प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्याको घटनामा संग्लग्न २ जना पक्राउ

२०७९-०६-०५

  • A
  • A-
  • A+
Share

सुनसरीको धरान उप-महानगरपालिका-२० की ६४ बर्षीया पुर्णसरी रईको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । भदौ २९ गते दिउँसो राई आफ्नै घरमा मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनसन्धानको क्रममा राईको शरिरमा धारिलो हतियारले काटिएको पाएसंगै हत्याको आशंकामा सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटना भएको केही दिनमा घटनामा संग्लग्न २ जनालाई पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान (RIT) समुह, संघिय प्रहरी ईलाका कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा परिचालन भएको प्रहरी अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका धनकुटाको सागुरीगढी गाउँपालिका-०८ ढुङ्गेका १८ बर्षीय निखिल भन्ने नकुल राई रहेको खुले संगै राईलाई असोज २ गते बिराटनगरको रानीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा उक्त घटनामा भोक्राहा नर्सीङ गाउँपालिका - ६ का २० बर्षीय रन्जित कुमार साहको संग्लग्नता रहेको खुले संगै साहलाई समेत पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका राईले पुर्णसरी राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको र राईले लगाएको सुनको सिक्री तथा कुन्डल समेत लुटेर लगेको खुल्न आएको छ। उक्त लुटेको सुनका गहना  रन्जित कुमार साहको घरमा लुकाई छिपाई राखेको अवस्था बरामद भएको थियो । यसरी हत्या आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी २ जना पक्राउ
२०७९-०८-१६

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का २८ बर्षीय देव भन्ने दिपक विश्वकर्मा र बुढीगंगा गाउँपालिका-२ का ३० बर्षीय मनिराम भन्ने मानिकचन्द्र ऋषिदेव रहेका छन । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । विश्वकर्मा चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०३।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र २५ हजार जरिवाना र सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०३।१३ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए भने ऋषिदेव चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७।११।०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ११ दिन कैद र २ हजार जरिवाना भई बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागी मोरङ कारागार पठाएको छ ।

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु
२०७९-०८-१६

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भद्रपुर नगरपालिका-७ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०१-००१ प १०७७ नम्वरको टिफरले साईकल यात्री स्थानिय अजय ऋषिदेवको ११ बर्षीया छोरी शिल्पा ऋषिदेवलाई ठक्कर दिदा घाईते भएकि ऋषिदेवको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती साढे ९ बजे दमक नगरपालिका-९ स्थित पुर्व पश्चिम लोकमार्गमा प्रदेश १-०१-०१६ प ८९९ नम्वरको मोटरसाईकलले पैदल यात्री माई नगरपालिका-१० इलामका ४७ बर्षीय गोपाल राईलाई ठक्कर दिदा घाईते भएका राईको थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा बा.१ प १४४० नम्वरको हायसले प्रदेश १-०२-०४५ प ५५७८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक इनरुवा नगरपालिका-३ का ३५ बर्षीय राज कुमार शर्माको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने भोक्राहानरसिंह गाउँपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा को.१ च ९०७७ नम्वरको पिकअपले को. ७ प ४५९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सप्तरी राजबिराजका २४ बर्षीय सुजित कुमार  यादवको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०८-११

मोरङ र झापाको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार  बिहान ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ जय चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रदेश १-०२-००४० प  ७७८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ बर्षिय मनिहाङ लिम्बुको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका-९ स्थित भित्री सडक खण्डमा धान बोकेको प्रदेश १-०१-००१ त ८४८९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका बिर्तामोड-९ का ७२ बर्षीय बुद्धिराज श्रेष्ठ घाईते भई उपचारको लागी B&C अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुराउन साथ मृत्यु भएको थियो । दुर्घटनामा संलग्न रहेका ट्रयाक्टर चालक ज्ञान बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०८-११

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।  सम्मानित सुनसरी जिल्ला अदालतको  मिति २०७९|०३|१७ गतेको फैसला आदेशले हात-हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप-महानगरपालिका ६ का ३२ बर्षिय मनि तामाङ्, २९ बर्षिय सिद्धार्थ राई, ४२ बर्षिय राम बहादुर योन्जन र ३४ बर्षिय शम्भु दाहाललाई खोजतलास गर्न क्रममा   गाउघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि सुनसरीको झुम्का कारागार पठाईएको छ ।