ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

भोजपुर, चैत्र-२४ गते ।

भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् ।
सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे ८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाऊपालिका ६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाईते भई धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।