कुटपिटबाट १ जनाको मृत्यु

सोलुखुम्बु, बैशाख १८ गते ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए ।
 
घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।