प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् ।

हिजो राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो ।

अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
झापामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ३ जना घाइते ।
२०७८-०८-१७

झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशी घाईते भई बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिय गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेको छ ।यसैगरी हिजो दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका ७ ग्वालब्बा स्थितमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेनले  सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते मध्ये सोही स्थान बस्ने २८ बर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाईते सोही स्थान बस्ने १९ बर्षीया सम्झना रिसिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो भेन, चालक गौरादह ४ का ३० बर्षिय अशोक कुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ । घटना बारे  थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१७

लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप-महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका  १  का २३ बर्षीय सुरज कामत रहेका छन् ।  पक्राउ परेका दुवैजनालाई सम्मानित सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी हिजो कारागार चलान गरिएको छ ।लागूऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १ महिना २४ दिन कैद र रु.१ लाख जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सिदिकी र चोरी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु. १५०००/- जरिवाना भई  लगत नं.- ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो दिउसो ११ बजे फेला पारी पक्राउ गरि सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको थियो ।