प्रहरी कार्यालय
झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड-४ का ५२ बर्षीय टंक काफ्लेको मृत्यु भएको हो । सडकमा रोकीराखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडीको भागले ठक्कर दिंदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा चालक र ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका-६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा घाईते भएका सुनवर्सी नगरपालिका-५ का ४५ बर्षीय राज कुमार सरदारलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम ( हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुदा १ जनाको मृत्यु भएको छ । आज दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि दुर्घटना हुदा घाईते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका-७ बिगुटारका २२ बर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका-६ का २५ बर्षीय आईतराज लिम्वुलाई आफ्नै बुवा र आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे पाँच बजे लिम्वुले आफनै ७० बर्षीय बुवा बीर्ख बहादुर लिम्वु र ७२ बर्षीया आमा थिपरानी लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । तत्काल घटनाको जानकारी पाए लगतै प्रहरी चौकी लेलेपबाट घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न छोरा आईतराज लिम्वुलाई खुकुरी सहित घरबाट नै नियन्त्रणमा लिएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।
ईलाम, २०७९ बैशाख २३ गते ।ईलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडी १ जनाको मृत्यु भएको छ । हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका वारा जितपुर नगरपालिका-५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।
भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।
धनकुटाको साँघुरीगढी गाउँपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो राती पौने १२ बजे साँघुरीगढी-३ कुशेटारबाट घर फर्कदै गरेका स्थानिय ३८ बर्षीय इन्द्र बहादुर याखाले चलाएको को.२८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा याखाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको कनकाई नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्करलागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा-६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका-१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका-८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् । राईले नियन्त्रीत लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका -८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे संगै अनुसन्धानको क्रममा रिमाल संग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुले संगै निजलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी देउमाई नगरपालिका-७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका -७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र निजकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुले संगै दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
संखुवासभाको मादी मुलखर्क नगरपालिका-३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकककै आमाले देखि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका-७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-१६ का रुपक श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका-३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक-७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल बरामद गरेको हो यसै गरि सुनसरीको बराहक्षेत्र-४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज-४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल क्यापसुल ११०० वटा बरामद गरेको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।
तेह्रथुमको लालिगुरास नगरपालिका-४ बसन्तपुरबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउसो बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ ।
झपाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन-२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको हरीनगरा गाउँपालिका-४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज दिउसो ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४९ बर्षीय प्रदिप साह घाईते भएका थिए । घाईते भएका साहलाई उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक बिराटनगर-१ का ३३ बर्षीय मोहमद रेम अंसारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
संखुवासभाको पाँचखपन नगरपालिका-३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले तप अनुसन्धान गरिरहेको छ ।
धनकुटाको चौबिसे गाउँपालिका-५ का ४५ बर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । शाहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवायल सेट ७ थान समेत बरामद गरेको छ । यसैगरी बिर्तामोड नगरपालिका-४ को एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधवार अपरान्ह ४ बजे ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साँढे ११ बजे स्थानिय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा घाईते भएका थिए । घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमानै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरीरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७- च २२६६ नम्बरको कारले पुर्वबाट हाईवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा मोटरसाईकल चालक बुढिगंगा-२ बगवनका ३० बर्षीय शोभा राजवंशी घाईते भएका थिए । घाईते भएका राजवंशीको उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर-७ का २९ बर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको रतुवामाई नगरपालिका-३ स्थित नेपाल भारत सिमा छेउबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका -४ का ५३ बर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका सिलवानको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट २ जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक संचालन गरी चेकाजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बैशाख १२ गते २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको श्री राम पाईल्स क्लिनिकका संचालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका संचालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ बर्षीय सनोड मण्डल रहेका छन् । उनीहरुले बिगत केही समय देखी आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक संचालन गर्दे आएका थिए । यसरी अबैध रुपमा क्लिनिक संचालन गरी आम नागरीकहरुको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्री सहित पक्राउ गरेको तथा मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङको ग्रामथान गाँउपालिका-४ कटहरी स्थितबाट जुवा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा कौडा र नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको चौदण्डिगढी नगरपालिका-६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७३७५ साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा बरामद गरी राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिभिन्न स्थानहरुबाट ठूलो परिमाणमा बिभिन्न किसिमका अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान महानगरपालिका-१९ साम्पाङ चौकबाट फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसालाले २ बर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैया जरीवाना भई फरार रहेका सोहि स्थानका ४६ बर्षीय यज्ञ बहादुर खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले गाँउ घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकापा-४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन । हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका-१ चतरा ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरान घोपा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र-१ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट २ जना र मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट १ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० स्थित राजमार्गमा WB 74Y 7782 नम्वरको स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक मेचीनगर-६ का ३२ बर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ बर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध NITROSUN-10 ९५-चक्की र Pyeevon Spas plus २०८ क्याप्सुल फेला परेको हो । यसै गरी आज बिहान सवा १० बजे काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका-२ काठमाण्डौका ३९ बर्षीय मोहन बहादुर पाईजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।
मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोन्ध्रा खोलामा डुवी एक युवकको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानिय ३० बर्षीय बसन्त माझी लोन्ध्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राती साढे १० बजे को.२त २८३२ नम्वरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका पैदल यात्री रतुवामाई नगरपालिका-९ का ४२ बर्षीय दिनेश भण्डारीलाई तत्काल उपचारको लागि स्थानिय मदन भन्डारी अस्पताल तथा ट्मा सेन्टर मंगलवारे पुर्याउना साथ मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक पथरीशनिश्चरे-२ का अमृत लिम्वुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका-२ का ३६ बर्षीय राजु महर्जन रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र नाईट्रोसन २० चक्की बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका महर्जनको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपाल सरकार गृहमन्त्रालयको मिति २०७८/१२/३० गतेको पत्रले प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनु भई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा सरिक हुन जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद चौधरीलाई १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पदोन्नति तथा बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद चौधरीलाई प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि.सी.ले बधाई तथा शुभकामना दिनु हुदै मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
