
मोरङ, असार-४ गते ।
मोरङ सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । हात्ती अहिले रतुवामाई तर्फ गएको छ ।
लडेर २ जनाको मृत्यु
विराटनगर, असार-४ गते ।
ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
लडेर मृत्यु
ओखलढुंगा, असार-४ गते ।
ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
क्र्याक ब्यान्डेजले घाटीमा बाधी हत्या गर्ने पक्राउ
झापा, असार-३ गते ।
झापा मेचीनगर नगरपालिका ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरिएको छ । हिजो राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भिमराज मृत अबस्थामा फेला परेका थिए । तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् । उनि उपर थप अनुसन्धान तथा कानुनि कारबाही भईरहेको छ ।
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, असार-३ गते ।
झापा मेचीनगर नगरपालिका ६ शान्तिनगर टोल स्थितबाट आज दिउसो सँवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय पबन राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको छ ।
अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ
उदयपुर, असार-३ गते ।
उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक (Made in USA) लेखिएको पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको छ ।
भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु, १ जना घाईते
संखुवासभा, असार-३ गते ।
संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी तर्फ पठाएको छ ।
७८ बर्षीय बृद्धको लडेर मृत्यु
सोलु, असार-२ गते ।
सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिका ४ क्यामे का ७८ बर्षीय अगम शेर राईको लडेर मृत्यु भएको छ । आज बिहान के कुन समयमा घरबाट हिडेका राईको घर नजिकै पैनीको डिलमा चिप्लिएर लडी मृत अबस्थामा बिहान ९ बजे फेला परेका हुन । घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरी टोली रहेको छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गएको छ ।
रोलरमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु
मोरङ, असार-२ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ८ चिउरा मिल छेउ पुर्व-पश्चिम राजमार्गमा मंगलबार बेलुका ८ बजे भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक नबलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने २५ बर्षिय गोकुल थापा भन्ने याम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका थापाको सोही दिनको बेलुका ९ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पुर्वबाट आउदै गरेको One Test रोलरमा सोही दिशा तर्फ आउदै गरेको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय रुपक खड्का समेत घाईते भई धरानमा उपचार भईरहेको छ । रोलर र चालक कटहरी गाऊपालिका ४ का ३३ बर्षीय सरोज कुमार गौतम ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।
करेन्ट लागेर १ महिलाको मृत्यु
झापा, असार-१ गते ।
झापा बुद्धशान्ति गाऊपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, असार-१ गते ।
मोरङ रतुवामाई नगरपालिका ९ भौडा चोक स्थितबाट प्रहरी चौकी इटहरा मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ८ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का २८ बर्षीय सन्देश भट्टराई रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट, ESKUF २ बोतल र मोटरसाईकल सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
लडेर मृत्यु
ईलाम, असार-१ गते ।
ईलाम फाकफोकथुम गाँउपालिका २ कोलबोटे का ५२ बर्षीय लाल बहादुर राईको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
झापा र ईलाममा ब्राउन सुगर सहित ५ जना पक्राउ
विराटनगर, जेष्ठ-३१ गते ।
झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । आईतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
पानीमा डुबी छुट्टा छुट्टै स्थानमा २ जना बालिकाको मृत्यु
सुनसरी, जेष्ठ-३१ गते ।
सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पुर्‍याउदा मृत्यु भई सकेको थियो । त्यस्तै आईतबार दिनको साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
रुखको हागाले लागेर मृत्यु
उदयपुर, जेष्ठ-३० गते ।
उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै कानुनि प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।
बोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तर खस्दा १ जनाको मृत्यु र ३ जना घाईते
उदयपुर, जेष्ठ-३० गते ।
उदयपुर ताप्ली गाउपालिका ४ पोखरी स्थितको कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाईतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाईते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचार पश्चात घरमानै रहेका छन् । दुर्घटनामा परि मृत्यु भएका बि.क.को लास घटनास्थलमानै रहेकोले कानुनी प्रकृया पुरा गर्नको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्र.ना.उ.को टोली खटि गएको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान् श्रीमतीको मृत्यु
सुनसरी, जेष्ठ-२९ गते ।
सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनिहरुले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
श्रीमतीको हत्या गर्ने पक्राउ
ईलाम, जेष्ठ-२९ गते ।
आफ्नै श्रीमतीको हत्या गर्ने भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका छन् ।शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो । घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
मोरङ, जेष्ठ-२९ गते ।
मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी Tramadol १७० क्याप्सुल र Spaspain २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
ईलाम, जेष्ठ-२९ गते ।
ईलाम ननगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० बर्षीय बीर बहादुर लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे लाईन बनाउन भर्‍याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा सोही दिनको पौने ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
क्रेन बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार २ जनाको मृत्यु, २ जना घाईते
सोलु, जेष्ठ-२८ गते ।
आज बिहान पौने ९ बजे सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा बिद्युतको तारमा क्रेनले छुईन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ मिश्रीखोला गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार क्रेन चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् । घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु
पाँचथर, जेष्ठ-२८ गते ।
पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
झापा, जेष्ठ-२८ गते ।
झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको छ । घटना भएको दुवै स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ
सुनसरी,जेष्ठ-२७ गते ।
सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन । उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ५४० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।
ट्याक्टरबाट लड्दा कामदारको मृत्यु
सुनसरी, जेष्ठ २६ गते ।
सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५० बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिईएको छ ।
करेन्ट लागेर नाबालकको मृत्यु
झापा, जेष्ठ २६ गते ।
झापा बिर्तामोड-१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।
पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ
मोरङ, जेष्ठ २६ गते ।
मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो । यसैगरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो । हातहतियार र गोली सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ
सुनसरी, जेष्ठ २५ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी-४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लडेर पानीमा डुबी मृत्यु
ओखलढुंगा, जेष्ठ-२५ गते ।
ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको भन्ने जानकारी प्राप्त भए लगतै प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
चट्याङमा परी १ जनाको मृत्यु
मोरङ, जेष्ठ-२५ गते ।
मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको छ ।
४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद
मोरङ, जेष्ठ-२४ गते ।
मोरङ जहदा गाउँपालिका १ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । आज राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।
करेन्ट लागेर मृत्यु
सुनसरी, जेष्ठ-२३ गते ।
सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ
मोरङ, जेष्ठ-२२ गते ।
मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसिको NS मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो । खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, जेष्ठ-२२ गते ।
झापा कचनकवल गाऊपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ ।
छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु
विराटनगर, जेष्ठ-१८ गते ।
आज बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र ईलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै इलाम नगरपालिका ११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जादै गरेको ना२ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ बर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ बर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी ईलामको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
सुनसरी, जेष्ठ-१८ गते ।
सुनसरी कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान-५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ
मोरङ, जेष्ठ-१७ गते ।
औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ बर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ । आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसंगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको छ ।
१ सय ६५ केजी गाँजा सहित मानिस पक्राउ
सुनसरी, जेष्ठ-१७ गते ।
सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी स्थित पुर्ब-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।
मोटरसाईकल अनियन्त्रित भई चालकको मृत्यु
झापा, जेष्ठ-१७ गते ।
झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका दर्जीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको छ ।
एम्बुलेन्स दुर्घटनबाट १ जनाको मृत्यु
पाँचथर, जेष्ठ १७ गते ।
जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाऊपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाईतेहरुको अबस्था सामान्य रहेको छ । एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८बर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेको छ ।
ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, जेष्ठ-१६ गते ।
झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।
पानीको खाल्डोमा डुबी बालिकाको मृत्यु
मोरङ, जेष्ठ-१६ गते ।
मोरङ सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्ने बल बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको निजकै आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भईरहेको छ ।
नालीमा डुबेर नाबालिकाको मृत्यु
संखुवासभा, जेष्ठ १५ गते ।
खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खादबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
मोरङ, जेष्ठ १४ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको हो भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार
सुनसरी, जेष्ठ १४ गते ।
सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित २ जना पक्राउ
झापा, जेष्ठ-१२ गते ।
झापा गौरीगंज गाऊपालिका २ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् । उनिहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८ ट्याब्लेट र Nitravet -३० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
रुखले किचेर १ जनाको मृत्यु
धनकुटा, जेष्ठ-१२ गते ।
जिल्ला धनकुटा सहिदभुमी गाऊपालिका ३ छिन्ताङ ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान गरिरहेको छ ।
एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जना पक्राउ
सुनसरी, जेष्ठ-११ गते ।
सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० के.जी. लागूऔषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
रुखले किचेर मृत्यु
धनकुटा, जेष्ठ-११ गते ।
धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु
झापा, जेष्ठ-१० गते ।
झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, जेष्ठ-१० गते ।
जिल्ला मोरङ बिराटनगर १६ दरैया स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ बर्षीय सजजु साहीलाई DIALEX – DE २ बोतल, NITRAVET ३० ट्याब्लेट, SPASMO-PROXYVON PLUS ८ ट्याब्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
पोखरीमा डुबी मृत्यु
मोरङ, जेष्ठ-९ गते ।
पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका छन् । शनिबार बेलुका ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबी बेपत्ता भएको खबर प्राप्त भए लगतै ईलाका प्रहरी कार्यालय पथरीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गई स्थानियको सहयोगमा खोजतलास गर्दा आज बिहान १० बजे पाण्डेको मृत अबस्थामा लाश फेला परेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, जेष्ठ-९ गते ।
मोरङ बिराटनगर १७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
माछा मार्ने क्रममा नदिले बगाई बेपत्ता
भोजपुर, जेष्ठ-९ गते ।
भोजपुर अरुण गाऊपालिका ७ का २४ बर्षीय युवराज अधिकारीलाई नदिले बगाई बेपत्ता भएका छन् । गत राती १२ बजे उनि सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९/१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाई लगी बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, जेष्ठ-८ गते ।
झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । शुक्रबार दिउसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित २ जना पक्राउ
उदयपुर, जेष्ठ-८ गते ।
उदयपुर त्रियुगा नगरपालिका ७ धरमपुर स्थितबाट लागूऔषध सहित २ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय अमिर खड्का र २० बर्षीय सुरज कार्की रहेका छन् । शुक्रबार दिउसो २ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध PHENERGAN १२ एम्पुल, NOOPHIN १२ एम्पुल र DIAZELAB १२ एम्पुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
हत्यामा संग्गल्न १ जना पक्राउ
मोरङ, जेष्ठ ०७ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् । आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
औषधी कालोबजारी गर्ने १ जना पक्राउ
मोरङ, जेष्ठ ०७ गते ।
मोरङको बिराटनगर महानगरपालिका-३ बाट औषधी कालोबजारी गर्ने १ जना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका -३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतो औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् । महतोले सिरहा बरियारपट्टी गाउँपालिका -३ का ४५ को राम नारायण मुखियालाई २०७८।०१।२५ गते देखि २०७८।०१।३० गतेसम्म फार्मेसीमा औषधी बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधीको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोलाई फार्मेसीबाट नै पक्राउ गरेको हो । पक्राउ परेका महतोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
झापा, जेष्ठ ०७ गते ।
झापाको कमल गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका-१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको छ ।
हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ
मोरङ, जेष्ठ ०६ गते ।
हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । आज दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर -१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो । त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको छ ।
ट्याक्टर दुर्घटना १ जनाकोमृत्यु २ जना घाईते
खोटाङ, जेष्ठ ०६ गते ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी-४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह-चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनकोशी नदीले बगाएर बालक बेपत्ता
ओखलढुङगा, जेष्ठ ०६ गते ।
ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ नबिन राईको १३ बर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् । आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् । बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको छ ।
बेलिब्रिज बनाउने क्रममा कामदारको मृत्यु
ताप्लेजुङ, जेष्ठ ०६ गते ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
भिरबाट लडेर २ जनाको मृत्यु
बिराटनगर, जेष्ठ ०६ गते ।
सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो । बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यसैगरी उदयपुरको कटारी नगरपालिका-८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बि.क.को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बि.क.को घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबिरहेको अवस्थामा मृत फेला
पाँचथर, जेष्ठ ०६ गते ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । नेम्वाङ , बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
देवर द्धारा भाउजु हत्या, हत्यामा संग्लग्न पक्राउ
मोरङ, जेष्ठ ०५ गते ।
मोरङको रङगेली नगरपालिका-३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका-३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरेको हो । मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।

बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, जेठ ०५ गते ।
जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मालाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल बैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।


प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।


सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु
सोलुखुम्बु, जेठ ०५ गते ।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको छ ।
जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
झापा, जेष्ठ-४ गते ।
झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
मोरङ, जेष्ठ-४ गते ।
मोरङको बुढीगंगा गाऊपालिका ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १-०२-०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ
झापा,जेष्ठ-३ गते ।
झापाको झापा गाँउपालिका-२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन । पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
भरुवा बन्दुक सहित ४ जना पक्राउ
खोटाङ, जेष्ठ-२ गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बि.क. रहेका छन् । गत राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ भने बि.क.लाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
विराटनगर, जेष्ठ-१ गते ।
सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाऊपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ भने आज दउसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा दिउसो सवाँ १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।
छुरा प्रहार गरि हत्या, हत्यामा संलग्न ३ जना पक्राउ
मोरङ, जेष्ठ-१ गते ।
मोरङ लेटाङ-३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनिहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी टोली खटि गई खोजतालस गरि घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरि उनिहरु उपर आबश्यक अनुसन्धान भईरहेको छ ।
भर्‍याङबाट लडेर मृत्यु
पाँचथर, जेष्ठ-१ गते ।
पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राती १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
हिमाल आरोहण गर्ने क्रममा २ बिदेशी नागरीकको मृत्यु
सोलुखुम्बु, बैशाख ३१ गते ।
सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोहणका लागी हिडेका स्विजरल्याण्डका नागरीक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ बर्षीय abdulwaheed/aawaraich सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो । मृतक दुवै जनाको उद्धारको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको छ ।
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
झापा, बैशाख ३० गते ।
झापाको कमल गाउँपालिका-३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।
मोटरसाईकल दुर्घटना चालकको मृत्यु
झापा, बैशाख ३० गते ।
झापाको मेचीनगर नगरपालिका-१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती सवा ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक मेचीनगर नगरपालिका-१२ का ३० बर्षीय कुजैहाङ लिम्बु घाईते भएका थिए । घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, बैशाख २९ गते ।
झापाको कन्काई नगरपालिका-३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका-७ की ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु
संखुवासभा, बैशाख २९ गते ।
संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका-१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अटो टेम्पु भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते
खोटाङ, बैशाख-२९ गते ।
खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरि उपचारको लागी घोपा धरान तर्फ पठाईएको हो ।
पानीमा डुबी मृत्यु
मोरङ, बैशाख-२९ गते ।
जिल्ला मोरङ रंगेली ५ आँपगाछी का रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अबस्थामा फेला परेको छ । मंगलबार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
घाँस काट्न जाँदा लडेर मृत्यु
ओखलढुंगा, बैशाख-२९ गते ।
ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर सम्म पनि घर फर्कि नआए पछी परिवारले खोजतालस गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाईते अबस्थामा फेला पारेका थिए । घाईतेको घरमा ल्याई उपचारको लागी लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई बुझ्ने कार्य भईरहेको छ ।
पानी खान जाँदा लडेर बृद्धको मृत्यु
ईलाम, बैशाख-२९ गते ।
ईलाम, ईलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।
करेन्ट लागी मृत्यु
भोजपुर, बैशाख-२८ गते ।
भोजपुर पौवादुम्मा गाऊपालिका १ अरुणडाडा का ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनि साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्‍याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै मृत्यु भएको छ । घटनाको बारेमा जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
सिटी सफारी दुर्घटनाबाट बालिकाको मृत्यु
मोरङ, बैशाख-२८ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे को१ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्का घाईते भएकी थिईन । घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको छ । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-२८ गते ।
मोरङ बिराटनगर १३ का २८ बर्षीय बिर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ । सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध Spascore–von plus ४८ चक्की , नाईट्रोसन ६२ चक्की, Diaiex DX १० बोतल सहित पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
धनकुटा, बैशाख-२८ गते ।
धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागी घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ढुंगाले किचिर बालकको मृत्यु
ताप्लेजुङ, बैशाख-२७ गते ।
ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ । आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव-बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पानीमा डुबेर बालकको मृत्यु
मोरङ, बैशाख-२७ गते ।
मोरङ रंगेली नगरपालिका ९ बेदमारी स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ । आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए । घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
आगोलागीबाट ७ वटा बाख्रा र १ वटा गाईको जली मृत्यु
मोरङ, बैशाख-२७ गते ।
मोरङ बुढिगंगा गाऊपालिका ६ कोयलपुर का जंग बहादुर तामाङको गाई गोठमा आगोलागी हुँदा गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षेती भएको र अन्य मानबीय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।
ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ
सुनसरी, बैशाख-२६ गते ।
सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी-३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । यही बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनको छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरना कि आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा रु. ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाँका गरी लगेका थिए । सो घटनामा घाईते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । उक्त घटनामा सम्लग्न प्रतिबादीहरुको खोजतलासका लागी पिडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सुचनाको आधारमा सुक्ष्म रुपले अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो । उक्त घटनाको गहन अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उल्लेख गरिएका सामान सहित घटनामा संलग्न उनिहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका उनिहरुले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको भनि खुल्न आए पश्चात लक्ष्मीको कोठा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा ईलाका प्रहरी कार्यालय धरानबाट कारवाही प्रकृया अगाडी बढाईएको छ ।
प्रहरीको सक्रियतामा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर स्थानिय मोटर ग्यारेजहरुबाट प्राप्त गरी रिफिलको लागी डिलरमा बुझाईयो
झापा, बैशाख-२६ गते ।
झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ । गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो । उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ ।
चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते
मोरङ, बैशाख-२६ गते ।
आज बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परी गम्भिर घाईते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका हुन् । उनिहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु
ओखलढुंगा, बैशाख-२६ गते ।
मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवार समेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ
मोरङ, बैशाख-२५ गते ।
सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् । शुक्रबार दिनको १२ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र Remdesivir नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो । आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि Remdesivir औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ । उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो । Remdesivir औषधी कोरोना संक्रमितको उपचारमा प्रयोग हुने गरेको जनाएको छ । सो क्रियाकलापमा संलग्न अर्का यादव भने यस अघी २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको सो कार्यालयले जनाएको छ ।
रुखले किची १ जनाको मृत्यु
सुनसरी, बैशाख-२५ गते ।
सुनसरीको ईटहरी १७ टिकुलिया का ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
उदयपुर, बैशाख-२५ गते ।
उदयपुर कटारी नगरपालिका ११ चिलाउने का ४२ बर्षीय हर्क बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार दिनको साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा सोही स्थानको आफ्नै घर भन्दा माथीको भिरबाट अन्दाजी ५०० मिटर तल खसि मृत्यु भएको जानकारी पाए लगतै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
रुखबाट लडेर १ जनाको मृत्यु
ईलाम, बैशाख २४ गते ।
ईलाम नगरपालिका-५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु
उदयपुर, बैशाख २४ गते ।
उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पानीमा डुबीरहेको अवस्थामा मृत फेला
झापा, बैशाख २४ गते ।
झापाको हल्दिवारी गाउँपालिका-४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
मोरङ, बैशाख २४ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक ईटहरी उप-मानगरपालिका-४ का २४ बर्षीय असिम बस्नेत र स्कुटरमा पछाडी सवार रहेका ईटहरी उप-मानगरपालिका-५ का ३२ बर्षीय कुमार बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
कपास उद्योगमा आगलागी अन्दाजी १० लाखको क्षति
झापा, बैशाख २४ गते ।
झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
दाजुले कुटपीट गर्दा भाईको मृत्यु
उदयपुर, बैशाख २३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
खोटाङ, बैशाख २२ गते ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पौडी खेल्दाँ डुबेर मृत्यु
झापा, बैशाख-२१ गते ।
झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।
लडेर १ जना महिलाको मृत्यु
ईलाम, बैशाख-२१ गते ।
ईलाम माइ-जोगमाई गाऊपालिका ५ सोयाङ की ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागी गम्भिर घाइते भएकी लिम्बुको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउन साथ राती सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी
झापा, बैशाख-२० गते ।
झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षेती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते
मोरङ, बैशाख-१९ गते ।
मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
बिराटनगर, बैशाख १९ गते ।
धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-७ बाट धरान उपमहानगरपालिका-१९ का २३ बर्षीय भिमराज लिम्बु AVIL ४४ एम्पुल ,LUPIGESIC ३८ एम्पुल, DIAZELAB ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-६ चुहाडेबाट त्रियुगा नगरपालिका-१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन -६० एम्पुल र सिरिन्ज -१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरुण नदिमा डुबेर बेपत्ता
भोजपुर, बैशाख १९ गते ।
भोजपुरको षडानन्द नगरपालिका-७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका-६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भरुवा बन्दुक सहित १ जना पक्राउ
सोलुखुम्बु, बैशाख १९ गते ।
सोलुखुम्बुको सोताङ गाउँपालिका-१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् । जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको हो । उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आएको तथा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पहिरोले पुरी चौपायको मृत्यु तथा क्षति
ओखलढुंगा,बैशाख-१८ गते ।
ओखलढुंगा चम्पादेवि गाँगपालिका-३ सिल्खुबेसी स्थितमा बर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायहरुको पुरिएर मृत्यु भएको छ भने ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आज दिउँसो पौने ४ बजे बर्षाको कारणबाट पहिरो जादा चम्पादेवि-३ सिल्खुवेसीका हरि प्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको २ वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मृत्यु भएको तथा ७ घरहरु जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर एकको मृत्यु
झापा,बैशाख १८ गते ।
झापा कचनकबल-२ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ

दुर्घटनाबाट दुई जनाको मृत्यु
बिराटनगर,बैशाख १८ गते ।
मोरङ ग्रामथान-५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु-५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन ।


यसै गरी झापा बिर्तामोड-४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोल स्थितमा मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन ।

च्ट्याङ लागेर एकको मृत्यु
सुनसरी,बैशाख १८ गते ।
सुनसरी गढी-२ औरावनी बस्ने ६० बर्षीय रघुनाथ यादवको च्ट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको च्ट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु
सोलुखुम्बु, बैशाख १८ गते ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मोटरसाईकल दुर्घटना चालकको मृत्यु
पाँचथर, बैशाख १८ गते ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका-३ का १८ बर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बसले किचिरे १ जनाको मृत्यु
मोरङ, बैशाख-१७ गते ।
मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
चट्याङमा परी १ जनाको मृत्यु
तेह्रथुम, बैशाख-१६ गते ।
तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
सनसरी, बैशाख-१६ गते ।
सुनसरी इटहरी १२ खनार का २८ बर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ । बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
लागूऔषध सहित ३ जना पक्राउ
विराटनगर, बैशाख-१६ गते ।
बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट NITRAVET-10 ५४ क्याप्सुल, Tramadol - ९८ क्याप्सुल, SPASPAIN- १४ क्याप्सुल र ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु १२ जना घाईते
उदयपुर, बैशाख १५ गते ।
उदयपुरको उदयपुरगढी -७ मा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका-१ का ३७ बर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लिफ्टमा चेपिएर १ जनाको मृत्यु
सुनसरी, बैशाख-१५ गते ।
सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
मोरङ, बैशाख-१५ गते ।
मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी Tramol -१०० चक्की र डिकोलिक -१०० चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।
पेस्तोल सहित १ जना पक्राउ
मोरङ, बैशाख १४ गते ।
मोरङको बिराटनगर महानगरपालिका-७ बाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ घर भई उक्त स्थानमा आर.एम.टेडर्स हाडवेयर पसलका संचालक २३ बर्षीय सुजित साह रहेका छन् । आईतवार राती ८ बजेको समयमा राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा साहले लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद गरेको थियो । हतियार सहित पक्राउ परेका साहको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
विराटनगर, बैशाख-१४ गते ।
सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार बेलुका ३ बजे सुनसरी ईटहरी २० पानीपिया स्थित कोशी राजमार्गमा धरान आउदै गरेको ना ५ ख ५८२३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४० प ५८२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक धनकुटा आले -४ का २० बर्षीय राकेश राईको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक मोरङजा २८ बर्षीय कृष्ण कुमार माझी तत्काल फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
त्यस्तै सोमबार साँझ साढे ६ बजे मोरङ पथरी शनिश्चरे ७ स्थित उत्तर तर्फ आउदै गरेको मे१त ४१६२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक कानेपोखरी ५ चिसाङ का २१ बर्षीय बिनोद अधिकारी गम्भिर घाईते भएका थिए । उनको नोवेल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले जनाएको छ ।
लागूऔषध कारोबारी गर्ने १ जना पक्राउ
सुनसरी, बैशाख-१३ गते ।
सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जोशीको चिया पसलबाट लागूऔषध SPASMO PR0XYVON R PLUS -६०० ट्याब्लेट बरामद गरेको हो । बरामद गरिएको लागूऔषध सहित उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु
मोरङ, बैशाख-१२ गते ।
मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा बैशाख ९ गते दिउसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी मृत्यु भएको भनि प्रहरीलाई खबर गरे लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो । घटना सम्बन्धमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि हस्त वहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
झापा, बैशाख-१२ गते ।
झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे कमल गाऊपालिका ४ सितापुरी चौक स्थितमा प्र १-०१-०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्का ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको छ । त्यस्तै झापाको बिर्तामोड २ रामचौक स्थित पुर्व-पश्चिम राजमार्गमा मे१०प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा ९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा ७ की २७ बर्षीया सुसना राई घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो । घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको थियो भने अर्का घाईते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु
खोटाङ, बैशाख-११ गते ।
खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् । बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह-चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ । दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ । उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउसो सँवा २ बजे JCB लगाई दुर्घटना भएको बसलाई साईड लगाई बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
झापा, बैशाख-११ गते ।
झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, बैशाख-११ गते ।
झापा अर्जुनधारा नगरपालिका -८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर - ६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
ईलाम, बैशाख-११ गते ।
ईलाम सुर्योदय नगरपालिका - ५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे सोही स्थानमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।
सवारी दुर्घटनामा परि २ जना मोटरसाईकल चालकको मृत्यु
मोरङ, बैशाख-१० गते ।
मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज दिउसो ११ बजे केराबारी ८ स्थित जंगलमा को१त ५८४९ नम्बरको ट्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही स्थानका ५० बर्षीय नरेश कुमार सोडारी घाईते गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यस्तै आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने-केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को१ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको स३प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक बेलबारी ९ डागिहाट का २६ बर्षीय सुरेश कुमार चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग का ३४ बर्षीय रुपेश अधिकारी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्ख बहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
बन्दुकले हानी हत्या
ताप्लेजुङ, बैशाख-१० गते ।
ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमा का २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
झापा, बैशाख-१० गते ।
झापा बुद्दशान्ति गाऊपालिका -३ सयपत्री स्थितमा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका १३ बर्षीय बालक नितेश पौडेलको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ५ बजे स्कुलबाट घर फर्किने क्रममा साथी सोही स्थानका १४ बर्षीय सुजन चौहान र उनी सोही स्थानमा रहेको माछा पोखरीमा पौडी खेल्न पस्दा डुबेको स्थानियले देखी सुजनलाई उद्धार गरी उपचारको लागी लिभिङ होम अस्पताल पठाईएको थियो भने नितेश डुबी बेपता भएकोमा पोखरोको पानी सुकाई खोजतालस गर्ने क्रममा बेलुका ७ बजे मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपड परामद
सुनसरी, बैशाख ९ गते ।
सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट आज विहान साढे ९ बजे अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ ।बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस ,गम्छा ३२५ पिस र बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो । यसरी बरामद गरिएको लत्ताकपडा,ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धार क्षेत्रिय कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रुखको हागा भाचिएर लागी बालकको मृत्यु
झापा, बैशाख-९ गते ।
झापा कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ । आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागा भाचि लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यु भई सकेका ब्यक्तीको नक्कली नागरिक्ता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ
झापा, बैशाख-९ गते ।
झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरि आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ बर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० बर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ बर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ बर्षीय भुपदेव कटुवाल रहेका छन् भने यसै गरी झापा अर्जुनधारा ५ का ५३ बर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ बर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् । यो समुहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व-पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यो समुहले उक्त जग्गा ठगी गर्नको लागी पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेसगै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (RIT) ,जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये यि १० जनालाई पक्राउ गरि सार्बजनिक गर्न सफल भएको हो । यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेका उनिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
चट्याङमा परी १ महिलाको मृत्यु
मोरङ, बैशाख-९ गते ।
मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे उनि पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बुवाको हत्या अभियोगमा छोरा पक्राउ
सुनसरी, बैशाख-९ गते ।
सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बैशाख ७ गते उनले घरयासी बाद बिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट १ महिलाको मृत्यु
झापा, बैशाख-९ गते ।
झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलि तर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
१० लाख बराबरको चिया जली नष्ट
ईलाम, बैशाख-९ गते ।
ईलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आज बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको जनाएको छ । सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बिजुलीको पोलले लागेर मृत्यु
सुनसरी, बैशाख-९ गते ।
सुनसरी ईनरुवा न.पा ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लडेर लागी मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सँवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
लागूऔषध नाईट्राभेट चक्की सहित १ जना पक्राउ
मोरङ, बैशाख-८ गते ।
मोरङ बिराटनगर ५ का २३ बर्षीय श्याम मण्डललाई लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ गरेको छ । आज दिउसो ३ बजे बिराटनगर १६ दरैया स्थितबाट प्रहरीले उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
अवैध सुनको कारोवार गर्ने १ जना पक्राउ
सुनसरी, बैशाख-८ गते ।
सुनसरी इटहरी १६ घर भई हाल ईटहरी ६, कालिका गोल्ड एण्ड सिलभर हाउसका संचालक २८ बर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिल सहित पक्राउ गरिएको छ । मंगलबार साँझ साढे ८ बजे उनलाई ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी ६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजार सहित पक्राउ गरेको हो । घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री बितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।उनलाई बरामद गरेको सुन सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।
जाली नोट सहित ३ जना पक्राउ
सुनसरी, बैशाख-८ गते ।
सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सँवा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गराई थप अनुसन्धान समेत भईरहेको सो कार्यालय जनाएको छ ।
फ्याक्ट्रीमा आगोलागी हुँदा करोडौको क्षेती
सुनसरी, बैशाख- ८ गते
सुनसरी ईटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगोलागी हुँदा करोडौको क्षेती भएको छ । मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोबाट अन्दाजी १० करोड बराबरको क्षेती भएको जनाएको छ । सो आगोलागीबाट मानबिय क्षेती नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा, बैशाख-८ गते ।
झापा मेचिनगर नगरपालिका १३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु
संखुवासभा, बैशाख-७ गते ।
संखुवासभा मकालु गाऊपालिका ३ एकुवाफेदी का ३० बर्षीय रामजी तामाङको नदिमा खसेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा तामाङको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-७ गते ।
मोरङ बिराटनगर ४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ । सोमबार दिउसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
फलामले किचेर मजदुरको मृत्यु
सुनसरी, बैशाख-६ गते ।
सुनसरी दुहबी नगरपालिका २ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर मृत्यु भएको छ । आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० बर्षीय दिपेन्द्र यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा, बैशाख-६ गते ।
झापा मेचीनगर नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पुर्व जादै गरेको WB73B3324 नम्बरको ईन्डियन ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० बर्षीय मनोज मेचे गम्भिर घाईते भएका उनको B&C अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।
चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, बैशाख-६ गते ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विश्वबाटनै लोपोन्मुख वन्यजन्तु “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहानलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७७ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
पेस्तोल सहित १ जना पक्राउ
सुनसरी, बैशाख-६ गते ।
सुनसरी कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका - १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भारतिय नागरिक ब्राउन सुगर सहित पक्राउ
झापा, बैशाख-६ गते ।
झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगर सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम रहेका छन् । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
जिप दुर्घटनाबाट चालकको मृत्यु
तेह्रथुम, बैशाख-६ गते ।
तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।
मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता, ३८ करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर, बैशाख-०५ गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता, ३८ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की यस प्रदेशमा मिति २०७७ साल बैशाखमा हाजिर भए देखी चैत्र मशान्त सम्मको एक बर्षको समय अवधीमा मात्र ६ हजार ८ सय ७६ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७८७ जना फरार प्रतिवादी पक्राउ गरी ७४४ बर्ष कैद भुक्तान भई , ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३४८८ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १२१३.१९९ केजी गाँजा बरामद भएको छ ।
यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ८ हजार १४२ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२९.९६ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १५० जना मानिस पक्राउ गर्नुका साथै १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४१ जना मानिस र ७०६ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ५५ लाख १८ हजार २२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गर्नुका साथै ३००१.१२ क्यू.फिट. काठ बरामद गरी ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ । यसरी मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता भई ३८ करोड १२ लाख ६१ हजार १७४ राजश्व संकलन भएको हो ।
डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ
सुनसरी,बैशाख-०५ गते ।
डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु-१ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी-१३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी-११ का ३० बर्षीय सर्वन उराव रहेका छन । यो समुहले मिति २०७७ साल फागुन ६ गते सुनसरी बर्जु-१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई यो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको 7.65KF लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनिहरु उपर थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
सुनसरी, बैशाख-५ गते ।
सुनसरी धरान १५ का ३३ बर्षीय मनि प्रसाद लिम्बुलाई लागूऔषध सहित पक्राउ गरेको छ । आज दिउसो २ बजे बिशेष सुचनाको आधारमा प्रहरीले लिम्बुको घरमा लुकाई छिपाई राखेको लागूऔषध DILEX –DC -२२ बोतल, NITROSUN-R - ६७ ट्याबलेट र गाँजा २०० ग्राम फेला पारी उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
मोरङ, बैशाख-५ गते ।
मिक्लाजुङ गाउपालिका ३ सुन्दरीचोक का ५१ बर्षीय सुरेन्द्र गड्तौलालाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । आज दिउसो ३ बजे उर्लाबारी ४ स्थित आईतबारे बजारमा प्रहरीले चेकजाँचको क्रममा उनलाई प्रतिबन्धित औषधी Tramadol २०० चक्की र DE colic २०० चक्की सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, बैशाख-५ गते ।
मोरङ बुढिगंगा गाऊपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर १४ जतुवा का ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए । घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका २ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जली मृत्यु
झापा, बैशाख-५ गते ।
झापा बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलि मरेका छन् । गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराबरको क्षेती भएको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान पौने ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो लागीको कारण भने खुल्न नसकेको सो कार्यालयले जनाएको छ ।
भारतिय नोट सहित १ जना पक्राउ
मोरङ, बैशाख-५ गते ।
मोरङ बिराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मियालाई भारतिय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-५ गते ।
मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट शनिबार बेलुका सभा ४ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ बर्षीय रहिम मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट -१५० चक्कि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
विराटनगर, बैशाख-५ गते ।
सुनसरी र मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो राती पौने ८ बजे सुनसरी ईटहरी ६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएका थिए । उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको छ । बस र चालक ईटहरी १२ खनार का ३८ बर्षीय सन्तोष वि.क. नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । त्यस्तै आज बिहान ६ बजे मोरङ धनपालथान गाऊपालिका ४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको छ भने अर्का घाईते मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
लागूऔषध र नियन्त्रित औषधी सहित मेडिकल पोलि क्लिनिकका संचालक पक्राउ
उदयपुर, बैशाख-४ गते ।
उदयपुर बेलका नगरपालिका १ आम्बासी स्थितमा रहेको बेलका मेडिकल पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादबलाई लागूऔषध र नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE -१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE - ५१५ ट्याब्लेट, KOFTAB-D - ३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL - १५०२ ट्याब्लेट, PREGOUT KIT १० ट्याब्लेट, SILDENAFIL- ४ ट्याब्लेट, ZUNUGRA RED १२ ट्याब्लेट र नगद रु १,१७,००० (एक लाख सत्र हजार) , मोबाईल १ थान बरामद गरेको छ । बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका उनको अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
ट्याक्टरको ट्रलीबाट लडी १ जनाको मृत्यु
उदयपुर, बैशाख-४ गते ।
उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटी आउदै गरेको प्रदेश २-०१-००१त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा बसी आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएकी उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी, बैशाख-३ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयापुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।
चट्याङबाट २ जनाको मृत्यु
विराटनगर, बैशाख-३ गते ।
भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुदै राती सभा ११ बजे घरैमा मृत्यु भएको थियो भने राईको सोही दिन बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडी टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जनाएको छ ।
प्रतिबन्धीत लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-२ गते ।
मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु र अर्का एक जना सवार घाईते
झापा, बैशाख-२ गते ।
झापा शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का १ जना सवार गम्भिर घाईते भएका छन् । आज बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सब घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई B&C अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो भने तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टरबाट लडी सह-चालकको मृत्यु
पाँचथर, बैशाख-२ गते ।
पाँचथर फाल्गुनन्द गाऊपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी मृत्यु भएको छ । बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १-०१-००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह-चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ
मोरङ, बैशाख-०१ गते ।
मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली-६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा-७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन । हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
सुनसरी, बैशाख-०१ गते ।
सुनसरी ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी-७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन । हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीय सहित खोजी गरिरहेको प्रहरीले फेला पारी उपचारको लागी घोपा धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ
मोरङ, बैशाख-०१ गते ।
मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली-६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा-७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन । हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगोलागीबाट लाखौको क्षती
विराटनगर, चैत्र-३१ गते ।
खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ वटा, सुगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेती भएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन् । सो आगो प्रहरी र स्थानियको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्दोगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षेती भएको छ । सो आगो दम्कल, प्रहरी, सेना र स्थानियको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरे का कुलमान चुहानको घर र गोठ गुवालीमा आगोलागी हुँदा घर, गोठ सहित चौपायमा भेडा-२, बाख्रा ८ वटा, खसी -४ वटा, पाठा-६ वटा, पाठी-२ वटा, कुखुरा -११ वटा जलि मरेका छन् । मानबिय क्षेती नभएको सो आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
उदयपुर, चैत्र-३१ गते ।
उदयपुर कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती
सुनसरी, चैत्र-३० गते ।
सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षेती भएको छ । आज दिउसो साढे ११ बजे सोमनलाल माझीको घर आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.-१-००२-००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलि नष्ट हुँदा अन्दाजी १९ लाख बराबरको धनमाल क्षेती भएको हो । उक्त आगो दम्कल, प्रहरी र स्थानियको सहयोगमा दिउसो साढे १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ बर्षीय राजेन्द्र शाह समेत घाईते भई उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
आगोले जलि बृद्धाको मृत्यु
तेह्रथुम, चैत्र-३० गते ।
तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । आज बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र फुलमाया की जेठि बुहारी आई निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
गाँजा सहित २ जना पक्राउ
सुनसरी, चैत्र-३० गते ।
सुनसरी धरान ३ शान्तिपथ स्थितमा आईतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् । को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
करेन्ट लागी मृत्यु
मोरङ, चैत्र-३० गते ।
मोरङ सुन्दरहरैचा ७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु
मोरङ, चैत्र-३० गते ।
मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गत राती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी १ जनाको मृत्यु
सुनसरी, चैत्र-२९ गते ।
सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश१-०२-००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ
उदयपुर, चैत्र-२९ गते ।
उदयपुर त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
सुनसरी, चैत्र-२९ गते ।
सुनसरी धरान १० का २६ बर्षीय दिनेश खड्कालाई प्रतिबन्धी औषधी सहित पक्राउ गरिएको छ । आज बिहान ९ बजे धरान ६ पानमारी स्थितबाट उनलाई प्रतिबन्धीत औषधी CETADOL 344 क्याप्सुल र SPASPAIN 333 क्याप्सुल सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रतिबन्धीत औषधी आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको सो कार्यालयले जनाएको छ ।
दुर्घटनाबाट १ जनाको मृत्यु
झापा, चैत्र-२९ गते ।
झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व-पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । पुर्व तर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित भई बिपरीत दिशाबाट आउदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिई घाईते भएका चौधरीको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । ट्रक, ट्रक चालक ईलाम देउमाई ६ रक्सेका ४२ बर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी ४ का ३० बर्षीय खड्क बहादुर भुजेल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
साईकल चोरी गर्ने पक्राउ
सुनसरी, चैत्र-२९ गते ।
सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अबस्थामा पक्राउ गरिएको छ । शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथ ४ ओटा साईकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, चैत्र-२८ गते ।
मोरङ बिराटनगर मनपा-१५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट -१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
स्काईभेटरको बकेटले लागी अप्रेटरको मृत्यु
मोरङ, चैत्र-२८ गते ।
मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा, चैत्र-२८ गते ।
झापा बुद्धशान्ति गाऊपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाईते भएका उनको B&C अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
ढुंगाले किची मृत्यु
मोरङ, चैत्र-२८ गते ।
मोरङ केराबारी गाऊपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किची मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागी सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचि लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
सुनसरी, चैत्र-२८ गते ।
सुनसरी धरान ११ का २२ बर्षीय पवन राईलाई प्रतिबन्धीत औषधी सहित पक्राउ गरिएको छ । शुक्रबार राती ९ बजे धरान ८ तीनकुने स्थितमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धीत औषधी TARMADOL-467 Tablet र SPASPAIN-367 Tablet सहित पक्राउ गरी अनुन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
चट्याङमा परी ३ जना घाईते
विराटनगर, चैत्र-२७ गते ।
बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना मानिस घाईते भएका छन् । संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ । त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ भने ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।
पौडी खेल्ने क्रममा डुबी मृत्यु
ओखलढुंगा, चैत्र-२७ गते ।
ओखलढुङगा चम्पादेवि गाऊपालिका २ खोपगाउ का २० बर्षीय प्रकास सुनुवारको पौडी खल्ने क्रममा डुबी मृत्यु भएको छ । बिहीबार दिउसो ११ बजे सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी जिल्ला सिन्धुली खुर्कोट स्थित सुनकोशि सामुदायिक अस्पताल लगेकोमा उपचारको क्रममा सुनुवारको दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ
सुनसरी, चैत्र २६ गते ।
ईटहरीका बिभिन्न स्थानमा श्रृङखला बद्ध रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१२ घर भई मोरङको केरावारी गाउँपालिका- ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् । बिगत केही महिना देखि ईटहरी एरियाका बिभिन्न स्थानहरुबाट दिन दहाडै चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुको जाहेरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरी चोरीमा संग्लग्न रहेका मोतेलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, चैत्र-२६ गते ।
मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ गरिएको छ । आज बिहान साढे ७ बजे को२ह ५८०६ नम्बरको अटो चालक सुनसरी धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार
सुनसरी, चैत्र २५ गते ।
कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका-३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ । आज अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरीरहेको छ ।
आगोले जलेर बृद्धाको मृत्यु
खोटाङ, चैत्र २५ गते ।
खोटाङको बराहपोखरी गाउँपालिका-२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको अवस्थामा भीरको माथी बसीरहेकी बृद्धालाई एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लाग्दा घाईते भएकीमा तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने तयारी गर्दे गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरी, चैत्र २५ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ललितपुर महाकाल गाउँपालिका-४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो । बिहान पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटना १ जनाको मृत्यु
भोजपुर, चैत्र २५ गते ।
भोजपुरको हतुवागढी गाउँपालिका-२ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुर तर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अनियन्त्रीत भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका रामप्रसाद राई गाउँपालिका-७ का २० बर्षीय नविन राईको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चोरीको आरोपमा ४ जना पक्राउ
मोरङ, चैत्र २५ गते ।
मोरङको कटहरी गाउँपालिका-१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । जहदा गाउँपालिका-४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चैत्र २१ गते राती चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले ४ जनालई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् । चोरीमा संग्लग्न उनीहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान, LED TV १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बिराटनगर-८ बाट चैत्र २४ गते दिउँसो पक्राउ परेका हुन् । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दर्घटनाबाट १ जनाको मृत्यु
मोरङ, चैत्र-२५ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउ स्थित पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो १ बजे पश्चिम तर्फ जादै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश१-०२-०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रक सँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाईते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
आगोलागीबाट लाखौको क्षेती
विराटनगर, चैत्र-२५ गते ।
मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मङगलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । त्यस्तै मंगलबार दिउसो २ बजे तेह्रथुम छथर ५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाइ सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगोलागी हुँदा अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो आगोलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको स्रोतले जनाएको छ ।
प्रहरी कर्मचारी (माली) तथा प्रहरी परिवारका लागी सिपमुलक Gardening (फूल खेती) तालिमको समुद्घाटन्
बिराटनगर चैत्र-२४ गते ।
१ नं. प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा अवकास प्राप्‍त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागी सिपमुलक Gardening (फूल खेती) तालिमको शुभारम्भ गरिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न उक्त तालिमको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको हो ।
उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघकी अध्यक्ष श्रीमती कार्कीले स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर हुन सहायक सिद्ध हुने कुरामा जोड दिनु भयो । यस्ता सिपमुलक तालिमको माध्यायमबाट ब्यक्तीको क्षमता अभिवृद्दि गरी थप आय आर्जन गर्न सक्ने अभिप्रायले यस्ता तालिम संचालन गरिएको बताउनु हुँदै यस तालिममा प्रहरी कार्यालयहरुमा फूल तथा बिरुवाहरु स्याहार सुसार गर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरुलाई समेत सहभागी गराईएकोले प्रहरी कार्यालयहरुमा दक्ष जनशक्ति उत्पादन भई कार्यालयहरुलाई व्यवस्थित तरिकाले Gardening को कार्य गरि अझ आकर्षक बनाउने अपेक्षा लिएको बताउनु भएको छ ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ दिन अवधीको सिपमुलक Gardening (फूल खेती) तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिम समुद्घाटन कार्यक्रममा प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बोलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु, १ जना घाईते
ओखलढुङगा, चैत्र-२४ गते ।
ओखलढुङगा मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ-४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ बर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् । आज बिहान सवा ११ बजे धुसेनि तर्फ जादै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
काठको मुडाले किची १ जनाको मृत्यु
भोजपुर, चैत्र-२४ गते ।
भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । आज बिहान ८ बजे धनकुटा पाख्रिवास -३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सोही मुडाले थिची घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्‍याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जुवा खेलिरहेका ९ जनालाई कौडा सहित पक्राउ
झापा, चैत्र-२४ गते ।
झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ । सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह ४ का ३६ बर्षीय मोहन खरेल, कनकाई ३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक ७ का ३८ बर्षीय निर बहादुर सुनुवारलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र नगद रु ६९,४२०।– सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
शरिरमा आगो सल्किदा १ जनाको मृत्यु
ईलाम, चैत्र-२४ गते ।
ईलाम रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । सोमबार दिउसो ११ बजे उनि आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनिले लगाईएको कटनको कपडामा आगो सलकिन गई शरीरको बिभिन्न भागमा पोली घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो सो अस्पतालमा उपचार हुन नसकि रातको सभा ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते
भोजपुर, चैत्र-२४ गते ।
भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे ८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाऊपालिका ६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाईते भई धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, चैत्र-२४ गते ।
झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कन्काई ३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ
सुनसरी, चैत्र २३ गते ।
सुनसरीको धरान उपमहानगरपालिका-८ बाट आईतवार राती ८ बजे ठुलो परीणामको नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । धरान-८ का २७ बर्षीय सबिन नेपालीले आफ्नै घर कोठामा लागुऔषध ट्याब्लेट लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नेपालीको कोठाबाट लागुऔषध DIALEX-DC ६ बोतल र ३३६ ट्याब्लेट spasmo-proxyvon®plus बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका नेपालीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
भन्सार छली गरी ल्याएको चिनी तथा सुर्ती बरामद
मोरङ,चैत्र-२३ गते ।
अबैध रुपमा भन्सार छली गरी ल्याएको ठुलो परिमाणमा चिनी तथा सुर्ती बरामद गरिएको छ । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ९ गुरूङ टोल स्थितबाट २७ बोरा चिनी र ७ बोरा खैनी फेला पारी बरामद गरेको हो । उर्लाबारी-५ घर भई गुरूङ टोल बस्दै आएका पबन पोदारले अबैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु लुकाई छिपाइ राखेको भन्ने पाईएपछी आज विहान पौने ११ बजे खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा घर छेउमा त्रिपालले छोपेर लुकाई राखेको ७ बोरा चिनी र ४ बोरा सुर्ती फेला पारी बरामद गरेको हो । यसै गरी सोही स्थान छेउमा वेरारिसे अवस्थामा रहेको २० बोरा चिनी र ३ बोरा सुर्ती समेत फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । यसरी बरामद गरिएको करिब ९४ हजार ५ सय बराबरको चिनी तथा १७ हजार ५ सय बराबरको सुर्ती र मानिस सहितलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने कार्य भईहरेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराउने संघका प्रतिनिधी पक्राउ
सुनसरी, चैत्र-२३ गते ।
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. ईटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनसरी कोशी-८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम ८ तिल्केनीका मेख बहादुर राई सख्त घाईते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान- ८ घर भई बिराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए । यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनि माथी अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैया दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसंगै घटनाको यथार्त पर्दाफास भएको हो । यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाईएपछी यातायात प्रा.ली.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्बजनिक गरिएको हो । पिडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाईऐको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
सुनसरी, चैत्र-२३ गते ।
सुनसरी धरान ८ भोटेपुल बस्ने २७ बर्षीय सबिन नेपालीलाई लागूऔषध सहित पक्राउ गरिएको छ । आज बिहान साढे ५ बजे बिशेष सुचनाको आधारमा नेपालीको घरकोठामा लुकाई छिपाई राखेको लागूऔषध DIALEX-DC ६ बोत्तल र spasmo-proxyvon®plus ३३६ क्याप्सुल सहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ठुलो परिमाणमा लागूऔषध गाँजा सहित २ जना पक्राउ
सुनसरी, चैत्र-२३ गते ।
सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखियालाई ठुलो परिमाणको लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । चैत्र २१ गते बिशेष सुचनाको आधारमा कोशी गाउँपालिका ४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ के.जी. सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ गरिएका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
आगोलागीबाट क्षेती
विराटनगर, चैत्र-२३ गते ।
छुट्टा छुट्टै स्थानमा आईतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षेती भएको छ । हिजो साढे ३ बजे धनकुटा सहिदभुमी १ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नर बहादुर बोगटीको ढुङगा माटो, टिनको छानो भएको १ तले घर र घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन, गोठ र गोठ भित्र रहेको ४ वटा बाख्रा र निजकै छोरा राज बहादुर बोगटीको ढुङगा माटो काठ फुसको भएको १ तले घर, घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी ८०००००(आठ लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ । त्यस्तै हिजै बेलुका ५ बजे मोरङ पथरी शनिस्चरे ६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्रममा थ्रेसरबाट निस्किएको आगोको झिल्का आगोलागि हुँदा सिमेन्टिको खम्बा, काठको डाडा भाँटा, टिनको छानो भएको ३६ फिट चौडाई ६५ फिट लम्बाई भएको गाईगोठ जली पूर्ण रुपले नष्ट हुँदा अन्दाजी रु. १२०००००।– (बाह्र लाख) बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । उक्त आगो प्रहरी, स्थानियबासी र दम्कलको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
झापा, चैत्र-२३ गते ।
झापा दमक ५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषध सहित पक्राउ गरिएको छ । आईतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
आगलागीबाट क्षति
बिराटनगर, चैत्र २२ गते ।
१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका-७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट भई अन्दाजी २०,००,००० (बिस लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी भोजपुरको रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनबाट शुरु भएको आगलागी बस्नेतको घरमा समेत सल्कीई घर भित्र रहेको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट हुदा अन्दाजी २०,००,०० बराबरको क्षेती भएको तथा उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
लागुऔषध गाँजा सहित १ जना पक्राउ
मोरङ, चैत्र-२२ गते ।
उर्लाबारी-३ थापा चौक स्थितमा बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १/१ के.जी.को ४ पोका र खुल्ला अबस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित एकजना पक्राउ
झापा, चैत्र-२२ गते ।
लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकबल-२ का २८ बर्षीय संजय लामा रहेका छन । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल-२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
उदयपुर,चैत्र-२२ गते ।
उदयपुर चौदण्डीगढी-१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा १० बजे चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी-१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित २ जना पक्राउ
मोरङ, चैत्र-२२ गते ।
मोरङ र सुनसरीबाट शनिबार दिउसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो भने ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ ४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु
मोरङ, चैत्र-२२ गते ।
मोरङ बिराटनगर-१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान साढे ८ बजे बिराटनगर १४ स्थितमा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागूऔषध सहित २ जना पक्राउ
मोरङ, चैत्र-२१ गते ।
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार दिउसो लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका ०४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी २ का २५ बर्षीय अमृत मग्राती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ०५ झिम्की चौक स्थितबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
ब्राउनसुगर सहित ३ जना पक्राउ
झापा, चैत्र-२० गते ।
झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
पाँचथर, चैत्र-१९ गते ।
पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
नियन्त्रित औषधी सहित १ जना पक्राउ
मोरङ, चैत्र-१९ गते ।
मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जनालाई पक्राउ गरेको छ । आज दिउसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङ, चैत्र-१९ गते ।
मोरङ रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधवार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका अक्षय कुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रित औषधी सहित १ जना पक्राउ
सुनसरी, चैत्र-१९ गते ।
सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
जिप दुर्घटनाबाट १ जना मृत्य, १ जना घाईते
पाँचथर, चैत्र-१८ गते ।
पाँचथर याङबरक गाऊपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको छ । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको छ भने सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको B&C अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
चट्याङले लागी एक महिलाको मृत्यु
ओखलढुङगा, चैत्र-१८ गते ।
ओखलढुङगा खिजिदेम्बा-६ भित्ते स्थितमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु
सुनसरी चैत्र-१८ गते ।
सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार अपरान्ह सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटि र चालक भोक्रहा-१ का
दिब नारायण मेहता नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
मोरङ, चैत्र-१७ गते ।
मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्ची गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा रातको ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ट्रिफर दुर्घटनाबाट १ जना मृत्यु, २ जना घाईते
ताप्लेजुङ, चैत्र-१७ गते ।
ताप्लेजुङ पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०/२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई ४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको थियो भने अन्य २ जना घाईतेको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
फलामको खन्तीले हानी हत्या
सुनसरी, चैत्र-१६ गते ।
सुनसरी ईटहरी २ बस्ने ५५ बर्षीय जिबन रेग्मीले सोही स्थानका ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले भुडीमा हानी हत्या गरेका छन् । आज दिउसो साढे १ बजे रेग्मीले पहिलाको बिबादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुडीमा हानी गम्भिर घाईते बनाई फरार भएका थिए । घाईते कार्कीको घोपा धरानमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको थियो । फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले जनाएको छ ।
लागूऔषध गाँजा सहित १ जना पक्राउ
उदयपुर, चैत्र-१६ गते ।
उदयपुर बेलका नगरपालिका ७ बस्ने २४ बर्षीय अनिस राईलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज बिहान साढे ९ बजे बेलका नगरपालिका ८ स्थित कोठु चेकपोष्टमा बा४च १५१६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार रहेका राईलाई लागूऔषध गाँजा ६ केजी २५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरले जनाएको छ ।
रुखले किची १ जनाको मृत्यु
ताप्लेजुङ, चैत्र-१६ गते ।
ताप्लेजुङ मिक्वाखोला-१, सिम्ले बस्ने २८ बर्षीय मन कुमार तामाङको रुखले किची मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटी ढाल्ने क्रममा उक्त रूखको हाँगा अड्की हागा काट्ने क्रममा उक्त रूख ढलि किचि घाईते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
सुनसरी, चैत्र-१६ गते ।
सुनसरी बर्जु-६ बस्ने ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लागी अञ्जलीको घटना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
सुनसरी, चैत्र-१६ गते ।
सुनसरी दुहबी नगरपालिका -१० स्थित नहरचौकमा भएको मोटरसाईकल दुर्घटनामा परी गढि गाऊपालिका २ सखुवारे कलरुवा बस्ने ३२ बर्षीय संजय चौधरीको मृत्यु भएको छ । आज दिउसो पौने २ बजे को९प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को४प ६११२ नम्बरको मोटरसाईकल चालक रहेका चौधरी गम्भिर घाईते भई बिराट टिचिङ अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का मोटरसाईकल चालक मोरङ झोराहाट नयाबजार बस्ने १८ बर्षीय निकेश बजारु समेत घाईते भई जीवन ज्योति अस्पताल दुहबीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, चैत्र-१६ गते ।
झापा भद्रपुर नगरपालिका १० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । आईतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित सोही स्थान बस्ने ३९ बर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने २१ बर्षीय रोशन मगरलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, चैत्र १५ गते ।
झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धसान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
ट्याक्टरले किचेर १ जनाको मृत्यु
उदयपुर, चैत्र १५ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । शनिवार राती पौने १० बजेको समयमा स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका-२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएकोमा, घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ
मोरङ, चैत्र १३ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१८ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजेको समयमा भारतीय नागरीक अररिया बैजनाथपुरका २३ बर्षीय दिलिप कुमार साह र बिराटनगर महानगरपालिका-१८ का २ जना बालकलाई डाईजापाम -१९० ट्याब्लेट , फेनारगन-१९० ट्याब्लेट र नुफिन १९० ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, चैत्र १३ गते ।
झापाको मेचीनगर नगरपालिका-७ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे स्थानीय ३७ बर्षीय नारायण किसानलाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
मोरङ, चैत्र १३ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ठुलो परीणामको अबैध समान बरामद
झापा, चैत्र १२ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परीणामको अबैध समान बरामद भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी ल्याएको बिभिन्न प्रकारका करिव ५ लाख बराबरको कस्मेटिक समानहरु बराबद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आजै मात्र अबैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका-६ र ५ बाट करिव १३ लाख ८३ हजार ५ सय बरामदको अबैध समान बरामद गरेको हो । बरामद भएको उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खूकुरी प्रहार गरी श्रीमतीको हत्या, हत्यमा संग्लन्न श्रीमान पक्राउ
सुनसरी, चैत्र १२ गते।
सुनसरीको धरान उप-महानगरपालिका-८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । आज अपरान्ह साँढे ५ बजेको समयमा माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मत्यु भएको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ
सुनसरी, चैत्र १२ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान-१५ का २२ बर्षीय सुजन धमला,२५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ बर्षीय अर्पण धमला रहेका छन । बिशेष सुराकका आधारमा बुधबार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाइ नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागुऔषध खैरो हिरोईन ब्राउनसुगर फेलापारी बरामद गरेको हो । यसरी कोठामा ब्राउनसुगर सहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु
बिराटनगर, चैत्र १२ गते ।
मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज दिउसो सवा १२ बजे कटहरी-४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान-७ का ६० बर्षीय मुस्तफी मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा पौन १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी दोलाखा तामाकोशी-३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । आज आज दिउसो सवा १२ बजे पाँचथरको कुम्मायक-४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुदा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्कुटर चोरीको आरोपमा २ जना पक्राउ
सुनसरी, चैत्र १२ गते ।
मोरङको बुढिगंगा गाउँपालिका-२ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ठगीको आरोपमा २ जना पक्राउ
सुनसरी, चैत्र १२ गते ।
ईटहरी उप-महानगरपालिका-९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका-१० का ४१ बर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् । उनीहरुले ठकुरीलाई बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्क बिहिन भए संगै आफु ठगिएको थाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए । ठगी भएको सूचना पाए संगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ
उदयपुर, चैत्र १२ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित तिन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागुऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल ,डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा सहित स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबेर मृत्यु
मोरङ, चैत्र १२ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार दिँउसो बेलवारी नगरपालिका-२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु
पाँचथर, चैत्र ११ गते ।
पाँचथर फाल्गुनन्द-५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम-७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुलाइ तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ४ जना पक्राउ
बिराटनगर, चैत्र ११ गते ।
झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । झापा मेचिनगर-६ का २० बर्षीय विवेक नेम्वाङ १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । उनलाई पानीटंकीबाट नेपाल तर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।


