प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण सम्पन्न

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ अहोरात्र प्रहरी परिचालन गर्न र भारतिय काउण्टर पार्टस संग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो, जंगली जनावरको आक्रमणबाट बर्षेनि धेरै जनधनको क्षेति हुने गरेकोले यसको नियन्त्रणको लागि स्थानिय सरकार तथा अन्य सुरक्षा निकाय संग समन्वय गरी नागरिकको जीउ धनको सुरक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र  नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन  निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
फरार प्रतिवादी २ जना पक्राउ
२०७९-०८-१६

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का २८ बर्षीय देव भन्ने दिपक विश्वकर्मा र बुढीगंगा गाउँपालिका-२ का ३० बर्षीय मनिराम भन्ने मानिकचन्द्र ऋषिदेव रहेका छन । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । विश्वकर्मा चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०३।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र २५ हजार जरिवाना र सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०३।१३ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए भने ऋषिदेव चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७।११।०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ११ दिन कैद र २ हजार जरिवाना भई बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागी मोरङ कारागार पठाएको छ ।

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु
२०७९-०८-१६

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भद्रपुर नगरपालिका-७ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०१-००१ प १०७७ नम्वरको टिफरले साईकल यात्री स्थानिय अजय ऋषिदेवको ११ बर्षीया छोरी शिल्पा ऋषिदेवलाई ठक्कर दिदा घाईते भएकि ऋषिदेवको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती साढे ९ बजे दमक नगरपालिका-९ स्थित पुर्व पश्चिम लोकमार्गमा प्रदेश १-०१-०१६ प ८९९ नम्वरको मोटरसाईकलले पैदल यात्री माई नगरपालिका-१० इलामका ४७ बर्षीय गोपाल राईलाई ठक्कर दिदा घाईते भएका राईको थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा बा.१ प १४४० नम्वरको हायसले प्रदेश १-०२-०४५ प ५५७८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक इनरुवा नगरपालिका-३ का ३५ बर्षीय राज कुमार शर्माको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने भोक्राहानरसिंह गाउँपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा को.१ च ९०७७ नम्वरको पिकअपले को. ७ प ४५९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सप्तरी राजबिराजका २४ बर्षीय सुजित कुमार  यादवको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०८-११

मोरङ र झापाको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार  बिहान ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ जय चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रदेश १-०२-००४० प  ७७८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ बर्षिय मनिहाङ लिम्बुको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका-९ स्थित भित्री सडक खण्डमा धान बोकेको प्रदेश १-०१-००१ त ८४८९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका बिर्तामोड-९ का ७२ बर्षीय बुद्धिराज श्रेष्ठ घाईते भई उपचारको लागी B&C अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुराउन साथ मृत्यु भएको थियो । दुर्घटनामा संलग्न रहेका ट्रयाक्टर चालक ज्ञान बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०८-११

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।  सम्मानित सुनसरी जिल्ला अदालतको  मिति २०७९|०३|१७ गतेको फैसला आदेशले हात-हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप-महानगरपालिका ६ का ३२ बर्षिय मनि तामाङ्, २९ बर्षिय सिद्धार्थ राई, ४२ बर्षिय राम बहादुर योन्जन र ३४ बर्षिय शम्भु दाहाललाई खोजतलास गर्न क्रममा   गाउघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि सुनसरीको झुम्का कारागार पठाईएको छ ।