झापाको बाह्रदशी-३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश२-०३-१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी-२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा कुटपिटबाट १ महिलाको मृत्यु भएको छ । बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो । यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउदै गरेका सुनसरी दुहबी नगरपालिका-६ का १७ बर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बिराटनगर-७ का २८ बर्षीय गणेश बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुल सहित सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका-८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । नहरमा खसि मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
मोरङको बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-९ का ४० बर्षीय मो.ताहिर अन्सारी र सोहि स्थानका २९ बर्षीय मो. आलम रहेका छन् । सोमबार बिहान ९ बजे बिराटनगर महानगरपालिका-७ मा पार्किङ गरी राखिएको को ४ प ९७२५ नम्बरको टि.भि.एस.कम्पनिको मोटरसाइकल चोरी गरी भारत तर्फ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरेको हो पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-१९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धमा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईको खोज तलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।
सुनसरीको रामधुनि-५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउँसो पौने १२ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का-३ का २८ बर्षीय अर्जुन ऋषिदेब र सोहि स्थानका २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएको र उपचारको लागि ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो । ट्याक्टरबाट लडि घाईते भएका ऋषिदेवको उपचारको क्रममा सोहि अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको हो । चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको रतुवामाई नगरपालिका-९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका-९ का २० बर्षीय बिबेक घिमिरेलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।
झापाको भद्रपुर नगरपालिका-७ का ५५ बर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका-५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका-६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन । बैशाख २ गते दिउँसो साथीहरुसंग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका-७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो । मृतक राई स्वच्छन्द निर्णण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक-५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर-तेह्थुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टको ठक्करबाट बृद्धको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ-५ का ८१ बर्षीय मान बहादुर राईठक्कर दिदा घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ-५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका- ८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ स्थितमा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धन बिर बराल रहेका छन । आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरी कर्मचारीहरुलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी दमक तथा ईटहरीमा बिष्फोटन जन्य पदार्थहरु राखी आम नागरीहरुलाई आतंकित बनाउने समुहलाई पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रदेश प्रहरी कार्यालयको RIT समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार गुणराज अधिकारीलाई २०७८ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ । पुरस्कृत प्रहरी द्धयले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै मिति २०७८।१०।०९ गते झापा जिल्लाको विर्तामोड बस स्टेण्डमा, १३ गते झापा जिल्लाको दमक शिवान चर्चमा “हिमाल सुरक्षा परिषद” का पर्चाहरु सहित सर्वसाधारणलाई त्रसित बनाउन बिष्फोटक पदार्थ प्रेशर कुकर बम राखेको र मिति २०७८।१२।१४ गते राती सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित अमित श्रेष्ठको घर कोठामा अन्यत्र बिष्फोटन गराउने उदेश्यले विष्फोटक पदार्थ लुकाई छिपाई राखेको अवस्थामा विष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानबाट खुलेका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरुको पहिचान गरी निजहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । यसरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई RIT समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र इलाका प्रहरी कार्यालय झापा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा स्थानीय मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी आज बिहान ८ बजे शुभसाईतमा पुजा गर्ने क्रममा पुजारी स्थानीय ६५ बर्षीय गोपाल ढुङगानालाई माटोको ढिस्कोले पुरेको थियो । माटोमा पुरिएका ढुङगानालाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी समेतको सहयोगमा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको दमक नगरपालिका-४ जनचेतना टोल स्थितमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ बर्षीय सुजन बि.क. ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईते भएका बि.क.लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा हिजो दिउँसो सवा १ बजे बजे मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई सवारी धनी मोरङ उर्लाबारी-५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका-४ का दिपेन कुरकोटीलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर-१६ स्थितबाट ४ लाख ९ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापाको अर्जुनधारा नगरपालिका-४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनि स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-६ का ६४ बर्षीय देवी प्रसाद तामाङ र ३२ बर्षीय मणि कुमार तामाङलाई कुटपिट गरी ब्यक्ती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत चैत्र ३० गते राती पौने १० बजेको समयमा स्थानीय देवी प्रसाद तामाङ र ४१ बर्षीय गणेश भनिने मान बहादुर तामाङ विच सामान्य बादबिबाद भई झै-झगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवी प्रसादका छोरा ३२ बर्षीय मणी कुमार तामाङले मान बहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए । घाईते मान बहादुरलाई उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बैशाख ३ गते बिहान मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बैशाख ३ गते नै पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका-२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो । यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका-५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पो चालक धरान-१३ का ३५ बर्षीय खडग बिश्वकर्मा रहेका छन । आज बिहान ७ बजे धरानबाट तेह्रथुम तर्फ जाँदै गरेको को.१ख४४८० नम्वरको बस र भेडेटारबाट धरान तर्फ आउदै गरेको को.२ ह ७०४१ नम्वरको टेम्पो एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा टेम्पो चालक बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको र टेम्पोमा सवार ताप्लेजुङ लिखुम-२ कि १५ बर्षीया उषा लिम्वु घाईते भएकिमा धरान घोपामा उपचार भईरहेको छ भने बस चालक धरान-१३ का गोबिन्द कटुवाललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइ दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित लिखु खोलामा डुबी बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे चम्पादेबी-२ का भोज बहादुर मगरको ९ बर्षीया छोरी अन्जुली मगर घर नजिकै रहेको लिखु खोलामा साथीहरु संग नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुर कटारी नगरपालिका ३ हडियाका सुर्य बहादुर थापाको ७ बर्षीय छोरा शेर बहादुर थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिउसो ३ बजे सोही स्थानमा रहेको तावा खोलामा उनकै दाजु ११ बर्षीय कृष्ण थापासंगै पौडी खेल्ने क्रममा हराई बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको खोज तलासको क्रममा राती पौने ८ बजे मृत अबस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर चौदन्डी नगरपालिका ७ बेलटार का १९ बर्षीय आषिश चाम्लिङ राई र २० बर्षीय भबी राई रहेका छन् । हिजो बेलुका ४ बजे भरतबाट नेपाल आउदै गरेका उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले फेरागन १२ एम्पुल, एभिल १२ एम्पुल , लुपिजेसिक १२ एम्पुल र डाईजेलेप १२ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको ग्रामथान गाउँपालिका वडा नं.५ ककरमारी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीया केवादेवी चौधरी रहेकी छन् । हिजो राती साढे ७ बजे बिराटचौक घिनाघाट सडक खण्डमा दक्षिणबाट उतर तर्फ जादै गरेको को ३७ प ६३४१ नम्बरको मोटरसाईकले ठक्कर दिँदा गम्भिर घाईते भएकी चौधरीको बिराट नर्सिङहोम विराटनगरमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र चालक सोही स्थान ६ बस्ने ३० बर्षीय रबिन तबदार ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । आज बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय बिराटनगर आउदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको र प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिला प्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो भने प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
श्रोत नखुलेको भारतिय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतिय नागरिक ३७ बर्षीय अभिनास मुखिया, २९ बर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका-१ सुनसरीका ३८ बर्षीय सुरज ऋषिदेव र ३८ बर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गत २८ गते दिउँसो बिराटनगर-१५ वाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतिय रुपैयाँ तिन लाख आठ हजार पाँच सय बरामद गरेको छ । श्रोत नखुलेको अबैध भारतिय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भोजपुरको अरुण गाउँपालिका-१ रातमाटेमा भरुवा बन्दुक चलाउदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे सोहि स्थानका ४७ बर्षीय सुर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउदा आफ्नै पेटमा लागी घाईते भएको भन्ने स्थानियले खबर गर्नासाथ प्रहरी चौकी प्याउलीबाट टोली खटिगई उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