यसै गरी मोरङ केराबारी-१० का २९ बर्षीय रण बहादुर राई १० के.जी.लागुऔषध गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँच गर्दा बोरामा बाधेर मोटरसाईकलको पछाडी लुकाएर राखीएको गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


यसै गरी उदयपुर कटारी-१ बेलसोत स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कटारी-३ का २२ बर्षीय ऐसान खान र सोही स्थानका २० बर्षीय सुमन बोगटी रहेका छन । उनिहरुलाइ लागुऔषध NITRAVET-१५ ट्याव्लेट र SPASMO-PROXYVON PLUS ७२ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद
झापा चैत्र १० गते ।
झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो । बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय-२ का २८ बर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ
उदयपुर, चैत्र १० गते ।
उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसै गरी उनिहरुको साथमा रहेको ६ थान मोबाईल नगद ३ हजार ५ सय २५ रुपैया समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ
बिराटनगर, चैत्र ०९ गते ।
झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार दिउँसो नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका-६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका-७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी-६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी-५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ । यसैगरी झापाकै बुद्धशान्ती गाउँपालिका-३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै सुनसरीको धरान उप-महानगरपालिका-२ बाट पाँचथरको फिदिम नगरपालिका-१ का २३ बर्षीय सुवास आचार्य लागुऔषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगोले जलेर ३ बर्षीय बालकको मृत्यु
उदयपुर, चैत्र ०९ गते ।
उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ । आईतवाट बेलुका ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको तथा अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो । उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, चैत्र ०९ गते ।
मोरङको कटहरी गाउँपालिका-३ मा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका-२ का ३६ बर्षीय बच्चु डुमलाई ठक्कर दिंदा घाईते भएका डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
झापा, चैत्र ०८ गते ।
झापाको दमक नगरपालिका-४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क १०८२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएका थिए । घाईतेहरु मध्ये प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका-८ का २३ बर्षीय निरन बस्नेतको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको तथा सोही मोटरसाईकलको पछाडी सवार रहेका रतुवामाई नगरपालिका-८ का २४ बर्षीय अनिष कोईरालालाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, चैत्र ०८ गते ।
झापाको बुद्धशान्ति गाउँपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय सुवास लिम्बुलाई शनिवार दिउँसो, ५ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
झापा, चैत्र ०६ गते ।
झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार साँझ साँढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट पक्राउ गरिएको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ बाट बिहिवार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका-१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, चैत्र-०५ गते ।
झापा बिर्तामोड नगरपालिका -३ का २१ बर्षीय मानव राजबंशीलाई लागूऔषध ब्राउन सगुर सहित पक्राउ गरिएको छ । बुधबार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर -६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।
गत ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता, २७ करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर,  चैत्र ०४  गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता र २७ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ५३९ जना फरार प्रतिवादी पक्राउ गरी ६४२ बर्ष कैद भुक्तान भई , २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार १६५१.६८१ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१.७९० केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० जना मानिस र ५९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २०३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन भएको हो ।
यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।
प्रहरी जवानद्धय राई र बस्नेत भए फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी
बिराटनगर, चैत्र ०४ गते ।
प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी तथा प्रतिबन्धित लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले राई र बस्नेतलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ
सुनसरी, चैत्र-०४ गते ।
सुनसरीको धरानबाट मंगलबार दिउसो १ बजे लागूऔषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
लागूऔषध ब्राउन सुगर सहित २ जना भारतिय पक्राउ
झापा, चैत्र-०३ गते ।
झापा मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । आज दिउसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई लागूऔषधी ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।
सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी, चैत्र-०३ गते ।
सुनसरी धरान -५ देउरालीका ३५ बर्षीय किशोर बि.क.को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार राती ८ बजे धरान -१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
मोरङ, चैत्र-०३ गते ।
झापा र मोरङबाट सोमबार लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी ५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र ५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम र निजहरुले चलाएको को२७प ६६९२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, चैत्र ०२ गते ।
झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी-७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
पिकअप दुर्घटनाबाट चालकको मृत्यु
ईलाम, चैत्र-०२ गते ।
ईलाम सुर्योदय नगरपालिका-३ रुङसुङ स्थितमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर ईलामले जनाएको छ ।
ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ
मोरङ, चैत्र-०२ गते ।
भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा -१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग  ५७ काटुन, पलपल  ४० काटुन, सोफीका  ३७ काटुन, हरपल  १५२ काटुन र कार्टुनमा प्याक नगरिएको १९९५ बोतल मदिरा बरामद गरेको हो । उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाईकल सहित निज शिबलाल रायलाई पक्राउ गरिएको हो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रुखबाट लडेर एक जनाको मृत्यु
खोटाङ, चैत्र-०२ गते ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न
सुनसरी, चैत्र-०१ गते ।
आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको थियो । आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथी श्रीमती सिर्जना थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पुर्व व्यवस्थापक पुर्व प्रहरी नायव उपरिक्षक रामजी कट्वाललाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, आसरा सुधार केन्द्र धरानका मानार्थ सदस्य प्रदिप मेयाङबोले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोही कार्यक्रममा आसरा सुधार केन्द्रले बार्षिकोत्सबको अबसरमा आयोजना गरेको बिभिन्न खेलकुद बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव श्रीमती बबिता पाल तथा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रृजना थापा कार्कीले पुरस्कार प्रदान गर्नु भएको थियो । आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न तेश्रो बार्षिकोत्सवको अवसरमा प्रशिक्षार्थीहरुबाट गायन, नृत्य तथा कविता बाचन समेत भएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु
भोजपुर, चैत्र-०१ गते ।
भोजपुर रामप्रसादराई गाऊपालिका -१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाटिमा चोट लागी घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
झापामा छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु
झापा, फागुन-२९ गते ।
झापामा आज दिउसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका -१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसाताक्षी नगरपालिका -४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै झापा बाह्रदशी गाऊपालिका -५ कनकन मार्ग स्थितमा आज साढे १ बजे मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घट्ना हुदाँ स्कुटी चालक सोही स्थान बस्ने ४३ बर्षीया कलसावती राजबंशी घाइते भई उपचारको क्रममा B&C अस्पतालमा सभा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
सुनसरी, फागनु-२९ गते ।
सुनसरी धरान -५ रमाइलो चौंकका ३३ बर्षीय पेम्वा शेर्पालाई लागुऔषध सहित पक्राउ गरिएको छ । हिजो राती ८ बजे खटिएको प्रहरी टोलीले शेर्पालाई लागुऔषध NITROSON-151 ट्याव्लेट, SPASMOPROXIVON-64 ट्यावलेट र DILEX DC-12 वोटल सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
भिरबाट लडी १ जनाको मृत्यु
खोटाङ, फागुन-२९ गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका -११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु
झापा, फागनु- २८ गते ।
झापा दमक नगरपालिका -५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश१-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ऐ.ऐ. ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको लाईफ लाईन दमक अस्पताल उपचारमा लग्दा बाटोमा नै मृत्यु भएको छ भने मोटरसाईकल चालक ऐ.ऐ. ४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागुऔषध सहित दुई जना पक्राउ
मोरङ, फागनु-२८ गते ।
मोरङ र उदयपुरबाट बिहीबार दिउसो लागुऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट सुनसरी ईटहरी ६ का २० बर्षीय शुसित बिश्वकर्मालाई लागुऔषध DIALEX-DC-2 बोतल , NITRAVET-150 चक्की सहित पक्राउ गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका -११ मेन चौक नजिकबाट सोही स्थानका ३२ बर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिलि ग्राम, नगद रु.१४,०३५।– सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थपअनुसन्धान भईरहेको छ ।
कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ
मोरङ, फागुन-२७ गते ।
मोरङ विराटनगर -११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ । उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
संखुवासभा, फागुन-२७ गते ।
संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लागुऔषध सहित ३ जना पक्राउ
मोरङ, फागुन-२७ गते ।
बुधबार दिउसो उदयपुरमा २ जना र मोरङ १ जना लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, Spasmo-proxyvon ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका -७ का ४० बर्षीय हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै मोरङ विराटनगर -१६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का२४ बर्षीय प्रदिप राईलाई लागुऔषध एभिल-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, डाईजोलयाप-१० एम्पुल, फेनारगन-९ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसान्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी, फागुन-२७ गते ।
जिल्ला सुनसरी ईनरुवा नगरपालिका- ८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ -४ स्थित पुर्ब-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ । सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ट्याक्टरबाट लडी सह-चालकको मृत्यु
झापा, फागुन-२७ गते ।
झापा, दमक नगरपालिका -१ श्रेष्ठ चौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह-चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे ट्याक्टरबाट खसी घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक -३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ
झापा, फागुन-२६ गते ।
झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट स्कुटी चालकको मृत्यु
झापा, फागुन-२५ गते ।
झापा शिब सताक्षी नगरपालिका -९ एलम्बर चौक स्थित पुर्व-पश्चिम राजमार्गमा बस र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज दिउसो १० बजे मे१ख २७४६ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को३८प ४१९४ नम्बरको स्कुटी एक-आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा स्कुटी चालक ईलाम चुलाचुली ४ का ३८ बर्षीय राजेन्द्र देवान र स्कुटीको पछाडी सवार सोही स्थानका ४० बर्षीय पुर्ण राई घाईते भई B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउसो ११ बजे स्कुटर चालक राजेन्द्र देवानको मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस, बस चालक झापा अर्जुनधारा ११ बस्ने मान बहादुर पुरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित ५ जना पक्राउ
मोरङ, फागुन-२५ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेको छ । प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु
धनकुटा, फागुन-२४ गते ।
धनकुटा सहिदभुमी गाऊपालिका ७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो ११ बजे सोही स्थानमा ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
करेन्ट लागी सह-चालकको मृत्यु
सुनसरी, फागुन-२३ गते ।
मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागी मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी -२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह-चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
प्रहरी परिवारका लागी सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिमको समुदघाटन
बिराटनगर फागुन-२३ गते ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर/ अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा संचालन हुने “सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिम” को संयूक्त शुभारम्भ गरिएको छ ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटी पार्लर) तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर/ अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय-आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।
उक्त सौन्दर्य कला (ब्यूटीसियन) तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप तेश्रो समुहको तालिमलाई धरानबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा आजबाट संचालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
लागुऔषध गाँजा सहित ३ जना पक्राउ
मोरङ, फागुन २३ गते ।
मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् । को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो साँढे ३ बजे टेम्पोको पछाडी पट्टी सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा रहेको २ केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
ईलाम, फागुन २३ गते ।
ईलामको सुर्योदय नगरपालिका-९ मा अटो टेम्पो पल्टदा १ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा गोर्खेबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका अटो चालक स्थानीय ४२ बर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ
मोरङ, फागुन २३ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । आज दिउँसो सवा ३ बजेको समयमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-६ का ३९ बर्षीय बिकाश अग्रवाललाई लागुऔषध नाईट्राभेट ३०० चक्की र स्पास्मोप्रोक्सिवन ११४ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका अग्रवालको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते ।
मोरङ, फागुन-२३ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आज मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२-०२-००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी-११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो । सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा र सह-चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, फागुन-२३ गते ।
शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापा बुद्धशान्ति -३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर -८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन । पक्राउ परेका दुबै जना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी उदयपुर त्रियुगा -६ लालपत्ता स्थितबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक-१ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन । सुजित र महेशलाई लागुऔषध डाईजेपाम-३५ एम्पुल, लुपिजेसिक-३५ एम्पुल र फेनार्गन-३५ एम्पुल सहित पक्राउ गरिएको हो भने होमबहादुरलाई लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु
ताप्लेजुङ, फागुन-२२ गते ।
ताप्लेजुङ मिक्वाखोला गाऊपालिका – २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटो खसी किचेर उनिहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टरबाट लडी १ जनाको मृत्यु
भोजपुर, फागुन-२२ गते ।
भोजपुर रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडी मृत्यु भएको छ । शुक्रबार साझ पौने ६ बजे को२त ९६६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका राईको आज दिउसो सभा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु
मोरङ, फागुन-२२ गते ।
मोरङ ग्रामथान गाऊपालिका -४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु
सुनसरी, फागुन-२२ गते ।
सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी चौधरीको आज राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
ईलाम, फागुन २१ गते ।
ईलामको सुर्योदय नगरपालिका-१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका-१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनाबाट सह-चालकको मृत्यु
भोजपुर, फागुन-२० गते ।
भोजपुर रामप्रसाद राई गाऊपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान पौने ७ बजे सोही स्थानमा को२त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाईते भएका थिए । घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सभा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु
मोरङ, फागुन-२० गते ।
मोरङ सुन्दरहरैँचा नगरपालिका -३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती ९ बजे सोही स्थानमा प्र१-०२-०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने ३१ बर्षीय देव कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
सुनसरी, फागुन-२० गते ।
सुनसरी धरान - १३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको Diazelab -१० ऐम्पुल, Phenergan -२३ ऐम्पुल, Avil -१३ ऐम्पुल र Lupigesic -११ ऐम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको छ ।
ट्रकको ठक्करबाट २ को मृत्यु ४ घाईते
झापा, फागुन-१९ गते ।
झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१-०१-००१ च०१६७ नम्बरको कार र प्र१-०१-०१३प१७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान -१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ -१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई B&C अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको छ । कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् । घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर-१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, फागुन-१९ गते ।
झापा भद्रपुर नगरपालिका -६ का २६ बर्षीय बिशाल मण्डललाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो पौने ३ बजे भद्रपुर -५ स्थित बसपार्कमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, VIVO कम्पनीको मोबायल फोन थान २ र WB74A Q3864 नम्बरको स्कुटर सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
झापा, फागुन-१८ गते ।
झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ बर्षीय अनुप तामाङ रहेका छन । खत्रीलाई ३ ग्राम खैरोहिरोईन ब्राउनसुगर र तामाङलाई १ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते ।
मोरङ, फागुन-१८ गते ।
मोरङ सुनवर्षी नगरपालिका - ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी - १ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको छ भने उनि सगै गएका सोही स्थान बस्ने ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भई रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।
ब्राउन सुगर सहित ४ पक्राउ
ईलाम, फागुन-१८ गते ।
ईलाम, ईलाम नगरपालिका -७ स्थितबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका-४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका-५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका-१० का २३ बर्षिय अनिल लिम्बु रहेका छन् । सोमबार बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागुऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु ।
मोरङ, फागनु-१७ गते ।
मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ । आज दिउसो साढे १ बजे उर्लाबारी -१ टपुखोलामा प्रदेश १-०४-०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।
लागुऔषध सहित एक जना पक्राउ
उदयपुर, फागुन-१६ गते ।
उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN - ३० एम्पुल र DIAZELAB - ३० एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मानिस बन्धक बनाई फिरौती रकम माग गर्ने पक्राउ
मोरङ, फागुन १६ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-२० का २० बर्षीय रोहित पण्डित, बिराटनगर-१६ का अजय यादव र बिराटनगर-६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् । निजहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर-६ बाट सकुशल उद्धार गरेको हो । मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रयाक्टर दुर्घट्ना हुदा सह चालकको मृत्यु
मोरङ ,फागुन-१५ गते ।
सुनसरी ईटहरी-३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी-५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रयाक्टर र चालक ईटहरी ३ का २७ बर्षीय राम दर्जी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, फागुन-१५ गते ।
झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर नगरपालि -८ स्थितबाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान -१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका -११ हडिया खोला स्थितमा शुक्रबार साझ ६ बजे चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जु कुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु
सुनसरी, फागुन-१५ गते ।
सुनसरी रामधुनी नगरपालिका -१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भारतिय रुपैया सहित १ जना पक्राउ
मोरङ, फागुन-१४ गते ।
भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी -१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरिएको छ । बिहीबार बेलुका पौने ५ बजे बिराटनगर -१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंहको साथबाट भारतिय रुपैया ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान गरि जम्मा भारतिय रुपैया २ लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, फागुन-१३ गते ।
झापा दमक नगरपालिका -९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका - ६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडिभिट्टा झापाले जनाएको छ ।
बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार एकको  मृत्यु
सुनसरी, फागुन-१३ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । बुधबार मध्येराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका -५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएका थिए । घाईते मध्ये डिगन गुरुङको घोपा धरानमा उपचारको क्रममा सोही राती पौने १ बजे मृत्यु भएको थियो भने कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु
खोटाङ, फागुन-१३ गते ।
खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घरको छानाबाट खसेर १ जनाको मृत्यु
झापा, फागुन-१२ गते ।
झापा दमक नगरपालिका -१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ । मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ ।
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ
सुनसरी, फागुन ११ गते ।
सुनसरीको धरान उप-महानगरपालिकाका बिभिन्न स्थानबाट सोमबार लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ७ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगर र ट्याब्लेटको ओसार पसार तथा बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-३ का ३० बर्षीय बिनय तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धरान-१३ का २६ बर्षीय ओम प्रकाश कार्की १ ग्राम ६०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । कार्की सोमबार बेलुका ७ बजे धरान-७ बाट पक्राउ परेका हुन् । यस्तै धरान-१५ का ४० बर्षीय कृष्ण थापामगर १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । यसैगरी धरान-०८ का ४५ बर्षीय यज्ञ बहादुर खड्का र आकाश श्रेष्ठ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । आफ्नै घरकोठाबाट लागुऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १०० ML को डाईलक्स् डि.सी. ४ बोतल, Nitrosun १६५ ट्याब्लेट र Spsmo-Proxyvon ७२ क्याप्सुल सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
तेह्रथुम, फागुन ११ गते ।
श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका-१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन -३ गते सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर झै-झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन-९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
झापा, फागुन ११ गते ।
झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-२ बाट राईलाई पक्राउ गरेको हो । श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
मोरङ, फागुन-१० गते ।
उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ बर्षीय रुपेश फुयाल खैरो हिरोईन सहित पक्राउ परेका छन् । आज दिउसो ३ बजे विराटनगर -१६ दुर्गा मन्दिर स्थितमा रुपेश फुयालले चलाई ल्याएको को२ह ३७२९ नम्बरको टेम्पोलाई लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोको फुडब्रेकको म्याट्रिस मुनी लुकाई ल्याएको ३ ग्राम ९४० मिलिग्राम खैरो हिरोईन फेला परेकोले टेम्पो सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
लागुऔषध सहित ४ जना पक्राउ
मोरङ, फागुन-१० गते ।
मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ऐ.ऐ. ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् । आईतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका -४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै सिराहा मिर्चैया नगरपालिका -६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषध DAILEX-DC सहित पक्राउ परेका छन् । हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका -१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा DAILEX-DC थान-२७ सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
ट्रकको ठक्करबाट २ जनाको मृत्यु
मोरङ, फागुन-९ गते ।
मोरङ उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा प्र १-०१-००१क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को३१प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाईते भएका थिए । घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा रातको सभा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाऊपालिका बस्ने भिम बहादुर दाहाल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
मोरङ, फागुन-९ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका -५ खोक्सीका २८ बर्षीय बिकाश चौधरी लागुऔषध सहित पक्राउ परेका छन् । शनिबार दिउसो ४ बजे सोही स्थानमा उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु
सुनसरी, फागुन-८ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । साथै उनि संगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएकोमा उनलाई थप उपचारको लागी घोपा धरान लगिएको उक्त कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट १ जनाको मृत्यु
सुनसरी, फागुन-८ गते ।
सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । राती पौने ११ बजे ईटहरीबाट दुहबी तर्फ आउदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जादै गरेको BR 01-GC 0341 नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरीको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
झापा, फागुन-८ गते ।
झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व-पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक-आपसमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा रातको १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार २ जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको उक्त कार्यालयले जनाएको छ ।
रुखले किचेर १ जनाको मृत्यु
ईलाम, फागुन-८ गते ।
इलामको माई नगरपालिका -७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
चट्याङमा परी १ जनाको मृत्यु
तेह्रथुम, फागुन-७ गते ।
तेह्रथुमको लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ । बिहीबार १५;०० बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परी बेहोस भएका थिए । बेहोस खड्काको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी, फागुन-७ गते ।
सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नी चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६;३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नी चौधरीलाई ठक्कर दिंदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर र ट्याङकर चालक सुनसरी ईटहरी १७ बस्ने कृष्ण न्यौपाने प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
मोरङ, फागुन-६ गते ।
मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक-१४ एम्पुल, डाईजापाम-१४ एम्पुल, एभिल-१४ एम्पुल, फेनारगन-१४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको  मृत्यु
मोरङ, फागुन-६ गते ।
मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन् । घाईते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक, ट्रक चालक नबिन खवास र एम्बुलेन्स, एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
सुनसरी, फागुन-६ गते ।
सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, फागुन-५ गते ।
सिमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवण कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
यसै गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य समेत गरेकोले प्रहरी जवान श्रवण कुमार चौधरी BEST POLICE OF THE MONTH घोषित भएका हुन ।


