करेन्ट लागेर नाबालकको मृत्यु

झापा, जेष्ठ २६ गते ।

झापा बिर्तामोड-१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।