झापाको मेचिनगर नगरपालिका-६ बाट अबैध सामान सहित १ जना पक्राउ परेका छन् । हिजो दिउँसो साढे ११ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको RJ 18 GB 3721 नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा उक्त कन्टेनरमा अबैध रुपमा नेपाल ल्याउँदै गरेको २० लाख बराबरको बिस्कुट बरामद भएको थियो । अबैध रुपमा बरामद भएको बिस्कुट, कन्टेनर र कन्टेनर चालक भारतिय नागरीक २२ बर्षीय सिशराम गोर्सी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकड्भिट्टामा बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जेलिङका २४ बर्षीय नन्दन बर्मन रहेका छन । हिजो बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेका बर्मनलाई शंका लागि शरिर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ स्थित भोजपुर-मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रामप्रसादराई गाउँपालिका-७ का २० बर्षीय जेबि राई घाईते भई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको जहदा गाउँपालिका-१ लंकाटोलबाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३२ बर्षीय मुन्ना मल्लाह रहेका छन् । २६ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो । गाजा सहित पक्राउ परेका मल्लाहलाई ईलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका-५ मा पानीमा डुबि बालकको मृत्यु भएको छ। हिजो दिउँसो १२ बजे सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबि मृत अवस्थामा परीवारले फेला पारेको थियो। ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना बिच पदोन्नति हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सु-शोभन गरीएको छ। प्रहरी प्रधान कार्यालयको बिभिन्न मितिको पत्रले प्रहरी बरिष्ठ नायब निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका ७७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख बि.सि.ले पदोन्नति हुनु हुने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्नु हुदै पदोन्नतिले थप जिम्मेवारी बढेको अवगत गराउदै आफ्नो कर्तब्य जिम्मेवारीका साथ निर्वाह गर्न समेत निर्देशन दिनु भयो । सु-शोभन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ८ बजे पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बिर्तामोड-२ का २९ बर्षीय सम्यम बजगाईको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका-७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ४ बजे उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउपालिका-४ का २६ बर्षीय प्रताप खड्काले बिधुतको नाङ्गोतारमा छुन पुगी करेण्ट लागि भएकोमा तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । चालक उदयपुर त्रियुगा नगरपालिका-१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
झापाको गौरादह नगरपालिका-५ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षीया मन माया थापा रहेकि छन । आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना.२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका-१ का २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्याल पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको हो
२०७८ सालको चैते दशैको शुभअवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा बिधिवतरुपमा सम्पन्न भएको छ । आज बिहान ०७३१ बजेको शुभ साईतमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतित्थ्यतामा मौलो पुजा बिधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको हो । १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानीको प्राङ्गणमा भएको मौलो पुजामा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । बिशेष सुचनाका आधारमा हिजो राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचिनगर नगरपालिका -६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् । हिजो दिउसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले टोलीले चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका रायमाझिको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी-४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको सहकार्य र १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा संचालन भएको स्वास्थ्य शिविरमा हाड जोर्नी, स्त्री रोग तथा नाक, कान, घाँटी सम्वन्धी समस्या भएका प्रहरी कार्मचारी तथा परिवारहरु लाभाम्वित भएका थिए । शिविरमा १ नम्वर प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालय समेतका प्रहरी कर्मचारी तथा प्रहरी परिवारहरु समेत गरी १३५ जनाको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य शिविर संचालनमा उपस्थित बिशेषज्ञ डाक्टहरुको टोलीलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले स्वागत गर्दै २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ्य भएमा मात्र आम नागरीकोहरुको सुरक्षामा प्रभावकारी भुमिका रहने हुँदा यस्ता कार्यक्रमले मनोवल उच्च रहने बिश्वास ब्यक्त गर्नु भयो । साथै स्वास्थ्य शिविरमा उपस्थित बिशेषज्ञ चिकित्सकहरुलाई बिशेष धन्यवाद दिनु हुदै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा आफ्ना छोटो भनाई राख्नु हुँदै पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाईरेक्टर डा. बिरेन्द्र कुमार यादवले कुनै पनि रोगहरुलाई शुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरै जसो रोगहरुबाट बच्न सकिने हुँदा ब्यस्त समयका बाबजुद समय समयमा स्वास्थ्य संस्था सम्म पुगेर चेकजाँच गर्न असमर्थ प्रहरी कर्मचारीहरुलाई यस्ता कार्यक्रम बिशेष प्रभावकारी रहने हुँदा बिशेष गरेर प्रहरी कर्मचारीहरुलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनु भयो । साथै वहाँले क्यान्सर सम्बन्धी रोग लागेका प्रहरी कर्मचारी तथा पुर्व प्रहरी कर्मचारीहरु समेतलाई सम्बन्धित कार्यालयको सिफारिसमा सर्व सुलभ तरिकाले उपचार गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
झापाको दमक नगरपालिका-१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा गर्ने झापा दमक नगरपालिका-८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको बेलका नगरपालिका-६ कि १६ बर्षीया कबिता सुनुवारको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन । चैत्र २२ गते बिहान बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको लाश फेला परेको भनि जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी निरीक्षक सहितको टोलीले बेलका नगरपालिका-६ का कृष्ण सुनुवारको १६ बर्षीया छोरी कबिता सुनुवार भएको सनाखत भए संगै हत्याको आरोपमा बिनोद ढकाल र १७ बर्षीया बालिकालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ बर्षीया आरोपित बालिका कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आघात पुर्याउने गरेको हुँदा रिसिईवी राखि मार्ने योजना बनाएकोमा चैत्र २२ गते मंगलवार बिहान ४ बजेको समयमा SEE तयारी कक्षाको लागि तिनैजना संगै बिद्यालय तर्फ जादै गर्दा बाटोमा निजकै दाजु नाता पर्ने बिनोद ढकालले लुकाई बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्रहार गरी घाईते बनाएको र ढुङगाले समेत प्रहार गरी कर्तव्य गरी मारी मृतक लाशलाई घिसार्दै यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक लाश फालेको खुल्न आएको हो ।घटनामा आरोपित १७ बर्षीया बालिका र प्रतिवादी बिनोद ढकाल समेतलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ ।
झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भईरहेको छ ।
झापाको बुद्धशान्ति गाँउपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार सोहि स्थानकी ३८ बर्षीया शान्त सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका-६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको धनपालथान गाउँपालिका-३ डकुवा डाँडा स्थित रहेको ABC ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारको लागी कोशी अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको ईनरुबा नगरपालिका-६ मधेशा स्थित नहरको पानीमा डुबि १ जना बृद्दको मृत्यु भएको छ । आज दिउसो पौने १२ बजे ६० बर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी-१० का १९ बर्षीय पिलिज बि.क.लाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भई उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरीरहेको छ ।
भोजपुरको पौवादुङमा गाँउपालिका-२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबि बालकको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोको पानीमा डुबेका थिए । अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भई रहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी १९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । सोही मोटरसाईकलमा सवार अन्य २ जनाको सोहि अस्पतालमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ चेराखु बस्ने जिवन राईको ५ बर्षीया छोरी पबित्र राईको खोलामा डुबेर मृत्यु भएको छ । आज बिहान १२ बजेको समयमा घर नजिकै रहेको बर्खु खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरीको ईटहरी-१८ नयाटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा सवारी दुर्घटना हुदा १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षीया मेहरुन खातुन रहेकी छिन् । आज बिहान पौने ६ बजे कान्छीचोक बाट चतरा तर्फ बिद्यार्थी लिन जादै गरेको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले पैदल हिडिरहेकी खातुनलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय पकलिबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा ६ का ३६ बर्षीय प्रेम कुमार सार्कीलाई नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा पिकअपको ठक्करबाट १ जनाको मृत्यु र १ जना घाईते भएका छन । हिजो बिहान साढे पाँच बजे प्रदेश १-०१-००१ च ९१०७ नम्वरको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा पैदल यात्री अर्जुनधारा-६ का ५३ बर्षीय कृष्ण निरौलाको घटना स्थलमै मृत्यु भएको हो भने घाईते भएका बिर्तामोड नगरपालिका-५ का ४५ बर्षीय अर्जुन उप्रेतीको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र सह-चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ मा हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बि.क.को उपचारको क्रममा बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी झापाको गौरादह नगरपालिका-१ मा हिजो बेलुका पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाईकल सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा ठोक्किदा मोटरसाईकल चालक स्थानीय ३६ बर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङको सिरिजंघा गाँउपालिका-२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो राति पौने ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ
झापाको दमक नगरपालिका -२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउसो साढे २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खेल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि मृत अवस्थामा पानीबाट बाहिर निकाली घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ भने ओखलढुङगा खिजिदेम्बा गाँउपालिका-७ कि ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भऐकिमा खोज तलासको क्रममा हिजो बिहान ११ बजे खिजिदेम्बा-७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि हुदा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका-२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न निज लक्ष्मी देवी थापा सहित ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी देवी थापा, निजको छोरा १८ बर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका-७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका-८ झापाका ४३ बर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन । चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा बम बिष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पताल पठाई अनुसन्धान सुरु गरेको थियो । घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी)लाई इटहरी-२ स्थितमा लुकुछिपि बसेको अवस्थामा र घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते पक्राउ गरेको हो भने उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते पक्राउ गरेको हो ।प्रहरीले घटना स्थलबाट बिष्फोट पश्चात क्षेति भएका समानहरुको अवशेष र पक्राउ परेका ब्यक्तिहरुबाट CFN लेखिएको सानो, ठुलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको IME रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवायल ५ थान समेत बरामद गरेको हो ।पक्राउ परेकाहरुको सम्मानित जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-६ र मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका झापा कन्काई नगरपालिका-३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को.२५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपाल तर्फ आउदै गरेका सुनसरी इटहरी-४ का ४० बर्षीय राजेन्द्र के.सि.लाई ७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिशको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको सोही कारणले राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका-४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका-५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०१-००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको रामधुनी नगरपालिका-६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका-६ का वडा सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठलाई उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भएका मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोर कुमार माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको हो । यसैगरी झापाको बुद्ध शान्ति गाऊँपालिका-१ मा दक्षिणबाट उत्तर तरफ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बुद्धशान्ति गाउँपालिका-४ का २५ बर्षीय अन्जन फागोको उपचारको क्रममा झापाको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित भवनको १ नम्वर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । आज बिहान पौने ९ बजे आयोजित एक कार्यक्रम बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नव-निर्मित कार्यालय भवन, ब्यारेक, भन्साघर तथा शौचालयको मन्त्री कार्कीबाट समुदघाटन सु-सम्पन्न भएको हो । समुदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले सरकारले सुरक्षा कर्मीको सुरक्षा गरेमा सुरक्षा कर्मीले आम नागरिकहरुको सुरक्षा गर्न आत्मवल बढ्ने हुँदा सुरक्षा कर्मीहरुको गाँस, बास र कपासमा ध्यान दिनु सरकारको दायित्व रहेको बताउनु भयो । कार्यक्रममा मन्त्री कार्कीले जग्गा दाता तथा निर्माण कार्यमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई प्रसंसा पत्रद्वारा सम्मान प्रदान गर्नु भएको थियो । कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनहित अनुसारको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुब्र कुमार शिवाकोटी, १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव काली प्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, चारआली स्थित नेपाली सेनाको श्री नँया श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल, बिभिन्न कार्यालय, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि, स्थानिय बुद्धिजिवि, समाजसेवि तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।१ नम्वर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।
उदयपुरको उदयपुरगढी गाउँपालिका-१ स्थितमा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जली मृत्यु भएकि छन् । हिजो बेलुका ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगोलागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जली मृत्यु भएको हो । उक्त आगो फैलिई नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगर समेतको घर आगलागिबाट जली नष्ट भएको हो । आगोमापरी बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जली मृत्यु भएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा राती साढे ८ बजे नियन्त्रण गरिएको हो भने आगलागिबाट अन्दाजी १ करोड २१ लाख बरावरको क्षेति भएको र आगोलागिको घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन । हिजो दिउँसो २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालक सहित १४ जना घाईते भएकोमा उपचारको लागि बिभिन्न अस्पतालहरुमा पठाइएकोमा ओखलढुंगा सुनकोशी गाउँपालिका-४ का ५४ बर्षीय खेम बहादुर कार्कीको बिर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो ।ओखलढुंगा मोलुङ-२ का २४ बर्षीय एकराज दाहाल र ३० बर्षीया पार्वता पोखरेलको बिराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको छ भने कटारी अस्पतालमा उपचारार्थ रहेका १० जना घाईतेहरु उपचार पश्चात डिष्चार्ज भईसकेका छन । गाडी चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-१ का २४ बर्षीय सञ्जिब घिमिरेलाई सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको बेलवारी नगरपालिका-४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ झापाका २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका-१ महोत्तरीका ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी-५ सुनसरीका २४ बर्षीय बादल बि.क. रहेका छन् । पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको थियो । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
ओखलढुङगाको मानेभञ्ज्याङ गाँउपालिका-९ का २५ बर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बेलुका ५ बजे घरबाट हिडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको भनी सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरीको ईटहरी १५ आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुवाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका-८ का २८ बर्षीय रुपेश राई रहेका छन् । हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमानै राईको मृत्यु भएको हो भने ३ जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्याएको हो भने घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
उदयपुरको त्रियुगा खोलामा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका गौर बहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन । हिजो साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुवीरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मगरको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका-८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उदयपुरको लिम्चुम्बुङ गाऊँपालिका-३ मा बुधवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालक मकवानपुर हेटौडाका २८ बर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा घटना सम्बबन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन । हिजो बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटाको सागुरीगडी गाँउपालिका-६ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगडी गाउँपालिका-७ की १९ बर्षीया श्रेया राई रहेकी छिन् । हिजो बेलुका ९ बजे भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो अनियन्त्रीत भई सडकमा पल्टि दुर्घटना हुदा घाईते भएकि राईको उपचारको क्रममा धरान घोपामामा मृत्यु भएको हो । सुमो र चालक घनकुटा नगरपालिका-२ का ४१ बर्षीय सत्यलाल राईलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणामा लिई थप अनुसन्धआन भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका-१ का ३६ बर्षीय शम्सेर आलम रहेका छन् । आलमलाई सम्मानित उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोके पछि फरार रहेका थिए । आलमलाई पक्राउ गरी हिजो सम्मानित अदालतमा उपस्थित गराउदा जरिवाना बापतको रकम व्यहोर्न नसकि सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलामको रोङ गाउँपालिका-४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम (४० बोरा) हार्ड छुर्पी बरामद गरेको हो । अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका-२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
मोरङको बिराटनगर-७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा हिजो भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी., सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले आज स्थल गत अनुगमन तथा जानकारी लिनु भएको हो । हिजो उक्त बिधालयमा अध्ययनरत छात्रालाई सोही बिधालयका एक शिक्षकले दुर्व्यवहार गरेको बिषयमा वाद विबाद हुँदा बिधार्थी तथा बिधार्थीका अभिभावक अन्दाजि ४/५ सय जनाको संख्याले बिधालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर बितर गर्ने क्रममा घाईते भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
