प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास, नगद सहित ९ जना जुवाडे पक्राउ

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

झापाको दमक नगरपालिका ५ का  टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अबस्थामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।

हिजो बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तिन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०२-०६

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड-४ का ५२ बर्षीय टंक काफ्लेको मृत्यु भएको हो । सडकमा रोकीराखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडीको भागले ठक्कर दिंदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा चालक र ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी  मोरङको सुनवर्षी नगरपालिका-६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा घाईते भएका सुनवर्सी नगरपालिका-५ का ४५ बर्षीय राज कुमार सरदारलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

अबैध सुन सहित १ जना पक्राउ
२०७९-०२-०५

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट  ३४९.७०० ग्राम ( हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०१-२३

झापाको कनकाई नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्करलागि दुर्घटना हुँदा  घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा-६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा  थप अनुसन्धान गरीरहेको छ ।

आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते
२०७९-०१-२३

भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन ।  हिजो  बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा  निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती  मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको  सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा  कानुनि प्रकृया भईरहेको छ ।