प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।


सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु
झापा, फागुन-५ गते ।
झापा, झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे झापा-७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुदाँ चालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
झापा,फागुन-०४ गते ।
झापा भद्रपुर नगरपालिका-७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो दिउसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झै-झगडा हुदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएकोमा उनको आज विहानको राती २ बजे मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु
खोटाङ, फागुन-०४ गते ।
खोटाङ खोटेहाङ-१ स्थितमा बस्ने १९ संजिव खड्काको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज विहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्रमा रहेका खड्कालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ
अटो दुर्घटना हुदा चालकको मृत्यु
ईलाम,फागुन-०४ गते ।
ईलाम ईलाम नगरपालिका-७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम-९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन । हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ
झापा, फागुन-०४ गते ।
झापा बुद्धशान्ती-३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन । हिजो राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन
बिराटनगर फागुन-०३ गते ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर/ अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा संचालन हुने “सिपमुलक सिलाई कटाई तालिम”को संयूक्त शुभारम्भ गरिएको छ ।
क्षेत्रीय प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ६ महिना अवधीको सिलाई कटाई तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पूर्व तथा बहालवाला प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय-आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकाशमा टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।
यस भन्दा पुर्व आठौं समुहसम्म उक्त सिलाई कटाई तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप नवौ समुहको तालिमलाई विपत ब्यबस्थापन गुल्म चन्द्रगढीबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा आजबाट संचालन हुने तालिममा २१ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा, फागुन ३ गते ।
झापा भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनी गम्भि घाईते भएकी थिईन । गम्भिर घाईते भएकी उनलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर एकको मृत्यु
मोरङ,फागुन-०३ गते ।
सप्तरी सम्भुनाथ-४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ । सम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए । कामकै शिलशिलामा आईताबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा उनि गम्भिर घाईते भएकोमा उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लडेर वृद्धाको मृत्यु
तेह्रथुम फागुन-०२ गते ।
तेह्रथुम लालिगुरास-५ स्थितमा बस्ने ७३ बर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको छ । आज राती के कुन समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु
मोरङ,फागुन-०२ गते ।
मोरङ लेटाङ-२ बस्ने ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक धनकुटा साघुरिगढिका २९ बर्षीय अमिर राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध गाँजा सहित दुई जना पक्राउ
मोरङ, फागुन १ गते ।
मोरङ विराटनगर-१५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी ईटहरी-५ का ५२ बर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ बर्षीय पदम बहादुर राई रहेका छन । शुक्रबार जोगबनी तर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात अटोमा चेकजाँच गर्ने क्रममा वियरको काटुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४ केजी गाँजा फेला पारी बरामद गरिएको हो । यसरी अटोमा गाँजा फेला पारिएपछी अटो चालक पदम बहादुर राई र अटोमा सवार रहेका तेज बहादुर राई समेतलाई नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ
झापा, माघ ३० गते ।
झापाको अर्जुनधारा नगरपालिका-११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय रबिन तामाङ र २८ बर्षीय दिल कुमार राई तथा भद्रपुर-५ का ३८ बर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहिवार राती साँढे ७ बजे लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका निजहरुको साथबाट प्रहरीले ४८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु
बिराटनगर,माघ-३० गते ।
ताप्लेजुङ पाथिभरा याङवरक-१ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । विहिबार २ बजे ताप्लेजुङ पाथिभरा याङवरक-४ डुम्रिसे स्थित भित्री सडकखण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक याङवरक-१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । विहिबार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादब गम्भिर घाईते भएका थिए । घाईते यादबको रंगेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हत्याको आरोपमा १ जना पक्राउ
मोरङ, माघ २९ गते ।
मोरङको जहदा गाउँपालिका-१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका-१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयमा धारिलो हतियार दाउले टाउकोमा प्रहार गर्दा घाईते भएकी सवरियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा आज दिउँसो २ बजे मृत्यु भएको हो । सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ
सुनसरी, माघ २९ गते ।
धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा रामधुनी नगरपालिका-१ का १९ बर्षीय आकाश चौधरी र २० बर्षीय अम्बर चौधरीलाई पक्राउ गरेको हो । चोरी गरी लाँदै गरेको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी, माघ २९ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ पकली चोकमा बुधवार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बेलका नगरपालिका-९ उदयपुरका ५४ बर्षीय राजेन्द्र शाहको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, माघ २८ गते ।
झापाको मेचीनगर नगरपालिका -६ काकरभिट्टाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी, माघ २८ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । राती साँढे ७ बजेको समयमा प्रदेश १- ०२-०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका-४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ट्याब्लेट र गाँजा सहित ९ जना पक्राउ
बिराटनगर, माघ २७ गते ।
उदयपुर र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका-६ जलजलेबाट त्रियुगा नगरपालिका-१ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका-१४ का २६ बर्षीय कुमार मगर, त्रियुगा नगरपालिका-१३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिसेक जैसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाइजेपाम -१९ एम्पुल, फेनारागन -१९ एम्पुल, लुपिजेसिक -१९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ । यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका-१२ बाट स्थानीय १५ बर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन -२ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै उदयपुरकै कटारी नगरपालिका-८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् । सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका-‍३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई धरान उप-महानगरपालिका-१३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, माघ २७ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका-६ का २४ बर्षीय सुरज खड्कालाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय २८ बर्षीय प्रकाश लिम्बुलाई १८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा २ जनाको मृत्यु
बिराटनगर, माघ २७ गते ।
मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका-१ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय १७ बर्षीया कल्पना लिम्बुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । स्कुटर चालक बेलवारी-४ का २७ बर्षीय अनमोल बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको गौरिगञ्ज गाउँपालिका-९ मा को १३ प २०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक गौरादह नगरपालिका-९ का ३९ बर्षीय पुरुषोत्तम फुँयलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ
चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ
झापा, माघ २६ गते ।
चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को साथबाट नगद ३,५६,७१०।–(तिन लाख छपन्न हजार सात सय दश) रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रवाट. २,०८,२००।–(दुई लाख आठ हजार दुई सय) रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८,३०,३०५।-(आठ लाख तिस हजार तिन सय पाँच) रुपैयाँ गरी जम्मा १३,९५, २१५ ( तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र) रुपैयाँ नगद बरामद भएको छ । यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ । ठगीको आरोपमा पक्राउ परेका बि.क.लाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधी बरामद
मोरङ, माघ-२६ गते ।
मोरङ विराटनगर-५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार बेलुका साढे ६ बजे राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको औषधीहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने HP कम्पनीको कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
चट्याङ लागेर १ जनाको मृत्यु
ओखलढुङगा, माघ २५ गते ।
ओखलढुङगाको मोलुङ गाउँपालिका-६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
झापा, माघ २२ गते ।
झापाको शिवसताक्षी नगरपालिका-९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती पौने ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का ४१ बर्षीय पुर्ण कुमार कडरियाको झापाको B&C अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
२५० केजी गाँजा सहित २ जना पक्राउ
सुनसरी, माघ २१ गते ।
सुनसरीको ईनरुवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आज बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो । ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउण्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत क्षति पुर्‍याएको तथा १ जना प्रहरी समेत घाईते भएका छन् । कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नहरबाट राती नै नियन्त्रणमा लिएको हो । गाडीसंगै चालक भोजपुर हतुवागडि गाउँपालिका-९ का २७ बर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान -१ का २६ बर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ भने गाडिमा रहेको २५० के.जि गाँजा, नगद १ लाख ५४ हजार र १ थान खूकुरी समेत बरामद भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
झापा, माघ २१ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ का २० बर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद रु ७०००।–र मोबाईल २ थान सहित मंगलवार राती ८ बजे पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतिय नागरिक भारत किशनगंञ्जका ३० बर्षीय मो.आलम र २८ बर्षीय मदिउर रहमानलाई १० ग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैयाँ ९ हजार १७०, ५० ग्राम गाँजा र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट बालकको मृत्यु
खोटाङ, माघ २१ गते ।
खोटाङको रावाबेशी गाउँपालिका-४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर निजकै ७ बर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ बर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, माघ २१ गते ।
झापाको बिर्तामोड नगरपालिका-१ मा बसले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले पैदल यात्री बिर्तामोड नगरपालिका-६ का ३२ बर्षीय सागर मिश्रलाई ठक्कर दिंदा घाइते भएका मिश्रलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ
बिराटनगर, माघ २० गते ।
सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ बाट सोमवार साँझ नियन्त्रीत लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय रविन राई, २६ बर्षीय प्रभात राई र १९ बर्षीय संदेश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हाईड्रोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
ईलाम, माघ २० गते ।
ईलाम नगरपालिका-८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका-५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
झापा, माघ २० गते ।
झापाको गौरादह नगरपालिका-४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । सोमवार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाइते भएका मे १० प ११६७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका-५ का ३४ बर्षीय होम प्रसाद उप्रेतीको झापाको BNC अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पिकअफको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा,माघ-१९ गते ।
झापा शिवसताक्षी-३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउसो सवा ३ बजे शिवसताक्षी-१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने पिकअफ नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी कार्य भईरहेको छ ।
बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु
खोटाङ,माघ-१९ गते ।
खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बस र बस चालक सुनसरी बराहाक्षेत्र-४ का ३५ बर्षीय दल बहादुर पौडेल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण
बिराटनगर, माघ १८ गते ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो । झापाको गौरिगंज गाँउपालिका-६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक बिधालयको प्राङगणमा आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गर्नु भएको हो । उक्त कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु, स्थानियवासीहरु तथा स्थानीय शुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
झापा,माघ-१८ गते ।
झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली-३ का ३८ बर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन । थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद १९ हजार २५ रुपैया सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसै गरी ईलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले दमक-५ अनाम टोल स्थितबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-१ का २६ बर्षीय गगन लिम्वु योङया रहेका छन । उनलाई ३ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ । यसरी शनिवार लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।
आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु
धनकुटा,माघ-१८ गते ।
धनकुटा-९ सवाबारी बस्ने ८८ बर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ । आज बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक उनैले लगाएको कपडामा आगो सल्किन गई शरिरमा आगो लाग्दा जलेर उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
भिरबाट लडेर एकको मृत्यु
संखुवासभा,माघ-१८ गते ।
संखुवासभा सभापोखरी-३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार राती के-कुन समयमा संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा सोही स्थितमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनि आज विहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
चोरीमा संग्लग्न रहेका १ जना पक्राउ
झापा, माघ १६ गते ।
झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका-४ का ४१ बर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो । पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद १,४८,६६५ (एक लाख अठचालीस हजार छ सय पैसठी रुपैँया) र भारतिय नोट रु.१५००(पन्द्र सय) समेत बरामद गरेको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ
बिराटनगर, माघ १६ गते ।
झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
ईलाम, माघ १५ गते ।
ईलाम नगरपालिका-९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिका-३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ, माघ १५ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका- ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु
बिराटनगर,माघ-१४ गते ।
उदयपुर कटारी-४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी-४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक-५ स्थितमा ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक-५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।
लागुऔषध सहित दुई जना पक्राउ
मोरङ,माघ-१४ गते ।
मोरङ बिराटनगर-१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ
झापा, माघ १४ गते ।
ईलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित १ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका-६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो । समान बरामद भएसंगै संचालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी चौकी डुम्राहाको नव निर्मित भवनको समुद्घटान
बिराटनगर, माघ १३ गते ।
प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ । उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गर्नु भएको हो । प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवन UNOPS को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भवन समुद्घटान समारोहलाई सम्बोधन गर्नुहुँदै प्रनामनि कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । साथै सोही कार्यक्रमको अवसरमा प्रमुख अतिथि कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोशल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रम UNOPS का प्रतिनिधी, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
लागुऔषध सहित दुई जना पक्राउ
झापा,माघ-१३ गते ।
झापा शिबसताक्षी-११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा सवार गरी आएका उनिहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम-५८ एम्पुल, बुफ्रेनोर्फिन -५७ एम्पुल र प्रोमेथोजाईन-५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
दुर्घटनाबाट दुई सहचालकको मृत्यु
बिराटनगर,माघ-१३ गते ।
सुनसरी रामधुनी-७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । हिजो दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी-६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका सदाको धरान घोपामा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी संखुवासभा पाचखपन-३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन-६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नु पर्छ- प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की
बिराटनगर, माघ १२ गते ।
प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नु पर्ने प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले बताउनु भएको छ । UNOPS को सहयोगमा नव निर्मीत ईलाका प्रहरी कार्यालय रानी बिराटनगरको कार्यालय भवन, आवास र भान्सा घरको उदघाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो । ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र आज बिहान भएको भवन उद्घटान कार्यक्रममा बोल्दै वाहाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मन समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोषहरि निरौलाले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको ईलाका प्रहरी कार्यालय रानीले सुरक्षित बासस्थान प्राप्त भए संग संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधीक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गर्नु भयो । २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
UNOPS को सहयोगमा साँढे २ तले कार्यालय भवन तथा आवास गृह र भान्सा घर ५ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको भएको हो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, UNOPS का senior advisor एवं पुर्व प्रहरी नायव महानिरीक्षक कुमार कोईराला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
लागुऔषध खैरोहिरोईन सहित ५ जना पक्राउ
बिराटनगर,माघ-१२ गते ।
झापाको बिर्तामोड-४ भद्रपुर रोड स्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन । उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ गरेको हो । यस्तै आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-९ मगर चोक एरियाबाट १२००ग्राम गाँजा सहित बुद्धशान्ती-१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ । यसै गरी मोरङ बिराटनगर-१५ स्थित सिमा एरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन । उनलाई आईताबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET-७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो । यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ
मोरङ,माघ-११ गते ।
मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र निजहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । यसरी पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट लडेर वडा सदस्यको मृत्यु
खोटाङ माघ-११ गते ।
खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी रतन्छामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।
प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ
मोरङ,माघ-११ गते ।
मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न भारतिय महिला सहित चार जना पक्राउ
बिराटनगर,माघ-१० गते ।
मोरङ बिराटनगर-१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतिय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले SPASMO-PROXYVON-७२० ट्याब्लेट र PHENERGEN -६० एम्पुल सहित पक्राउ गरेको हो ।

