ठुलो परिमाणमा लागूऔषध गाँजा सहित २ जना पक्राउ

सुनसरी, चैत्र-२३ गते ।

सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखियालाई ठुलो परिमाणको लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ ।
चैत्र २१ गते बिशेष सुचनाको आधारमा कोशी गाउँपालिका ४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ के.जी. सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
पक्राउ गरिएका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।