प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०७९-०४-०५

  • A
  • A-
  • A+
Share

इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत  प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार
महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी साहसी टोल स्थित कच्ची सड्क खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो । पुरस्कृत भएका कुवरले लागुऔषध, चोरी लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार
रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०४-३१

नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको समुद्घघान गर्नु भएको हो  । नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो । "रक्तदान जिवन दान" भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।  

पानिमा डुबेर बालक १ सहित २ जनाको मृत्यु
२०७९-०४-३१

मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका-६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका-३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।