यसै गरी झापा दमक-८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई-२ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन । शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनिहरु दुबै जनालाइ नियन्त्रणमा लिएको थियो । नियनत्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर पेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।

यसै गरी झापाको मेचीनगर-६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी-२ का ३१ बर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।

सवारी दुर्घटना ३ जनाको मृत्यु
बिराटनगर, माघ ०९ गते ।
प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका-५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २-०१- ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किदा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । यसैगरी सुनसरीको कोशी गाउँपालिका-२ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका-११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ
झापा, माघ ०९ गते ।
झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका-२ का २१ बर्षीय कनैया गनगाई र २० बर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित बिहिबार साँझ ६ बजे दमक नगरपालिका-८ बाट पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लावारी नगरपालिका-२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ
झापा, माघ ०८ गते ।
झापा कमल गाँउपालिका -६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो दिउसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट भट्टराईलाइ नियन्त्रणमा लिईएको थियो। नियन्त्रणमा पश्चात उनि उपर चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
दुर्घटनाबाट मोटरसाईकल र ट्याक्टर चालकको मृत्यु
बिराटनगर, माघ ०८ गते ।
झापा कचनकवल-१ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी-३ स्थितमा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी ईलाम माईजोगमाई-४ हातिटार स्थित भित्री सडक खण्डमा ट्याक्कर दुर्घटना हुदा चालक सोही स्थानका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे प्रदेश न. ३-०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाई रहेका धमलाले ब्रेक लगाउने क्रममा उनि आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका धमलाको विएण्डसि अस्पताल विर्तामोड झापामा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

गत ६ महिनामा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर, माघ ०८ गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता र १८ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी ५३६ बर्ष कैद भुक्तान भई , १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ११६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ३३६.३१२ केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ११९ जना मानिस र ५४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३७ लाख ७५ हजार ७२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ गर्नुका साथै १५६९ क्यू.फिट. काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४७७ राजश्व संकलन भएको हो ।
यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ
बिराटनगर, माघ ०७ गते ।
झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तिन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार सहित स्थानीय २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई मंगलवार राती साँढे ८ बजे पक्राउ गरेको हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ बाट कमल गाउँपालिका-५ का २५ बर्षीय प्रकाश फुयाल लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागु औषध सहित मंगलवार साँझ साँढे ६ बजे पक्राउ परेका हुन् । यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
मोरङ, माघ ०७ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको छ । जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको र घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सवारी दुर्घटना ३ जनाको मृत्यु
सुनसरी, माघ ०७ गते ।
सुनसरीको ईनरुवा दुहवी सडक खण्डमा मंगलवार भएको सवारी दुर्घटनामा परी तिन जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज नम्बरको माईक्रोले सोही दिशा तर्फ जाँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक ईनरुवा नगरपालिका-३ का ४४ बर्षीय बृख मण्डल, माईक्रोमा सवार ईनरुवा नगरपालिका-२ की २६ बर्षीया काजल मेहेता र माईक्रोका सह-चालक सप्तरी देउरीवनाका ३५ बर्षीय शंकर कुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जाडोको न्यानो कपडा कम्बल बितरण
बिराटनगर, माघ ०६ गते ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो । मोरङको धनपालथान गाउँपालिका-३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका-२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १०० घर परिवारलाई १०० थान कम्बल आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल बितरण गर्नु भएको हो । सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १०० जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गर्नु भएको थियो । कपडा बितरण कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, माघ-०६ गते।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै चोरी, अवैध लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय मोरङ दरवन्दीका प्रहरी निरीक्षक पपु नायकलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिबन्धित लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ
बिराटनगर,माघ-०६ गते ।
झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका -४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई-२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन । भारतिय नम्बर प्लेट BR37U 5823 नम्बरमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई उनिहरु उपर चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । सोमवार बेलुका ६ बजे धरान उप-महानगरपालिका-१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका-२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ। यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २० बर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित सोमवार अपरान्ह ५ बजे बेलडागीबाट पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका-४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई किरात चोकबाट पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ का १५ बर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको छ। लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु
झापा, माघ ०५ गते ।
झापा दमक-४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी-४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साथै अटोमा सवार सुनसरी इनरुवा-७ का २४ बर्षीय सौजन मगर र दमक-४ का राजन सिलवाल समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक दमक-४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन ।
लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ
बिराटनगर, माघ ०५ गते ।
झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका-१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका-१ बाट पक्राउ गरेको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ मा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका-३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस्तै मोरङको रतुवामाई नगरपालिका-२ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका-९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबिरहेको अवस्थामा मृत फेला
सुनसरी, माघ ०५ गते ।
सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
टिपर दुर्घटना ३ जनाको मृत्यु
सोलुखुम्बु, माघ ०५ गते ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको CE कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका-४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका-८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोही दुर्घटनामा घाईते भएका हेटौडा फापरवारीका २२ बर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
सुनसरी, माघ ०४ गते ।
सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको ईटहरी उप-महानगरपालिका-२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको हो । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका-१ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ । चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२-०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका याख्खाको बिराट नर्सिङहोममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ
मोरङ,माघ-३ गते ।
मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा-६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक -११ एम्पुल, डाईजापाम -११ एम्पुल, एभिल -११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट -४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, माघ ०१ गते ।
झापाको बुद्धशान्ति गाउँपालिका- ३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु-१ थान र मोवायल थान-२ सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान् गरिरहेको छ ।
खोलामा डुबिरहेको अवस्थामा मानिस मृत फेला
मोरङ, पौष २९ गते ।
मोरङको ग्रामथान गाउँपालिका-७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ
झापा, पौष २८ गते ।
जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकल सहित चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका-२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका-६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका-३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका-४ का २२ बर्षीय सन्दिप लिम्बु रहेका छन् । मोटरसाईकल तथा स्कुटरहरु चोरी गर्ने मानिसहरुको पहिचान गर्न Operation Hunt नाम दिई सुक्ष्म रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाईकल सहित ७ जनालाई नियन्त्रणमा लिएको हो भने अन्य ११ थान मोटरसाईकल बिभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ
मोरङ, पौष २७ गते ।
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित हनुमाननगर कंकालिनी नगरपालिका-६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरीक २२ बर्षीय मोहम्बद अफरोजलाई पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका-१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका-३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, पौष २७ गते ।
झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक-८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीलाई ठक्कर दिंदा घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
बिराटनगर, पौष २६ गते ।
धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ९ बजेको समयमा धनकुटा नगरपालिका-७ मा ट्याक्टरको ट्रलीले लागेर धनकुटा नगरपालिका-८ की १५ बर्षीया बालिका रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रदेश १ १-०२-००३ त ६१२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्याक्टर अनियन्त्रीत भई पल्टिएर उक्त ट्रलीले बिद्यालय जाँदै गरेकी राईलाई ठक्कर दिंदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ मा ट्याक्टरले साईकललाई ठक्कर दिंदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ
बिराटनगर, पौष २६ गते ।
१ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो । यसैगरी बिराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय बिशाल बि.क., धरान-२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका-५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका-५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक-१६ एम्पुल , फेनारगन-१६ एम्पुल र एभिल-१६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो । यस्तै झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा ३ जनाको मृत्यु
बिराटनगर, पौष २६ गते ।
१ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।
यसैगरी झापाकै शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का ३७ बर्षीय छबिरमन ढकालको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यस्तै शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका-८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिंदा घाईते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रमम मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, पौष २५ गते ।
झापाको भद्रपुर नगरपालिका-१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रवार अपरान्ह ५ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
मोरङ, पौष २५ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रवार अपरान्ह पौने ५ बजेको समयमा को १ क ३००९ नम्बरको जगत बोडिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडीबाट आउँदै गरेको को ८ प ७३३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल पछाडी सवार रहेकी स्थानीय ४० बर्षीया दिपा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटाना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
झापा, पौष २४ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका-११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका-९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका-६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका-१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
बिराटनगर, पौष २४ गते ।
ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह-चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्रकका सह-चालक मिक्लाजुङ गाँउपालिका-४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको मृत्यु भएको छ । बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।
लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, पौष २३ गते ।
झापाको मेची नगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३६ बर्षीय रुपेन राजवंशीलाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित आज बिहान १० बजे पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, पौष २३ गते ।
झापाको मेची नगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २८ बर्षीय सन्तोष कुमार शर्मालाई २.६ ग्राम लागुऔषध ब्राउसुगर सहित बुधवार अपरान्ह साँढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका शर्माको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, पौष २२ गते ।
झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका-१० का ३२ बर्षीय मो.मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
पानीमा डुबेर बालकको मृत्यु
झापा, पौष २२ गते ।
झापाको शिवसताक्षी नगरपालिका-२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो पौने ३ बजेको समयमा घर देखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबी घाईते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध सहित ४ जना पक्राउ
मोरङ, पौष २२ गते ।
मोरङको लेटाङ नगरपालिका-२ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे लेटाङ नगरपालिका-४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका-३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
बिराटनगर, पौष २२ गते ।
झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरो को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । यसैगरी उदयपुरको रौतामाई गाउँपालिका-१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय केशव बि.क.को मृत्यु भएको छ । गाइघाटबाट नामेटार तर्फ जाँदै गरेको प्रदेश २-०२-०१-०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लुटपाटमा संग्लग्न २ जना पक्राउ
सुनसरी, पौष २१ गते ।
ईनरुवा नगरपालिका-२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । यही पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका-९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवायल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका-५ घर भई ईनरुवा-१ मा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका-५ सप्तरी घर भई ईनरुवा-१ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ गते पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
ईलाम, पौष २१ गते ।
ईलामको देउमाई नगरपालिका-८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा, पौष २१ गते ।
झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, पौष २० गते ।
झापाको दमक नगरपालिका-६ बेलडागीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका दमक नगरपालिका-८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका-८ का २२ बर्षीय रोशन कुमार मग्रातीलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
खोलाले बगाएर बृद्धाको मृत्यु
झापा, पौष २० गते ।
झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित ३ जना पक्राउ
मोरङ, पौष १९ गते ।
मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-२ का २४ बर्षीय अनिके राईलाई बिराटनगर-१६ बाट लुपिजेसिक-८ एम्पुल, एभिल-८ एम्पुल, डाईजेलाब-८ एम्पुल र फेनारगन-८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो । यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , ippl ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
मोरङ, पौष १९ गते ।
मोरङको बिराटनगर महानगरपलिका-१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय अमित लिम्बु र २७ बर्षीय हेमराज बस्नेत रहेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बा २ च ६१११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्रबाट लागुऔषध डाईलक्स डि.सी १ गिलेन, नाईट्राभेट २४ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, पौष १९ गते ।
मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध गाँजा सहित ३ जना पक्राउ
सुनसरी, मोरङ,पौष १८ गते ।
सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । साथै लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।
यसै गरि मोरङ केराबारी-१० खदम खोला स्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ केराबारी-७ का १७ बर्षीय बिशेष राई र सोही स्थानका १९ बर्षीय बिपिन लिम्बु रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजा सहित पक्राउ गरेको हो । यसरी लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, पौष १८ गते ।
झापा गाँउपालिका-६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । हिजो साढे ३ बजे शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
मोरङ, पौष १७ गते ।
मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
चोरी भएको मोटरसाईकल सहित चोरी गर्ने २ जना पक्राउ
झापा, पौष १६ गते ।
झापाको गौरादह नगरपालिका-२ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् । गत मंगलवार राती साँढे १२ बजे दमक नगरपालिका-७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १-०२-०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका-७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो । मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका-२ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लागुऔषध सहित ४ जना पक्राउ
बिराटनगर, पौष १६ गते ।
मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । बुधवार अपरान्ह पौने ५ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका-२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् । निजहरुको साथबाट प्रहरीले एभील- १ एम्पुल, लुपिजेसिक- १ एम्पुल, डाईजोल्याव- १ एम्पुल र नाईट्राभेट-१०५ ट्याब्लेट बरामट गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका-४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार राती १० बजे भद्रपुर नगरपालिका-५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
बिराटनगर, पौष १५ गते ।
खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो । पार्किङ गरेर राखेको ट्याक्टरलाई सह-चालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका सह-चालकलाई स्थानीय मेडिलकमा उपचार गरी थप उपचारको लागी सुबिधा सम्पन्न अस्पतालमा लैजाने क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय रोहित साहलाई उपचारको लागी कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्याक्टरले किचेर बालकको मृत्यु
मोरङ, पौष १५ गते ।
मोरङको केरावारी गाउँपालिका-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजेको समयमा जितेन तामाङको घर अगाडी पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा अन्य केटाकेटीहरु समेत खेलिरहेको अवस्थामा ट्याक्टरको गियर चलाउदा ट्याक्टर आफै गुड्न गई अगाडी खेलिरहेको निज बालकलाई किच्दा घाईते भएका बालकको धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सुनकोशी नदीले बगाएर महिलाको मृत्यु
खोटाङ, पौष १५ गते ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ बालनमारीको ४५ बर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको छ । सोमवार बेलुका ५ बजेको समयमा उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती घरबाट घर फर्कदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
मोरङ, पौष १४ गते ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-२ हरियाली सामुदायिक वन क्षेत्रको राजमार्गमा सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार रहेका मिक्लाजुङ गाउँपालिका-४ का ३५ बर्षीय संन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमालाको मृत्यु भएको हो । स्कारपियोको ठक्करबाट घाईते भएका लिम्बुलाई उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा बाटैमा मृत्यु भएको तथा धमालालाई बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने स्कारपियो र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको तथा मोटरसाईकल तेल लिक भई आगलागी हुँदा जलेर पुर्ण रुपमा क्षति भएको उक्त कार्यालयले जनाएको छ ।
अबैध समान बरामद
मोरङ, पौष १४ गते ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ बिराटनगर महानगरपालिका-१४ बाट अन्दाजी २ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा हाते झोलामा प्याक गरेको बिभिन्न प्रकारका मोवायलका ईलेक्ट्रोनिक पाटपुर्जा तथा लत्ता-कपडा र खाद्यान्न सामाग्रीहरु समेत गरी अन्दाजी २ लाख ३८ हजार ७ सय ९० बराबरको सामान ल्याई बेवारिसे अवस्थामा छाडेको अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ल्यापटप चोरी गरी किनवेच गर्ने २ जना पक्राउ
सुनसरी, पौष १४ गते ।
ईटहरीको अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रा.लि.को अफिसबाट ल्यापटप चोरी गर्ने १ जना र चोरी भएको ल्यापटप किन्ने १ जना गरी दुई जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । यही पौष १० गते ईटहरी-६ मा रहेको उक्त अफिसबाट DELL कम्पनीको VOSTRO ल्यापटप चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरी गर्ने ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले पौष १३ गते दिउँसो ईटहरी-१० का ३० बर्षीय मनोज कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीलाई सोधपुछ गर्ने क्रममा निजले चोरी गरेको स्वीकार गरी उक्त ल्यापटप ईटहरी-२ का २८ बर्षीय श्याम बि.क.लाई वेचबिखन गरेको खुलेसंगै चोरी भएको ल्यापटप सहित निजलाई समेत पक्राउ गरी आवश्यक थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
उदयपुर, पौष १४ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नवराजपुर नगरपालिका-६ सिराहाका २४ बर्षीय पवन चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको साथबाट प्रहरीले NOOPHINE २३ एम्पुल , PROMETHAZINE २३ एम्पुल, DIAZELAB २३ एम्पुल गरि जम्मा ६९ एम्पुल र मोवाईल २ थान समेत बरामद गरेको छ । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषधको कारोवार गर्ने १ महिला सहित ४ जना पक्राउ
सुनसरी, पौष १३ गते ।
सुनसरीको ईनरुवा नगरपालिका-३ शिवालय टोलबाट लागुऔषधको कारोवारमा संग्लग्न रहेका १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राईलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागुऔषध Dialex-DC 100 ML को ५३ बोतल, लागुऔषध Nitrosun १६० ट्याब्लेट, Dialex-DC को बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोवायल र प्रदेश १-०२-०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ
सुनसरी, पौष १३ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका छन् । मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो । प्रहरीले निजको मेडिलक हलबाट DICYCLOMINE HYDROCHIORIDE TABETES IP DECOLICE बट्टामा रहेको ७००० ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा TRAMADOL HYDROCHIORIDE CAPSULES TP TRAMADEX खुल्ला अबस्थामा रहेको ९८० ट्रयाब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको छ ।
ट्याक्टरले किचेर चालकको मृत्यु
खोटाङ, पौष १३ गते ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा सोही ट्याक्टरले किचेर चालक बागमती नगरपालिका-१ सर्लाहीका २४ बर्षीय कैलाश भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ
उदयपुर, पौष १२ गते ।
उदयपुरको कटारी नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो । खड्काको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि.सी. बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खत्रीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, पौष १२ गते ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-१० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक रतुवामाई नगरपालिका-१० का ५२ बर्षीय सन्त बहादुर आले मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । सोही घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
भारतिय नक्कली नोट सहित दुई जना पक्राउ
मोरङ, पौष-११ गते ।
मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा भारतिय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यसरी नक्कली भारतिय रुपैया सहित पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ
झापा, पौष-११ गते ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा मेचीनगर-१ स्थितमा बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छन । उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनि उपर कानुनी कारबाही अगाडी बढाईएको छ ।
मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु
मोरङ,पौष-११ गते ।
सुनसरी दुहबी-१२ स्थितमा बस्ने ५२ बर्षीय रामफल माझीको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ६ बजे बिराटनगर-४ कंचनबारी स्थितमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए । घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ बर्षीय प्रेम न्यौपाने नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
भारतबाट चोरी पैठारी गरी ल्याएको ५ लाख भन्दा बडिको सुर्तीजन्य पदार्थ बरामद
सुनसरी,पौष-१० गते ।
भारतबाट चोरी पैठारी गरी ल्याएको करिव ५ लाख रुपैया भन्दा बडिको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले आज विहानको राती १ बजे ईटहरी उपमहानगरपालिका-५ कलङकी एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो । मिनी ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । साथै बरामद गरिएको सुर्तीजन्य पदार्थका धनि कोशी गाउँपालिका-५ का ३६ बर्षीय कैसर आलमलाई नियन्त्रणमा लिईएको छ भनि ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम र ओसारपसारमा संलग्न कोशी गाउँपालिका-५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामत समेतलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । यसरी बरामद गरिएको सुर्तीजन्य पदार्थको बजार मुल्य ५ लाख १६ हजार रुपैया कायम गरी ट्रक र पक्राउ परेका मानिस समेतलाइ आवश्यक कारबाहीको लागी लागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ ।

जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ
उदयपुर,पौष-१० गते ।
उदयपुर उदयपुरगढि-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढि-५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि-६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई-७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढि-८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन । घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा आज विहानको राती ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । साथै प्रहरीले जुवाको खालबाट नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरेको छ । यसरी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

वोलेरोले किच्दा चालकको मृत्यु
भोजपुर, पौष १० गते ।
भोजपुर भोजपुर नगरपालिका-५ बस्ने ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर मृत्यु भएको छ । आज विहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई तामाङलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
बिराटनगर, पौष १० गते ।
झापा र उदयपुरमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो सवा ४ बजेको समयमा झापाको कन्काई नगरपालिका-४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको WB-61A-9385 नम्बरको ग्यास बोक्ने ट्याङ्करले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो । ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक ईलामको माई जोगमाई गाउँपालिका-४ का ४० बर्षीय शुभराज लिम्बु र सोही मोटरसाईकलको पछाडी सवार रहेका निजकै भाई ३६ बर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकलमा पछाडी सवार रहेका चन्द्र कुमार लिम्बुको बेलुका पौने ७ बजे मृत्यु भएको तथा ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका-१ चुरिया जंगलमा ना ३ ख ४३२१ नम्बरको मालवाहक ट्रकले प्रदेश ३-०२-०१३ प ००७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बिहिवार साँझ पौने ६ बजेको समयमा मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक दुधौली नगरपालिका-११ का ५० बर्षीष दिपक कार्कीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
हत्याको आरोपमा २ जना पक्राउ
झापा, पौष ०९ गते ।
झापाको मेचीनगर नगरपालिका-९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । मृत फेला परेका गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखि गम्भिर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको हो भने पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिएसंगै निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै निजहरुले घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
धनकुटा, पौष ०९ गते ।
धनकुटा नगरपालिका -९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ०८ बजे धनकुटा-७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने बस र बस चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ
बिराटनगर, पौष ०९ गते ।
झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका-३ झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ साँढे ५ बजे भद्रपुर नगरपालिका-२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय सेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवैजनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट Eskuf syrup १० थान, नाईट्रोजन १० ट्याब्लेट, उईनपास मोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २०० ग्राम बरामद भएको थियो । यस्तै ईलामको सुर्योदय नगरपालिका-८ छिपिटारबाट लागैऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिल्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका-४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ, पौष ०९ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर घाईते भएका महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
पाँचथर, पौष ०९ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका-५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान राती १ बजेको समयमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा घटनामा संग्लग्न रहेका मृतकका श्रीमानको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
बिराटनगर, पौष ०९ गते ।
१ नम्बर प्रदेशका सुनसरी, झापा र ओखलढुङगामा बुधवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज-२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका स्थानीय ९० बर्षीय बेचुदास मेहेतालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त नम्बरको कारले ठक्कर दिंदा घाईते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको तथा ठक्कर दिने कार र चालक समेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । यस्तै ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका-६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको उक्त नम्बरको मोटरसाईल दुर्घटना हुँदा घाईते भएका रामेछापको मन्थली गाउँपालिका-९ का २८ बर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागी जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
कुटपिट तथा हत्यामा संग्लग्न २ जना पक्राउ
सुनसरी, पौष, ०८ गते ।
सुनसरीको कोशी गाउँपालिका-३ का ८० बर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । आज बिहान राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले दासलाई मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संग्लग्नता रहेको भन्ने जानकारी पाएसंगै दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अबैध हातहतियार सहित २ जना पक्राउ
सुनसरी, पौष, ०८ गते ।
सुनसरीको कोशी गाऊँपालिका-८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत बरामद गरेको छ । हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता) ऐन-२०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागुऔषध सहित ३ जना पक्राउ
मोरङ, पौष ०८ गते ।
मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका-२ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका-१६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका-२ डोरीयाबाट उर्लावारी नगरपालिका-७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका-५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान पौने ७ बजे ईटहरी उप-महानगरपालिका-८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
मोरङ, पौष ०७ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ४ जना पक्राउ
मोरङ, पौष ०७ गते ।
चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका-४ नोबेल अस्पतालको पार्किङ एरियाबाट यही पौष ०५ गते हराएको को ३९ प २४४२ नम्बरको मोटरसाईकल खोजतलास गर्ने क्रममा ०६ गते राती ८ बजे बिराटनगर-४ बुढाथोकी मार्गबाट चोरी भएको मोटरसाईकल सहित ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बिराटनगर-४ का २० बर्षीय बिबेक थान्दार र अमन थान्दार, बुढिगंगा गाउँपालिका-२ का २० बर्षीय पुजन थान्दार तथा दुहवी नगरपालिका-१० सुनसरीका २० बर्षीय नगेन्द्र चौधरी रहेका छन् । निजहरुले चोरी गरी लगेको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बुढाथोकी मार्गमा डोर्‍याउँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरीएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ
बिराटनगर, पौष ०७ गते ।
उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ गरेको थियो । निजलाई पक्राउ गरेसंगै सोधपुछ गर्ने क्रममा त्रियुगा नगरपालिका-१४ साउने घर भई त्रियुगा नगरपालिका-१२ बस्ने २५ बर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुल्न आएसंगै तत्काल मगरको कोठामा पुगेको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो । मगर पक्राउ परेसंगै निजको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७,८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको थियो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१३ बरुवा खोला किनाराबाट त्रियुगा-११ का ३२ बर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा सोमवार राती साँढे ९ बजे खटिएको प्रहरी टोलीले राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद ११,२०० सहित पक्राउ गरेको हो । यसरी लागुऔषध ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट सोमवार राती पौने ७ बजे लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । उक्त स्थानमा लागुऔषध ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका-५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी-२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ-३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् । यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया बस्तिबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धनकुटा घर भई पथरीशनिश्चरे नगरपालिका-९ बस्ने २५ बर्षीय धन बहादुर रानालाई लागुऔषध नाईट्राभेट ३०० ट्याब्लेट सहित सोमवार साँझ सवा ६ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगो ताप्ने क्रममा आगोले जलेर महिलाको मृत्यु
झापा, पौष ०७ गते ।
झापाको बिर्तामोड नगरपालिका-२ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ
सुनसरी, पौष-०६ गते ।
सुनसरीको भोक्राहा नर्सिङ-४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भोक्राहा नरसिङ-३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका-२ का ३७ बर्षीय सुरज राम रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका दुबैजनालाई आज विहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला परी बरामद गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको छ ।
रूखबाट लडेर एकको मृत्यु
झापा, पौष-०६ गते ।
झापाको बाह्रदशी-५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, पौष ०५ गते ।

प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै उत्कृष्ट कार्यालय व्यवस्थापन, विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गरेकोले इलाका प्रहरी कार्यालय हरैचा मोरङ दरवन्दी भई प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौलालाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

आगलागीबाट १ जनाको मृत्यु २ जना घाईते अन्दाजी ४ लाख बराबरको क्षति
मोरङ, पौष ०५ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान राती साँढे १२ बजेको समयमा तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो । उक्त आगलागीमा परी निजको श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र निजकै छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् । घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा निजको अन्दाजी ४ लाख बराबरको क्षति भएको र उक्त आगलागी बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साँढे १ बजे नियन्त्रणमा आएको ऊक्त कार्यालयले जनाएको छ ।
अंशबण्डाको बिषयमा झगडा हुँदा १ जनाको मृत्यु, हत्याको आरोपमा १ जना पक्राउ
तेह्रथुम, पौष ०५ गते ।
तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद, झै-झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् । शुक्रवार राती साँढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै-झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको छ ।
लागुऔषध सहित १ जना पक्राउ
मोरङ, पौष ०५ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई शनिवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले DIAZELAB-९ एम्पुल ,AVIL-६ एम्पुल र LUPIGESIC-१० एम्पुल बरामद गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ
मोरङ, पौष ०२ गते ।
मोरङको बिभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी-९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार साँझ सवा ५ बजे बिराटनगर-१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । यसै गरी बिराटनगर-१७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई बुधबार अपरान्ह ५ बजे बिराटनगर-७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । यसरी लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
ट्रयाक्टर दुर्घटनाबाट सहचालकको मृत्यु
खोटाङ, पौष ०१ गते ।
उदयपुर लिम्चुङबुङ-४ बल्मता बस्ने १८ बर्षीय किरण राईको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान साढे ८ बजे खोटाङ खोटेहाङ-६ सिम्पानी रोक्सिङ सहायक सडकखण्डमा सु.प.प्र.०१-००२ त ४२९८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा सोही ट्रयाक्टरका सहचालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ट्रयाक्टर चालक १९ बर्षीय टुजन राई घाइते भएकोमा उनको गाईघाट अस्पताल उदयपुरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
तेह्रथुम, पौष ०१ गते ।
तेह्रथुमको आठराई गाउँपालिका-५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्‍याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय राईको घटनास्थलमा नै मृत्यु भएको भनी जानाकरी प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
मोरङ, पौष ०१ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका-१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका-३ का २५ बर्षय रितेश परियारलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट २० चक्की र डाईजेल्याब २८ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
खाना पकाउने ग्याँसको कालोबजारी गर्ने १ जना पक्राउ
मोरङ, पौष ०१ गते ।
खाना पकाउने ग्याँसको कालोबजारी गर्ने १ जना मोरङको बिराटनगर महानगरपालिका-१४ मलाहा रोडबाट मंगलवार दिउँसो पक्राउ परेका छन् । उक्त स्थानमा मनिष यादवले संचालन गरेको फोटोकपी तथा ग्याँस पसलबाट यादवले एउटा ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्यासको तौल कम गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । यादवको पसलबाट प्रहरीले ठुलो ग्यास सिलिन्डर-११ थान ,सानो ग्यास सिलिन्डर -२ थान, तौल मेसिन-१ थान , रेगुलेटर-२ थान र एयर लिंक गर्ने पाईप १ थान समेत बरामद गरेको छ । यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ
सुनसरी, पौष ०१ गते ।
सुनसरीको दुहवी नगरपालिका-९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित मंगलवार दिउँसो १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ
सुनसरी, पौष ०१ गते ।
सुनसरीको इटहरी-६ बाट हराएको प्रदेश १-०५-००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् । गत २८ गते ईटहरी-६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी-९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
किराना पसलमा आगलागी करिव डेड करोड रुपैयाँ बराबरको क्षति
मोरङ, मंसिर ३० गते ।
मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ । आज बिहान राती २ बजेको समयमा पारस साहले संचालन गरेको किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त आगलागी बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको तथा आगलागीबाट मानवीय र चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
गत ४ महिनामा २ हजार १ सय ७ मुद्धा दर्ता, ११ करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर, मंसिर ३० गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्धा दर्ता र ११ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको गत ४ महिनामा मात्र २ हजार १ सय ७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी ३०० बर्ष कैद भुक्तान भई , १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गर्नुका साथै १२८४ क्यू.फिट. काठ बरामद गरी १४ लाख ९०० राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो । यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।
अबैध समान सहित मानिस पक्राउ
मोरङ, मंसिर ३० गते ।
मोरङको धनपालथान गाउँपालिका-४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४६० केजी चिनी सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा सोमवार साँझ साँढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका-१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका-१ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डललाई निजहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी सुनवर्सी नगरपालिका-७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी रू १६,००,०००( सोह्र लाख) मुल्य बराबरको ON TEST ट्रयाक्टर बरामद भएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले सोमवार राती ८ बजे ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङ,मंसिर-३० गते ।
मोरङ बिराटनगर-१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ । सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई-७ का बिक्रम साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
सुनसरी,मंसिर-२९ गते ।
सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागुऔषध सहित ३ जना पक्राउ
झापा, मंसिर २९ गते ।
झापाको मेचीनगर नगरपालिका-७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका-४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका-९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
सवारी दुर्घटना ३ जनाको मृत्यु
बिराटनगर, मंसिर २९ गते ।
उदयपुर, मोरङ र पाँचथरको तिन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०५-००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ९१०१ नम्बरको मोटरसाईकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० बर्षीय भविन्द्र परियार घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा साँझ साँढे ५ बजे मृत्यु ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । यसैगरी बिराटनगर महानगरपालिका-४ ईकराहीमा खेत जोतिरहेको ON Test ट्याक्टर अचानक दुर्घटना भई पल्टदा घाईते भएका चालक बर्जु गाउँपालिका-६ चिमडीका ५५ बर्षीय आशाराम चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै आज बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका-१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्जेललाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पोखरीमा डुबेर ३ बालिकाको मृत्यु
तेह्रथुम, मंसिर २८ गते ।
तेह्रथुमको छथर गाउँपालिका-६ सुदापमा पोखरीमा पौडी खेल्ने क्रममा तिन जना बालिकाको मृत्यु भएको छ । सुदापको च्यात्लुङमा प्रगती कृषि समुहले सिंचाईको लागी निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका स्थानीय ईन्द्र बहादुर लिम्बुका दुई छोरीहरु ७ बर्षीया रन्जना लिम्बु र ५ बर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुको ८ बर्षीया छोरी सुहाना लिम्बु उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । शनिवार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको तथा शव परिक्षणको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको उक्त कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औ बार्षीकोत्सव कार्यक्रम सम्पन्न
बिराटनगर, मंसिर २८ गते
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५५ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनु भएको छ।
कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागी प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।
समयको समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाढी बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन दिनु भयो ।
वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालीम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।
वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले “अग्रजहरुलाई सम्झी रहनु पर्दैन, केवल ब्यवसायीक योगदानहरुलाई नबिर्सीदिए पुग्छ” भन्ने बाक्यांशलाई हृदयंगम गर्दै बिगतमा बिशिष्ट योगदान पुर्‍याउनु हुने पुर्व प्रहरी नायव निरीक्षक कुमार महर्जनलाई सम्मान गरेको थियो । वाँहालाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
यसैगरी प्रहरी नायव महानिरीक्षक कार्कीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस (डबल), ब्याडमिन्टन (डबल), हण्डीफोर प्रतियोगिया र म्युजिकल चियरमा प्रथम तथा द्धितिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी नायव उपरीक्षक बिनोद शर्मा, प्रहरी निरीक्षक भिम बहादुर खड्का, प्रहरी नायव निरीक्षक लक्ष्मी प्रसाद घिमिरे र बुद्धीराज दराई, प्रहरी सहायक निरीक्षक टेकबिर बि.क., प्रहरी हवल्दार आशाराम चौधरी, प्रहरी जवान रीता राई, दुर्गा राई, दावा तामाङ तथा प्रहरी कार्यालय सहयोगी दिपेश मालीलाई पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजका मितिसम्म आईपुग्दा आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७७ हजार ९४ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक टेक बहादुर तामाङले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालीम केन्द्र निरन्तर अगाडी बढि रहेको बताउनु भएको थियो । साथै बार्षिक उत्सवकै अवसरमा तालिम केन्द्र परिसरमा बृक्षारोपण समेत गरिएको थियो । बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्की तथा पदाधीकारीहरु, पूर्ब प्रहरीहरु र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो।
सवारी दुर्घटना १ जनाको मृत्यु
झापा, मंसिर, २६ गते ।
झापाको अर्जुनधारा नगरपालिका-१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार राती १० बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा राती पौने ११ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद
झापा ,मोरङ, मङसिर्, २४ गते ।
झापा र मोरङ जिल्लाको सिमानाँका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतिय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर-७ सतिघट्टा एरियाबाट बरामद गरेको हो । यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो साढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो । भारतिय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डार गरेर राखिएको भन्ने विशेष सुचना पाईपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको छ ।
लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, मङसिर्, २४ गते ।
मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका-९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई Tramadol Hydrochloride ८ हजार क्याप्सुल, नाईट्राभेट-१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १००ml को TLANOKOF ३० वोतल सहित पक्राउ गरेको हो । यस्तै ईटहरी-१३ खनारबाट मोरङको जहदा गाउँपालिका-४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई Tramadol ३६० क्याप्सुल र Spaspain १८८ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको हो । यस्तै ईटहरी-८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी-६ बाट लागुऔषध Tramadol Hydrochloride ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ
मोरङ मङ्सिर २२ गते
बिराटनगर महानगरपालिका-४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना आज दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका-१ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । आलमले, हरिनगरा-१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ
झापा, मङसिर् २२ गते ।
झापाको मेची नगर नगरपालिका-७ गैह्रीगाउँबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे पश्चिम बंगाल दार्जिलिङ पानी ट्याङकीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका-३ का ४७ बर्षीय दिलिप कुमार राजवंशीलाई १८ ग्राम लागुऔषध खैरो हेरोईन तथा भारतिय रुपैयाँ नगद २१ हजार सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३ बर्षीय बालक मृत फेला
पाँचथर, मंसिर २२ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका-६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतवार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
मोरङ, मंसिर २१ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान-१३ का ३४ बर्षीय रुपक कुमार राईलाई डाईजोलाप १० एम्पुल , लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज बिहान साँढे ९ बजे पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
अवैध रुपमा भन्सार छलि गरी ल्याएका समानहरु बरामद
मोरङ,मंसिर-२१ गते ।
भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर-१६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो । बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा,मंसिर-२१ गते ।
झापा सिबसताक्षी-८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी-११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक शिबसताक्षी-७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न
बिराटनगर, मसिर-२० गते ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा आज बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बर्तमान सुरक्षा अवस्था, सिमा अपराध, भन्सार चोरी निकासी लगायत विविध विषयहरुमा सहभागीहरु बिच अन्तरक्रियात्मक छलफल भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु, १ नं. प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनीका निमित्त प्रमुख तथा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुखले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

