प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरित बालिकाको सकुशल उद्बार, अपहरणमा संग्लग्न २ जना पक्राउ

२०७९-०४-०४

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका-१ का दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संग्लग्न २ जना पक्राउ परेका छन् । श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी भन्ने खबर प्राप्त भएसंगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको थियो । १ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न बिराटनगर महानगरपालिका-६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खूले संगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुले संगै भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संग्लग्न बिराटनगर-५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना बिच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादव संग समेत चिनजान भएको थियो । दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरे संगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पुर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको तथा बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी,भान्टावारी र राजबिराज हुँदै  भारतको कुनौली  तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खूल्न आएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०४-३१

नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको समुद्घघान गर्नु भएको हो  । नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो । "रक्तदान जिवन दान" भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।  

पानिमा डुबेर बालक १ सहित २ जनाको मृत्यु
२०७९-०४-३१

मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका-६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका-३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।