च्ट्याङ लागेर एकको मृत्यु

सुनसरी,बैशाख १८ गते ।

सुनसरी गढी-२ औरावनी बस्ने ६० बर्षीय रघुनाथ यादवको च्ट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको च्ट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।