साथै बैठकले सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र सिमा एरियाहरुमा हुने ग्रैह्रकानूनी क्रियाकलापहरुलाई तिन वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरी बैठक सम्पन्न भएको थियो ।

हतियार सहित एक जना पक्राउ
मोरङ,मंसिर-२० गते ।
मोरङ सुनबर्सी-५ झुगी चोक स्थितबाट हतियार सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई हिजो दिउसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, मंसिर १९ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिवार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका-६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो । यसैगरी अर्जुनधारा नगरपालिका-९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका-२ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
लागुऔषध सहित ३ जना पक्राउ
बिराटनगर, मंसिर १९ गते ।
सुनसरी र मोरङको दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बिहिवार अपरान्ह ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान-११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको घर कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निजहरुको घर कोठाबाट DIALEX-DC 100 ml लेखिएको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका-१ बाट सोही गाउँपालिका-३ का २० बर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, र हौसलाको आवश्यकता - प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्की
बिराटनगर, मंसिर १८ गते ।
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुने बताउनु भएको छ ।
“कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने मुल नाराका साथ मनाईएको २९ औ अपाङगता दिवशको अवसरमा बिराट बहिरा माध्यामिक बिद्यालय बिराटनगरमा आज दिउँसो भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै वहाले उक्त कुरा बताउनु भएको हो ।
फ़रक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनिहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्ने वहाको भनाई थियो ।
संघकी अध्यक्ष श्रीमती थापा कार्कीले फरक क्षमता भएका विद्यार्थीहरुले सृजनशिलता, आत्मविश्वास र मेहनतले गर्दा नै समाजका जुनसुकै स्थानमा अन्य व्यक्तिहरु सरह नै सृजनात्मक कार्य गरेर आफुलाई स्थापित गर्न सक्ने र आफुलाई उदाहारणीय बनाउन सक्ने बताउनु भयो । २९ औ अपाङगता दिबशकै अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा उक्त बिद्यालयमा “प्रहरी मेरो साथी” शिर्षकमा चित्रकला प्रतियोगिता समेत संचालन गरिएको थियो ।
उक्त प्रतियगितामा प्रथम हुने निशा खतिवडा, द्धितिय हुने कमलेश बाबु पुर्बे र तृतिय हुने पुनम कुमारी यादवलाई संघकी अध्यक्ष श्रीमती थापा कार्कीले पुरस्कार बितरण समेत गर्नु भएको थियो । यसैगरी सोही कार्यक्रममा उक्त बिद्यालयका २५ जना छात्रा छात्रहरुलाई न्यानो कपडा ट्र्याकसुट र मोजा तथा शैक्षिक सामग्रीहरु, ह्याण्ड सेनिटाईजर, स्टिमर र मास्क लगायतका स्वास्थ्य सामग्रीहरु , खाद्यान्न र खेलकुदका समानहरु समेत बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बिद्यालयकी सहायक प्रधानाध्यापक रमा आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । स्वागत मन्तव्य राख्नुहुँदै प्रधानाध्यापक मिनु अधिकारीले सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुहुँदै यस्ता कार्यक्रमले अध्ययनरत बिद्यार्थीहरुलाई थप हौसला प्रदान भएको बताउनु भयो ।
धन्यवाद ज्ञापन गर्नुहुँदै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तारानाथ भट्टराईले कार्यक्रमको आयोजना गर्नु हुने प्रदेश प्रहरी श्रीमती संघलाई धन्यवाद दिनुहुँदै यस्तै प्रकारका कार्यक्रमहरुले नै बिद्यार्थीको मनोवल उच्च हुने हुँदा बिद्यालयले समेत यस्तै कार्यक्रमरुलाई आत्मसात गर्दै अगाढी बढ्नुको बिकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा बिद्यार्थीहरु मध्येबाट निशा खतिवडाले सांकेतिक भाषामा आफ्नो भनाई राख्ने क्रममा यस्तो कार्यक्रमको पुन आशा राखेको बताउँदै सबैको माया र स्नेहले नै फरक क्षमता भएका ब्यक्तिहरुको आत्मबिश्वास बढ्ने हुँदा सबैको समान हेराईको खाँचो रहेको बताईन भने बिद्यालयकी शिक्षिका जानुका पोखरेलले सांकेतिक भाषा दोभासेको भुमिका निभाउनु भएको थियो ।
फरार प्रतिबादीहरु पक्राउ
विराटनगर, मंसिर १७ गते ।
सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान-२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मिति २०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा-४ राजमार्गमा दुर्घटना हुदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो । बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी उनि उपर कानुनी कारबाही अगाडी बढाईएको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकवजनी चोरी मुद्दाका तिन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर-६ का ५३ बर्षीय सकिल खान रहेका छन भने नकवजनी चोरीका विराटनगर-१ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन । उनिहरु मिति २०७३ साल असार २४ गते बाट फरार रहेका थिए । पक्राउ पश्चात उनिहरुलाइ जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
सुनसरी मंसिर १७ गते ।
सुनसरी भोक्राहा नर्सीङ गाँउपालिका-८ बस्ने १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज विहान पौने १० बजे भोक्राहा नर्सीङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी-२ का ३५ बर्षीय अनिल उराउ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
सुनसरी, मंसिर १७ गते ।
सुनसरीको दुहवी नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका-११ का २३ बर्षीय अनिल साहलाई अवैध लागुऔषध १०० एम.एल.को डाईलेक्स डि.सी.२४ वोतल, नाईट्राभेट २९१ ट्यावलेट, नाईट्रोसन १२० ट्यावलेट र स्पास्मोप्रोक्सिभोन १८३ क्याप्सुल सहित पक्राउ गरेको हो । पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सालकको खपटा सहित १ जना पक्राउ
भोजपुर, मंसिर १७ गते ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ बाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय ईच्छा कुमार राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
बिराटनगर, मंसिर १७ गते ।
मोरङ र पाँचथरमा मंगलवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका-९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो । यसैगरी पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
नवनिर्मित २ वटा प्रहरी कार्यालय भवनको उद्घाटन
ओखलढुङगा, मंसिर १७ गते ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको समुद्घटान भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।
२ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुबिधा सम्पन्न कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले सुबिधा सम्पन्न कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक कार्कीले गाँस बासको उचित ब्यबस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वाँहाले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहाना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
बिराटनगर, मंसिर १६ गते ।
प्रदेशका बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका- १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरका सह-चालक बुढिगंगा गाउपालिका-१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेकी बिराटनगर-१५ की ६० बर्षीया मनकामना झा घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।
यस्तै झापाको दमक नगरपालिका-४ तारावारीमा सोमवार दिऊँसो सवा १ बजे मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा बालक घाईते भएका थिए । घाईते भएका बालकलाई उपचारको लागी अरनिको अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमवार बेलुका साँढे ५ बजेको समयमा पाँचथरको रवीबाट तरकारी बोकेर ईलाम जाँदै गरेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रीत भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका-९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका-११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न रहेका ३ जना पक्राउ
झापा, मंसिर १५ गते ।
झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका छन् । आईतवार राती सवा ८ बजे सामान्य बादबिबादको बिषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यायले जनाएको छ ।
हराईरहेका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ
सुनसरी, मंसिर १५ गते ।
सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिए संगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो । बालकको शव फेला परे संगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै मृतक चौधरीको शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, मंसिर १५ गते ।
झापाको शिवसताक्षी नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका-४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य रहेका छन् । मे ५ प ५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैजनालाई रोकेर चेकजाँच गर्दा निजहरुको साथबाट २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको थियो । लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १३ बर्ष पछी पक्राउ
सुनसरी, मंसिर १४ गते ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय कृष्ण कुमार धामीलाई पक्राउ गरेको हो । पक्राउ परेका यी प्रतिवादी लगाएत अन्य साथीहरु समेतले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती-४ का सुनेर कुमार ठाकुरलाई सामान्य बादबिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो । घटना घटाई फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल मंसिर १२ गते उर्लावारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी -६ का ३२ बर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ
झापा, मंसिर १४ गते ।
झापाको भद्रपुर-४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन । बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु उपर थप अनुसन्धान भइरहेको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, मंसिर १४ गते ।
मोरङ सुन्दर हरैचा-७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान ८ बजे सुन्दर हरैचा-८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १-०१-००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए । घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई-१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना ३ जनाको मृत्यु
बिराटनगर, मंसिर १४ गते ।
मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
यसैगरी मोरङकै उर्लावारी नगरपालिका- ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ-९ का ४५ बर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम तामाङको राती सवा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
यस्तै झापाको अर्जुनधारा नगरपालिका-८ मा को १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १-०१-०१२- प ७१५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसालक चालक अर्जुनधारा नगरपालिका-५ का ३२ बर्षीय दिपक कुमार बुढाथोकीको उपचारको क्रममा राती साँढे ७ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
बिराटनगर, मंसिर १४ गते ।
सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर-४ का १९ बर्षीय पुष्कर थापा, भद्रपुर-५ का २६ बर्षीय मदन बि.क., हल्दिवारी गाउँपालिका-१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका-४ का २१ बर्षीय राजन माझीलाई ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन
सुनसरी, मंसिर १२ गते ।
अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र एक बिशेष समारोहका बिच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया बिकास कोष र स्थानीय जन सहयोग गरी जम्मा ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा पुर्व सांसद सर्व ध्वज साँवा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर वाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उप-महानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगाएत स्थानीयवासीहरुको उपस्थित रहेको थियो ।
जुवा तास खेल्ने ७ जना पक्राउ
मोरङ, मंसिर १२ गते ।
मोरङको उर्लावारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका-८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका-३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् । पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
उदयपुर, मंसिर १२ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-१३ जोगीपोखरीबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका-५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागुऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो । पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिराटनगर, मंसिर ११ गते ।
ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधका फरार प्रतिवादी तथा अवैध लागुऔषध, चोरी, तस्करीमा संलग्न मानिसहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरवन्दी भई इलाका प्रहरी कार्यालय बेलटार उदयपुरमा कार्यरत प्रहरी जवान बिबेक तामाङलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
मोरङ,मंसीर-१० गते ।
मोरङको बिराटनगर-१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection 350 pcs, Neoprate 5ml 200 pcs, Okeron -156 pcs, SucolSuccinyl choline Injection Ip 100 pcs लगायतका प्रतिवन्धित औषधीहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी बरामद गरिएको प्रतिवन्धित औषधीहरु र पक्राउ परेका नरेश यादव समेतलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने तर्फ आवश्यक कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर-१३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु बरामद गरेको छ । हिजो साँझ साढे ५ बजे विराटनगर-१३ हनुमान मन्दिर टोल स्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान तथा खाध्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट दुई जनाको मृत्यु
मोरङ,मंसीर-९ गते ।
मोरङको बिराटनगर-१३ कोशीप्रोजेक्ट स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर-१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवी प्रसाद अधिकारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ कहटरी -१ स्थित भित्रि सडक खण्डमा अटो चालकको मृत्यु भएको छ । आज दिउसो पौने ३ बजे को २ ह ५४९२ नम्बरको अटो चालक विराटनगर-२ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनि अटो बाट आफै लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ
सुनसरी,मंसीर-९ गते ।
सुनसरी कोशी गाउँपालिका-१ लौकही चोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कोशी गाउँपालिका-७ का १९ बर्षीय जुवेर आलम र सोही स्थानका अर्का १९ बर्षकै नियादुद्दिन मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले दुबै लाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट DIALEX-DC-४४ बोतल, SPASMO-PROXYVON २८८ क्याप्सुल र NITRAVET- १९९ ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
हतियार सहित एक जना पक्राउ
मोरङ,मंसीर-०९ गते ।
मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनाबाट दुई जनाको मृत्यु
मोरङ, मंसीर-०९ गते ।
मोरङ बेलबारी-७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे बेलबारी-४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १-०२-०४२प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाईकलमा रहेका अन्य तिन जना समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी मोरङ पथरी शनिश्चरे-२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९ बस्ने ३२ बर्षीय मुकेश प्रसाद पौडेल गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक संजय साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
झापा, मंसिर ०८ गते ।
झापाको कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजेको समयमा निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको हो । खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ
झापा, मंसिर ०८ गते ।
झापाको मेचीनगर नगरपालिका-७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार अपरान्ह ४ बजे लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे , निजको श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान-५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् । निजहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवायल ३ थान समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा, मंसिर ०८ गते ।
झापाको बिर्तामोड नगरपालिका-३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आईतवार साँझ सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका-६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.एण्ड.सी अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ६ बजे मृत्यु भएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
होटलमा आगलागी अन्दाजी २ करोड बराबरको क्षति
सोलुखुम्बु, मंसिर ०८ गते ।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ । २ तले पक्की घरमा संचालमा रहेको उक्त होटलमा आईतवार बिहान ९ बजे बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त आगलागी ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
अबैध रुपमा भित्र्याउन खोजिएको छालाको बेल्ट सहित महिला पक्राउ
मोरङ, मंसिर ०७ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट १०८ थान छालाको वेल्ट सहित तस्करी कार्यमा संलग्न १ महिला पक्राउ परेकी छन् । आज बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतिय बजारबाट अबैध रुपमा समान भित्र्याउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १०८ थान छालाको बेल्ट सहित पक्राउ गरेको हो । उक्त स्थानमा अन्य मानिसहरु समेत रहेको र समान नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी हुल हुज्जत गरेकोमा १ राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिईएको थियो । पक्राउ परेकी महिलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा घटनामा संग्लग्न अन्य मानिसहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अबैध हातहतियार सहित १ जना पक्राउ
मोरङ, मंसिर ०७ गते ।
मोरङको उर्लावारी नगरपालिका-६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । उक्त स्थानमा केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो । शेर्पाको साथबाट AUTO PISTAL USA लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका सेक्सन कमाण्डर रहेको खुल्न आएको तथा हाहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जुवा खेल्ने १६ जना पक्राउ
मोरङ, मंसिर ०६ गते ।
मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १,६९,६९५।–एक लाख उन्सत्तरी हजार छ सय पञ्चानब्ने रुपैयाँ, कौडा १६ थान, एक बुङ तास, मोबायल थान -१६, मोटरसाईकल -१९ वटा र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका-७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका-८ का ४४ बर्षीय सन्त ब.राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका-७ का २२ बर्षीय गणेश श्रेष्ठ रहेका छन् । पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ
उदयपुर, मंसिर ०५ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो । अटोबाट सालकको खबटा बरामद भएसंगै अटो चालक त्रियुगा नगरपालिका-१४ का ४१ बर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, मंसिर ०५ गते ।
झापाको मेचीनगर नगरपालिका-१५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । बा ३८ प ३८८५ नम्बरको मोटरसाईकलमा सवार रहेका निजहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट उक्त परिणामको नियन्त्रीत लागुऔषध ब्राउनसुगर , नेपाली रुपैयाँ ८१ हजार १ सय, भारतिय रुपैयाँ १ सय १० रुपैयाँ र मोवायल २ थान बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ
सुनसरी, मंसिर ०४ गते ।
सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका-६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका-१० बाट १ जनालाई पक्राउ गरेको हो । ईनरुवा नगरपालिका-६ बाट DIALEX-DC 100 ml को १४ बोतल, SPASMO-PROXYVON ८ क्याप्सुल, NITRAVET-10 लेखिएको १५ ट्याब्लेट, बिभिन्न कंपनीको मोबायल थान- ५ र प्रदेश १०-०२०४१ प ९२७ नम्बरको मोटरसाईकल थान १ सहित स्थानीय नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगर पक्राउ परेका हुन् । यसैगरी ईनरुवा नगरपालिका-१० बाट हरिनगर गाउपालिका-४ का २७ बर्षीय नौसाद अन्सारीलाई DIALEX-DC 100 ml को ३९ बोतल, SPASMO-PROXYVON ७२ क्याप्सुल, NITRAVET-10 लेखिएको ७७ ट्याब्लेट र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ
सुनसरी,मंसीर-४ गते ।
सुनसरीको बराहक्षेत्र-७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन । हिजो साँझ ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

दुर्घटनाबाट दुई जनाको मृत्यु
झापा,मंसीर-३ गते ।
झापाको बिर्तामोड -६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन । आज विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को ONE TEST मोटरसाईकल एक आपसमा ठक्कर खाई अनियन्त्रित हुँदा दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी ONE TEST मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते भएकोमा उनिहरुको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको साथै ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।

कार्य सम्पादन सम्झौता कार्यान्वयनको चौमासिक समीक्षा सम्पन्न
विराटनगर,मंसीर- ३ गते ।

आज १ नम्बर प्रदेश प्रहरी कार्यालयद्धारा आयोजित गरिएको कार्य सम्पादन सम्झौता प्रगती समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रम १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक-ईश्वर बाबु कार्की ज्युको प्रमुख आतिथ्यमा एक दिने उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक-राजेन्द्र प्रसाद चौधरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, जिल्ला प्रहरी कार्यालय झापा,मोरङ,सुनसरी,ईलाम,धनकुटा र उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरु र प्रदेश प्रहरी तालिम केन्द्र रानीका सह समादेशक प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबै कार्यालय प्रमुखहरूले चार महिनाको आ-आफ्नो कार्य सम्पादनको प्रगती विवरण सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । साथै सोही अवसरमा प्रहरी नायब महानिरीक्षक-ईश्वर बाबु कार्कीले कार्य सम्पादनको समीक्षा गर्दै देखिएका कमि कमजोरीलाई औल्याउदै सबैले आफ्नो स्थानबाट आत्म समीक्षा गरी जनमानसमा प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको थियो ।

निर्देशनकै क्रममा प्रहरी नायब महानिरीक्षक कार्कीले प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिवृद्धि २०७७ लाई अक्षरस पालना गर्न गराउन एवम संगठन प्रमुख