प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झापामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ३ जना घाइते ।

२०७८-०८-१७

  • A
  • A-
  • A+
Share

झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशी घाईते भई बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिय गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेको छ ।
यसैगरी हिजो दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका ७ ग्वालब्बा स्थितमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेनले  सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते मध्ये सोही स्थान बस्ने २८ बर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाईते सोही स्थान बस्ने १९ बर्षीया सम्झना रिसिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो भेन, चालक गौरादह ४ का ३० बर्षिय अशोक कुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ । घटना बारे  थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
चट्याङ लागी युवा सहित बालिकाको मृत्यु
२०७९-०३-२२

उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साँढे ६ बजे  उदयपुरको चौदण्डीगढी-५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा  अचानक पानी सगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी-९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागी ७ बर्षीय सुजन तामाङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
२०७९-०३-२१

मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक -२० एम्पुल, एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र फेनरागन-२० एम्पुल बरामद गरेको थियो । यसरी लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते
२०७९-०३-२०

सुनसरीको भोक्राहा नरसिंह-५ मा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आईतवार बेलुका साढे ३ बजे  पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा  मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई  उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा  को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह-५ बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा  मृत्यु भएको र अन्य ३ जनाको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।