प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती बिष्णु माया राई मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरिरमा केही चोट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो ।

घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृतकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आत्महत्या तथा भवितव्य ‍बाट मृत्यु नभई कर्तब्यबाट हत्या भएको खुल्न आएसंगै मृतककै श्रीमान दिपन राईलाई पक्राउ गरिएको र निजले नै आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । राईले श्रीमतीसंग सामान्य बिषयमा बादबिबाद हुँदा आफ्नो रिशको आवेगलाई थाम्न नसक्दा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-१७

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।यसै गरी हिजै दउसो २ बजे १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै  १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 - ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-१५

मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।