प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०१-१४

  • A
  • A-
  • A+
Share

मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई  स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै  मृत्यु भएको  भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई  घटना सम्बन्धमा  थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार
अबैध सुन सहित १ जना पक्राउ
२०७९-०२-०५

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट  ३४९.७०० ग्राम ( हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

आफ्नै बुवा र आमाको हत्या गर्ने छोरा पक्राउ
२०७९-०१-२३

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका-६ का २५ बर्षीय आईतराज लिम्वुलाई आफ्नै बुवा र आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे पाँच बजे लिम्वुले आफनै ७० बर्षीय बुवा बीर्ख बहादुर लिम्वु र ७२ बर्षीया आमा थिपरानी लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । तत्काल घटनाको जानकारी पाए लगतै प्रहरी चौकी लेलेपबाट घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न छोरा आईतराज लिम्वुलाई खुकुरी सहित घरबाट नै नियन्त्रणमा लिएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०१-२३

झापाको कनकाई नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्करलागि दुर्घटना हुँदा  घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा-६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा  थप अनुसन्धान गरीरहेको छ ।

आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते
२०७९-०१-२३

भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन ।  हिजो  बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा  निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती  मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको  सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा  कानुनि प्रकृया भईरहेको छ ।