झापाको कमल गाँउपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का२३ बर्षीय पाण्डव चौलागाई रहेका छन । हिजो दिउँसो पौने १२ बजे BR 38 T 5974 नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल चालक खडका सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
यही चैत्र ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका-६ का १८ बर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् । चैत्र ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको लागी प्रहरी टोली खटि गएको थियो । प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो । मृत फेला पारेसंगै शव परिक्षणको लागी अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बिश्व मुख स्वास्थ्य दिवशको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । आज बिहान ११ बजे देखी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालित एक दिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् । शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दातलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराउनु भएको थियो ।
सुनसरीको बर्जु गाँउपालिका- ६ स्थित थलाह खोलामा डुबि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का लक्ष्मण रिषीदेवका १३ बर्षीय छोरा निशान रिषीदेव रहेका छन् । हिजो दिउसो साढे १ बजे नुहाउने क्रममा मृत्यु भएका रिषीदेवको लाश पोष्टमार्टमको लागी कोशि अस्पताल बिराटनगर लगिएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ
सुनसरीको ईटहरी उपमहानगरपालिका-५ शान्ति टोल स्थितमा सुकुमारी खोलाको पानीमा डुबि १ जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सोही स्थानका ६८ बर्षीय नेत्र भण्डारी रहेका छन । हिजो बिहान पौने ८ बजे डुबि मृत्यु भएका भण्डारीको ईलाका प्रहरी कार्यालय ईटहरीमाबाट थप अनुसन्धान भईरहेको छ ।
इलामको माई नगरपालिका-१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुवी वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन । हिजो दिउँसो साढे ११ बजे राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । डुवी बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड-५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । सर्वोकृष्ठ प्रहरी घोषित हुनेमा इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर रहेका छन् । निजले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टिएको र सडीगली रहेको अवस्थामा फेला परेको घटनाको उत्कृष्ट अनुसन्धान गरी मृतकको पहिचान खुलाउन सफल भई उक्त घटनामा संलग्न प्रतिवादीहरु तथा अन्य विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय धरान सुनसरी दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण अवलोकन भएको छ । हिजो दिउँसो प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि.सी., सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख समेतको टोलीले सुनसरीको देवानगंज, साहेवगंज, कप्तानगंज एरियाहरुमा अवस्थित नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गर्नु भएको हो । सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकायका प्रमुखहरुले स्थानिय मानिसहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।यसैगरी सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा प्रदेश प्रहरी प्रमुख बि.सी.ले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगंज, सिमा प्रहरी चौकी साहेवगंज, प्रहरी चौकी कप्तानगंज, अस्थायी प्रहरी चौकी मोतिटप्पु सुनसरीको समेत निरीरक्षण गर्नुका साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भई सीमा क्षेत्रमा हुने बिविध गतिविधिका बारेमा विस्तृत जानकारी लिनु भएको थियो ।
उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ । आज बिहान पौने ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका- ३ कि ७६ बर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकल र चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको नगरपालिका-५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
यस अघी आसरा सुधार केन्द्र रानीवारी, महाराजगंज, काठमाडौंको स्वामित्वमा रहेको आसरा सुधार केन्द्र धरान पानवारी अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण जिम्वेवारी रहने गरी स्वामित्व हस्तारण गर्दै आसरा सुधार केन्द्र, पानवारी धरानको चौथो बार्षीकोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।केन्द्रको प्राङगणमा आज भएको एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको हो । आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथी श्रीमती सिर्जना थापाले केन्द्रका कर्मचारी तथा बिभिन्न खेलकुद बिधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी., पुर्व प्रहरी नायव महानिरीक्षक ज्ञान बिक्रम साह, आसरा सुधार केन्द्र धरानका संचालन समितिका सदस्यले शुभकामना तथा मन्तब्य राख्नु भएको थियो । आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक बिकाशराज खनालको सभापतित्वमा सम्पन्न चौथो बार्षिकोत्सवको अवसरमा प्रउपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छन । मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका-३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका-२ बेलडाँगि स्थित दमक-रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम चुलाचुली-५ का ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन । हिजो पौने ४ बजे को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्यु भएको थियो । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको कमल गाउँपालिका-५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका-१ का ३९ बर्षीय कमल राई रहेका छन् । हिजो बेलुका साँढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईते भएका राईको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुर्ण बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन । हिजो राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिईन् । अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको खुले संगै दुवै जनालाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ बर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारी का ३६ बर्षीय रेस बहादुर सार्की रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने हिजै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङको रंगेली नगरपालिका २ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ बर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ बर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका छन् । हिजो दिउसो साँढे २ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश न.०१-०४-००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनावाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने घाईते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
झापाको बुद्धशान्ति गाँउपालिका ४ स्थितबाट ठुलो परिमाणमा अबैध औषधि बोकेको गाडी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गाडी चालक ईलाम सुर्योदय नगरपालिका ३ का ३० बर्षीय सईन्द्र राई रहेका छन् । हिजो बेलुका सँवा ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपी ल्याउदै गरेको Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता, ZEEGOLD women soft Gelatin capsules १५०पत्ता, ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता, ZINCOCET २०० पत्ता, KT5Derm ७०० पत्ता, Gulfadryl ४५६ वोतल, ZENEGRA RED100 ८८४०पत्ता, Labdic Relief २०० पिस, ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता, InsTAZIN १८०० पत्ता र PARABOOST 650mg १६०० पत्ता अबैध औषधी बरामद गरि गाडी र चालकलाई पक्राउ गरिएको हो । सो परिमाणको अबैध औषधी अन्दाजी ६९ लाख भन्दा बढी मुल्य रहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बरामद भएको अबैध औषधी थप अनुसन्धानको लागी औषधी ब्यावस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा आज बिहान भएको आगलागीमा परी स्थानीय ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ । बिहान साँढे ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिक रुपमा जलेर क्षति भएको छ । सो आगलागी स्थानीयवासी र सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साँढे ९ बजे नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको छ ।
झापाको मेचीनगर नगरपालिका -१२ कालिझोडाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ बर्षीय अबि नारायण लिम्बु रहेका छन् । लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले हिजो साँझ घर देखि नै पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
मोरङको केरावारी गाँउपालिका-७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी बेलवारीले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-५ पिपलडाँडा चौकको बाझो खेतमा फाल्गुन २५ गते मृत फेला परेकी स्थानीय ६८ बर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ सम्म घर फर्की नआए पछि निजको श्रीमान जगत कुवरले खोजतलास गर्दै जाँदा घर देखि २०० मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए । घटना बारे प्रहरीलाई खवर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा मेचिनगर-५ का २७ बर्षीय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको हो । मृतक लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको र पक्राउ परेका बस्नेतको सम्मानित झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ बर्षीय महम्मद समिम रहेका छन् । झापा जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निबेदन परेसंगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्दे क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरिएको थियो । उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मानीस पक्राउ परेसंगै उनीहरुले बिभिन्न समयमा बिभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाईकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदा चालक सहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने ५ घाईते भएका छन । आज बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदै गरेको बा.४ख ७३५ नम्वरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाईएको छ भने मृत्यु भएकाहरुको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरको शव गृहमा राखिएको छ । घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी सहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटि मृतक तथा घाईतेहरुको उद्धार गरिएको हो ।घाईतेः १. संखुवासभा मादी नगरपालिका-६ का ५० बर्षीय डम्बर बहादुर कार्की सामान्य । २. मादी नगरपालिका -४ उम्लिङकि २४ बर्षीया करिश्मा तामाङ सामान्य । ३. मादी नगरपालिका-६ का २२ बर्षीया तुलसा कटुवाल सामान्य । ४. मादी नगरपालिका -४ का २४ बर्षीय सुवास तामाङ सामान्य । ५. मादी नगरपालिका-५ कि २७ बर्षीया युका पोखरेल गम्भिर । मृतकः १. संखुवासभा मादी नगरपालिका -६ कि ३० बर्षीया सिता बि.क. ।२. मादी नगरपालिका -६ कि ३२ बर्षीया अञ्जना कटुवाल । ३. मादी नगरपालिका-५ का ४९ बर्षीय भवानी प्र. दाहाल ।४. मादी नगरपालिका-२ का ४२ बर्षीय ईन्द्र अधिकारी ।५. मादी नगरपालिका-६ कि ५ बर्षीया दिक्षा कटवाल ।६. मादी नगरपालिका-४ का ६० बर्षीय बल बहादुर कार्की ।७. मादी नगरपालिका-४ कि २८ बर्षीया सबिता कार्की ।८. मादी नगरपालिका-५ का ४८ बर्षीय दिपक कुमार दाहाल९. मादी नगरपालिका-५ का ५५ बर्षीय श्याम शेर्पा ।१०. मादी नगरपालिका-४ का आईत बहादुर तामाङ ।११. मादी नगरपालिका-५ का उमेश भट्टराई ( सहचालक)१२. तेह्रथुम फाक्चामाराका ३१ बर्षीय विपिन निरौला (चालक)१३. ताप्लेजुङका ३१ बर्षीया समिक्षा योञ्जन ।१४. ताप्लेजुङका ८ बर्षीय सुदिप घिसिङ
सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ सालवन्दी-२ का २१ बर्षीय अर्जुन कार्की , सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान १५ मिलन चोकका-१९ बर्षीय अमन गुरुङ रहेका छन् । कार्की र श्रेष्ठलाई बुधबार प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १-०२ ००३ ह ३६३७ नम्बरको अटो चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल १,७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६ क्याप्सुल सहित पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेन सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको कन्काई नगरपालिका-९ स्थित राजगड-लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन । हिजो राती ७ बजे मे.१च ५२५ नम्वरको एम्वुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटनामा संलग्न एम्वुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ नँया बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका-९ का २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका-३ का २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम- ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी अर्जुनधारा नगरपालिका-११ स्थितमा अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी चेकिङ टोलीले प्रदेश १-०१-००२ ह १०१ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाइ छिपाइ राखेको लुपिजेसिक-२०० एम्पुल, एबट-२०० एम्पुल, डाईजेपाम-२०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद भए सगै अटोचालक भद्रपुर १ का २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् । हिजो बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णपथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाइते भएका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका सम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आज दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका-६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका-१ पाँचथर घर भई हाल ईटहरी-५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो । यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाको पाख्रिवास-११ बाट प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
ओखलढुंगाको सिद्दिचरण नगरपालिका-५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका -३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।
सुनसरीको धरान उप महानगरपालिका-५ स्थितबाट निषेधित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २६ बर्षीय चेतन मगर रहेका छन । हिजो राती पौने १० बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा नियन्त्रित औषधी Tramadol-४९५ क्याप्सुल, Tramol-२६१० क्याप्सुल, Spaspain-१९१४ ट्याब्लेट र Decolic-२३१५ ट्याब्लेट र को.२१ प ४७४६ नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको इटहरी उप महानगरपालिका-६ स्थित रहेको अटो सिटि बजाज सोरुमले प्रहरीलाई बिधुतिय अटो हस्तान्तरण गरेको छ । आज बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान बिधुतिय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गर्नु भएको हो । उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने छ । उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानिय समेतको उपस्थिति रहेको थियो ।
मोरङ बेलबारीको बिभिन्न स्थानबाट हिजो लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका ४ स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को २ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध गाँजा ४ केजी फेला पारे सगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको छ ।यसैगरी बेलबारी नगरपालिका ९ का ३० बर्षीय अविनास खवासलाई घरैबाट गाँजा २०० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ६ जना उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो ११ बजे ओखलढुङगा चिशंखुगढी गाऊपालिका ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर निजकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए ।घाईते मगरको दिउसो साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो । यसैगरी हिजै बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका १० करमगाछि की ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका ११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन । घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
मोरङ मिक्लाजुङ्ग गाऊपालिका ८ का २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।हिजो दिउसो २ बजे मोरङ मिक्लाजुङ्ग गाऊपालिका २ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्नेतको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको गढी गाउँपालिका-६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी-६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन । हिजो राती ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको ग्रामथान गाउँपालिका-४ स्थित मोतिपुर तेतरिया सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते भएका छन । मृत्यु हुनेमा ग्रामथान-४ का २५ बर्षीय सुदिप बिश्वास रहेका छन । हिजो दिउँसो सवा २ बजे प्रदेश १-०२-००१ ख ९१२० नम्वरको टिपरलाई ओभरटेक गर्ने क्रममा को.२९ प ९५६० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान-४ का २५ बर्षीय बिवेक माझी थारु र पछाडि सवार रहेका सुदिप बिश्वास घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा बिश्वासको मृत्यु भएको हो । उक्त टिपर र चालक मोरङ कटहरी-२ का आनन्द कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका-७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर-७ फलाटे का ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । आज बिहान सवा ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटि गएको गस्ती टोलीले मृग मारी घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुक सहित जंगलबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ ।आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रमका बिच बस्ति, टोल र घर घरमा प्रहरीको पहुँच अभिबृद्धि गरि नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि अपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव काली प्रसाद पराजुली, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसी र १ नं. प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारू कोईराला बि.सी. लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधी, पत्रकार र स्थानियहरुको सहभागी रहेको थियो ।
झापाको मेचीनगर नगरपालिका-५ स्थित मेचीखोला बगरबाट लागु औषध सहित २ जना र मेचीनगर-६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङ का २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई-१ का २३ बर्षीय जोसेफ थापा रहेका छन । हिजो दिँउसो मेची खोला बगरमा संकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपाल तर्फ आउदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरुको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र Windlas Winspasmo Fort क्याप्सुल-२०४ पिस, NITROSUN10 ट्याव्लेट-१ पिस सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास-६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यसै गरी राती साढे ११ बजे बिराटनगर महानगरपालिका-३ दुर्गा चोक स्थित भित्रि सडक खण्डमा को. १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर-३ स्थितमा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा-९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन । हिजो राती साढे ६ बजे को.९प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ-२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
मोरङको लेटाङ नगरपालिका-८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ-८ का ६४ बर्षीय दिपक गरी रहेका छन । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरेको हो । मिति २०७८ फाल्गुन ११ गते बेलुकी अवेरसम्म पनि घर फर्कि नआई पुगेकोले घर परिवारका सदस्यले सोही दिन इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराए पश्चात १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले निज बालिकाको घर देखि ३ किलो मिटर दक्षिण लेटाङ-८ लाल हिरा सामुदायिक बनमा बालिकाको शव ढुङ्गाले छोपी मृत अबस्थामा फेला परेको थियो भने गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाईटर समेत फेला पारेको थियो । फाल्गुन ११ गते बेलुकी साढे ४ बजे श्री जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भई लेटाङ-८ स्थित जंगलको बाटोमा घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गई बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती करणी गरी घाँटी थिचि हत्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको हो । घटनामा संलग्न गरेका पक्राउ प्रतिवादी गिरीको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीहरुको हाता भित्र आज भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित प्रहरी चौकी टुटे देउराली संखुवासभा र प्रहरी चौकी जिरिखिम्ति तेह्रथुमको साढे २ तले भवनहरुको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रुपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रुपैयाको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो । भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गर्नु भएको थियो ।
