प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आफ्नो पेशा प्रति गौरवान्वित हुन जरुरी -- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

२०७८-०९-१२

  • A
  • A-
  • A+
Share

आफ्नो पेशा प्रति गौरवान्वित हुन जरुरी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो । प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौबाट आजै पाल्नु भएका महानिरीक्षक थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा वहाँले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग समेत अन्तरक्रिया गर्नु भएको थियो । तत् पश्चार प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै वहाँले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्न निदेशण दिनु भयो । 

शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही गर्न समेत वहाँले निर्देशन दिनु भयो । अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ बिशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन समेत निर्देशन दिनु भयो ।

वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिनु भयो । यसका साथै COVID-19 को प्रभाव पुन दोहोरीन सक्ने तर्फ बिशेष ध्यान दिँदै  उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागी बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भयो । यसका साथै प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुसंग जिल्लाको समग्र सुरक्षा ब्यबस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
बसको ठक्करबाट १ जनाको मृत्यु
२०७८-१०-१०

सुनसरीको ईटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेका छन । हिजो साँझ ६ बजे  ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा  मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट  ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

धारीलो हतियार प्रहार गरी श्रीमतिको हत्या
२०७८-१०-०९

 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का ३२ बर्षीय कालु प्रसाद उराउलाई धारीलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको बिभिन्न भागमा प्रहार गर्दा चन्द्रकलाको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकहरीबाट प्रहरी टोली खटि कालु प्रसाद उराउलाई नियन्त्रणमा लिएको छ । निज कालु उराउ मानसिक रोगि भएको बुझिन आएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईहरेको छ ।

स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु, ३ जना घाईते
२०७८-१०-०९

ओखलढुङगा सिद्धिचरण नगरपालिका ३  असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । आज बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो ।सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो । घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोईराला, ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि  का ३० बर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ भने बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ बर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।

करेन्ट लागि १ जनाको मृत्यु
२०७८-१०-०७

मोरङको रतुवामाई नगरपालिका-९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । हिजो बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । निजलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।