प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ३ जना पक्राउ

२०७८-०८-१९

  • A
  • A-
  • A+
Share

मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ का २४ बर्षिय राजु मोते भन्ने विवेक मोते बिराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन्  । यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-१७

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।यसै गरी हिजै दउसो २ बजे १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै  १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 - ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-१५

मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।