मोरङको बिराटनगर महानगरपालिका-१३ स्थितबाट भारतिय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन । आज बिहान साढे १० बजे बिराटनगर-१३ नहर चोक स्थितमा सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतिय नक्कली नोट बरामद भएको हो । नक्कली नोट सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
सोलुको लिखुपिके गाउँपालिका-५ स्थितमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० बर्षीय अर्जुन थवाली मगर रहेका छन । आज बिहानको राती २ बजेको समयमा लिखुपिके-५ स्थितबाट एम डि दुगढ हाईड्रो पावर तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ६२८९ नम्वरको मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक थवालीको घटना स्थलमै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सोलुबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका-७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन । हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृत अवस्थामा निजको आमाले फेला पारेकि थिईन । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
इलामको रोङ गाउँपालिका-२ स्थितमा रुखबाट लडि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ-२ बरफल्याङ का २७ बर्षीय सुवास नेपाल रहेका छन । हिजो बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाईते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाऊपालिका ४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ बर्षीय उतम बर्देवा रहेका छन् ।हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको जहदा गाऊपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ । हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् ।हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र. १ -०१-०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो ।मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाऊपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सोलुखुम्बु खुम्बु पासाङल्हामु गाऊपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनिसगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् ।आज बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाऊपालिका ३ लासे दोभान स्थितमा हिउमा चिम्लिएर घोडा लड्दा उनिहरु समेत लडि घाईते भएका थिए । घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा दिउसो १२ बजे बाटैमा मृत्यु भएको छ ।घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का कुनाल सिंह रहेका छन । हिजो बेलुकी पौने ५ बजे बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकल सहित नियण्त्रणमा लिएको हो । प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा एक जना महिलाको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ५६ बर्षीया नाक्सीमाया परियार रहेकि छिन । हिजो दिउसो पौने १२ बजे जलजले स्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुवी परियारको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु, १ जना घाईते भएका छन । हिजो राती पौने ८ बजेको समयमा पैदल यात्री मेचीनगर-८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका दुबै जनाको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर-१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको कोशी गाउँपालिका-८ भण्टावारी स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका-८ का ६० बर्षीय भरत सहनी रहेका छन । हिजो बेलुकी पौने ५ बजे प्रदेश २-०३-००१ नम्वरको ट्रकको ठक्करबाट घाईते भएका साईकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक सर्लाही लालबंदीका ५४ बर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१९ बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका-१० का ४५ बर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा सेवन कर्ताहरु सुन्दरहरैचा-१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा-१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा-९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् । उक्त दुईवटा मेडिकलबाट प्रहरीले SPASPAIAN- 44,370 चक्की, ANTI KOF- 17,620 चक्की, NEAURIN-75- 18,923 चक्की, PRE-Z-75- 1,200 चक्की र APABALIN-75-14,600 चक्की बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संग्गल्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि.क. रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि.क.लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते देखी सम्पर्कमा नरहेको भनी पिडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले फागुन ९ गते पथरी-८ बाट बि.क.लाई पक्राउ गरेको हो । बि.क.लाई पक्राउ गरे संगै सोधपुछ गर्ने क्रममा लेनदेनको बिषयमा बादबिबाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्विकार गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पुलको ठेक्का पट्टा गर्ने बि.क. र मृतक मिणा बिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भए अनुसार बिगत डेढ महिना देखी मोरङको डास खोलामा काम गर्दै आई रहेका थिए । काम गर्ने क्रममा माघ २३ गते कमल बि.क.को बिरगंजमा रहेको अर्को साईड हेर्न भनी मृतकले प्रयोग गर्दै आईरहेको BR-01-BC-5697 नम्बरको गाडीमा दुवै जना बिरगंज गएको र उक्त स्थानमा पुगी माघ २५ गते फर्कने क्रममा बि.क.को घर कटारी जादै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । बादबिबादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका बि.क.ले रिशको आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको र हत्या पश्चात शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथी जंगलमा लगी फालिदिएको खुल्न आएको छ । यसरी शवलाई जंगलमा फालेर फर्किएका बि.क.ले मृतकले प्रयोग गर्ने मोवायल फोन कोशी नदिमा फालिदिएको तथा उक्त नम्बरको गाडी भारतिय बजार भिमनगर लगी बेवारीसे अवस्थामा छोडेर फर्किएको समेत खुल्न आएको छ । यसरी जाँदा दुबै जना संगै गएको र फर्कदा १ जना मात्र फर्किएकोमा अन्य ब्यक्तिहरुले सोधपुछ गर्दा समान लिन भारत तर्फ गएको बताउँदै आएका थिए भने लामो समय सम्म सम्पर्कमा नआएपछी मृतकका परिवार खोजतलास गर्दै ईलाका प्रहरी कार्यालय पथरी सम्म आए पश्चात मात्र उक्त घटनाको रहस्य खुल्न आएको हो । यसरी शंकित कमल बि.क.ले प्रहरी समक्ष हत्या गरेको स्विकारे पश्चात उक्त स्थानमा घटना भए नभएको भनी ईलाका प्रहरी कार्यालय कटारीसँग समन्वय गर्दा पहिचान नखुलेको शव बेवारीशे अवस्थामा २/३ दिन पहिला फेला परेको र उक्त लासको फोटो समेत झिकाई मृतकका आफन्तलाई सनाखत गराउदा आफ्नै मान्छेको हो भनी सनाखत गरिदिए संगै कमल थापा भन्ने कमल बि.क.लाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागी ईलाका प्रहरी कार्यालय कटारी तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका-३ की निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।
सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका- ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका -६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् । राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटर सहित बराहक्षेत्र-६ बाट पक्राउ गरेको हो । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटर सहित राई पक्राउ परेका हुन् । यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका-९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्ड लगायत अन्य समान सहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाए संगै चोरीमा संग्गल्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको NCELL को रिचार्ज कार्ड र नगद रू २५ हजार समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको बराहक्षेत्र-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-३ का ३२ बर्षीय अजित राजधामी रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले राजधामीलाई ९२० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित पक्राउ गरेको हो । पक्राउ परेका राजधामीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका-७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो भने गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको कचनकवल गाउँपालिका-५ स्थितबाट प्रतिबन्धित ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-२ का २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका-९ का २० बर्षीय विशाल बुढाथोकी रहेका छन । हिजो राती ७ बजेको समयमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त गस्ती टोलीले संका लागि प्रदेश १-०१-०१३ प ७९७४ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर ५ ग्राम बरामद भएको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका-५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन । हिजो बेलुकी सवा ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्वुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
मोरङको केरावारी गाउँपालिका-८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ । उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका-३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो । यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी -१२ का मन्दु भनिने जस बहादुर लिम्बु रहेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो । लिम्बु र ईटहरी-१२ कै भरत चौधरीले आफ्नो न्यायाधिस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको तथा अर्का आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ईटहरीले जनाएको छ ।
