प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फलामको मुस्ली प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ

२०७९-०४-१८

  • A
  • A-
  • A+
Share

आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका छन् । उनले हिजो बिहान बाबु ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई भागी फरार भएका थिए । घाईते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै बिहान सँवा ७ बजे  मृत्यु भएको थियो ।

वारदात पश्चात फरार रहेका निज प्रतिवादी टंक बहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरि खोजतलास गर्दै जाँदा हिजै राती साढे ९ बजे तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा सम्मानित तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  

सम्बन्धित समाचार
रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०४-३१

नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको समुद्घघान गर्नु भएको हो  । नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो । "रक्तदान जिवन दान" भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।  

पानिमा डुबेर बालक १ सहित २ जनाको मृत्यु
२०७९-०४-३१

मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका-६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका-३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।