सवारी दर्घटनाबाट १ जनाको मृत्यु

मोरङ, चैत्र-२५ गते ।

मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउ स्थित पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
 
मंगलबार दिउसो १ बजे पश्चिम तर्फ जादै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश१-०२-०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रक सँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाईते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
 
ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।