करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

झापा कचनकबल-२ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।