पहिरोले पुरी चौपायको मृत्यु तथा क्षति

ओखलढुंगा,बैशाख-१८ गते ।

ओखलढुंगा चम्पादेवि गाँगपालिका-३ सिल्खुबेसी स्थितमा बर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायहरुको पुरिएर मृत्यु भएको छ भने ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
आज दिउँसो पौने ४ बजे बर्षाको कारणबाट पहिरो जादा चम्पादेवि-३ सिल्खुवेसीका हरि प्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको दुई वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मृत्यु भएको तथा ७ घरहरु जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।