प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण

२०७९-०८-२०

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ । आज बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई  व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न  र सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकिय जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
साथै अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र दैविक बिपत्तिहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।  

जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण तथा निर्देशनको क्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला  तथा नेपाल प्रहरी रा.सु. तथा ट्रा.ब्य.का. इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो समेतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-१०-१९

झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो दमक-२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक-२ का२२ बर्षीय बिजय धिमालको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैया, ४ थान  मोवायल र  को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १-०२-०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण
२०७९-१०-१८

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले  समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्न प्रहरीले  समय समयमा लामो तथा छोटो गस्तिहरु खटाउने, ट्राफिक आवागमनलाई सहज बनाउने र  बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्नका साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र सेवाग्रहीसँग समान व्यावहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।

चोरीको सामान सहित १ जना पक्राउ
२०७९-१०-१८

सुनसरीको इटहरी उप-महानगरपालिका-६ को कविर माध्यमिक बिद्यालयबाट सोमबार ल्यापटप-२ थान र टि.भी-१ थान चोरी गरी तत्काल फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सि.सि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा हिजो दिउँसो १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समान सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको राईको ईलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०७९-१०-१८

झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ पर्नेहरुमा  बिर्तामोड नगरपालिका-९ का २२ बर्षीय अर्जुन आले र ३८ बर्षीय कृष्ण लिम्वुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ब्राउनसुगर  सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१६ स्थितमा भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा आउदै गरेका पैदल यात्री धरान-१३ का २० बर्षीय शुक्र भुजेल, २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो । यसै गरी उदयपुरको प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका-४ स्थितमा चेकजाँचको क्रममा बेलका नगरपालिका-३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।