लागुऔषध सहित २ जना पक्राउ

बिराटनगर, बैशाख १९ गते ।

धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-७ बाट धरान उपमहानगरपालिका-१९ का २३ बर्षीय भिमराज लिम्बु AVIL ४४ एम्पुल ,LUPIGESIC ३८ एम्पुल, DIAZELAB ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् ।
 
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-६ चुहाडेबाट त्रियुगा नगरपालिका-१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन -६० एम्पुल र सिरिन्ज -१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।