प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित महिला पक्राउ

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीया सरिता वि.क. रहेकी छिन् । हिजो दिँउसो साढे ३ बजे लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वि.क.ले आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारे पश्चात उनलाई पक्राउ गरिएको छ । पक्राउ परेकी वि.क.को ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-१७

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।यसै गरी हिजै दउसो २ बजे १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै  १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 - ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-१५

मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।