संखुवासभाको सभापोखरी गाउँपालिका-२ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान राती अन्दाजी साँढे २ बजेको समयमा ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोटर साईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क-३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २८ बर्षीय सुवास राई रहेका छन । हिजो राती ११ बजे लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटि गएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन-७४२ ट्यावलेट, ट्रमाडोल-७१४ क्यापसुल र टापेन-४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको हो । निषेधित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भई रहेको छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ-४ घले गाउँका ईन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकि छन । हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडी घाईते भएकि सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा निजको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका-६ स्थितमा रुखवाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका-६ का मान बहादुर मगरको श्रीमती ४६ बर्षीया बुद्धमाया मगर रहेकि छिन । हिजो बिहान साढे ११ बजे आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडि घाईते भएकि बुद्धमायाको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा को.२०प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको हो भने मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
इलामको सुर्योदय नगरपालिका-३ स्थित फिकल-पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्योदय नगरपालिका-१ का २३ बर्षीय सौगात राई रहेका छन । हिजो बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को.१ज ३५८९ नम्वरको बलेरो गाडीले बिपरित दिशाबाट आउदै गरेको मे.११प ८४९ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा चालक सौगात राई र पछाडि सवार रहेकि २५ बर्षीया सम्झना राई घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागि बिर्तामोड स्थित BNC अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ परेका ९ जनाको हिजो दिउसो जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह न.पा.-२ का ३८ बर्षीय सुमन कुमार कार्की (योजनाकार), झापा कन्काई न.पा.-३ का ४१ बर्षीय भिष्म थापा, दमक न.पा.-९ कि ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई न.पा.४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी न.पा.-१ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम, संखुवासभा खाँदवारी न.पा.-१० घर भई हाल सुन्दरहरैचा-६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दहाल, झापा गौरिगञ्ज गा.पा.-३ का ३२ बर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह न.पा.-५ का ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज गा.पा.३ का ४५ बर्षीय बिजय कुमार दास हलुवाई रहेका छन । झापाको विर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा मिति २०७८ साल माघ ०९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको र दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु मिति २०७८ साल माघ १३ गते फेला परेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (RIT), जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा परिचालन भई घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटि हस्ताक्षर मात्र भएको छापहरु १० थान, बिभिन्न कम्पनीका ७ थान मोवायल फोन समेत बरामद भएको हो । पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उदयपुरको बेलका नगरपालिका-८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले आज बिहान सवा २ बजे ४ सय केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका-७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका-१ सुनसरीका २३ बर्षीय मनिष धामी रहेका छन् । उनीहरुलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट प्रहरीले नगद ६३,०२५ ।-(त्रिसठ्ठी हजार पचिस रुपैँया) समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको बर्जु गाउँपालिका-१ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती साँढे ९ बजेको समयमा बर्जु गाउँपालिका-१ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २२ बर्षीय धनिलाल उरावको उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका-४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र वहाँकी धर्मपत्नी श्री बिमला थापा तथा छोरी श्री बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । सवारी दुर्घटनामा परी दिवंगत हुनु भएका स्वर्गिय बिप्लव थापा (गोदार) को स्मृतिमा उहाँका परिवारजनले “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार” कोषको स्थापना गर्नु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गर्नु भएको छ । उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद रु. २५०००।-(पच्चिस हजार) तथा प्रशंसा-पत्र द्वारा सम्मान प्रदान गरिने छ । यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले रु. ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताउनु भएको छ ।
उदयपुर गढी गाँउपालिका-७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका-८ स्थितबाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन । हिजो राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको हो । प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।
इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई-४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन । हिजो बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटाको पाख्रिवास नगरपालिका-९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ
मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे घरयासी बिबादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपटले प्रहार गरेका थिए ।चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।
झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।आज बिहान साढे ५ बजे तामाङले मोबायल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ ।मृतक लाश आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको भद्रपुर नगरपालिका-६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचिनगर नगरपालिका-१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५० बर्षीय मान बहादुर बराईली रहेका छन । हिजो बेलुका ४ बजे बराईलीले आफ्नै घरबाट विजुलिको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो । घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका-१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे ५ बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रतिवन्धित लागुऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको कमल गाउँपालिका-४ स्थित पुर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी-८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । हिजो बेलुका सवा ३ बजे पुर्व तर्फ जाँदै गरेको मे.१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे.६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का ३५ बर्षीय मिकेनजी लिम्बु रहेका छन । हिजो बेलुका साढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका लिम्वुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । हिजो दिउसो १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशा बाट जादै गरेको प्र १-०१-०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो भने पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचार भईरहेको छ । म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको छ ।
सुनसरीको कोशी गाँउपालिका-६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना हुँदा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ बस्ने ५० बर्षीय दिलिप मण्डल रहेका छन् भने घाईते हुनेहरुमा कंकालिनी नगरपालिका ५ कै ६० बर्षीय लक्ष्मण साफी, ३६ बर्षीय राजेश मेहता, ४४ बर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० बर्षीय उमेश कुमार साफी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको छ । हिजो राती ९ बजे पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकि राखेको BR- 01-GA - 4483 नम्बरको भारतिय ट्रक ठक्कर खाई अनियन्त्रित हुँदा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत स्कारपियो ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा संलग्न तिनवटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी कोशी गाऊपालिका ८ स्थित भण्टाबारी बजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कंचनरुप नगरपालिका १२ का २९ बर्षीय धन कुमार विश्वकर्मा रहेका छन् । हिजो बेलुका ४ बजे सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई DIALUX-DC २ बोतल, SPASMO PROXYVON PLUS ३२ ट्याब्लेट, NIRAVET-10 ३० ट्याब्लेट , NITROSUN-10 ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ४ क्याम्पस लाईन का ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको करेन्ट लागी मृत्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे फुङलिङ नगरपालिका ५ बिरेन्द्र चौक स्थित टेक बहादुर श्रेष्ठको घरमा बिद्युत लाईन बिग्रिएको कारण लाईन बनाउन बिजुलीको पोलमा चढ्दा करेन्ट लागी पोलबाट भुईमा बझारिन गई घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती १२ बजे मृत्यु भएको हो । लिम्बु बिद्युत कार्यालय ताप्लेजुङका कर्मचारी रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका ४ का २७ बर्षीय रबिन तामाङको हिजो बेलुका ३ बजे शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाऊपालिका ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका १४ सुनकोशी नदिको किनारमा तामाङको लाश फेला परेको छ । कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
संखुवासभा खाँदबारी नगरपालिका ९ कत्ले भञ्ज्यांङ नजिक सभाखोलाको पुलमा ट्रक दुर्घटनाबाट चालकको मृत्यु भएको छ । हिजो बेलुका साँझ साढे ६ बजे खाँदबारीबाट सभाखोला तर्फ जाँदै गरेको प्र २-०३-००१ ख ४३० नमबरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सो दुर्घटनाबाट घाईते भएका ट्रक चालक गोरखा का २४ बर्षीय मिलन मग्रातीलाई उद्धार गरि उपचारको लागी मनकामना हस्पिटल तुम्लिङटार पठाईएको थियो । घाईते मग्रातीको सोही अस्पतालमानै हिजै राती पौने ८ बजे उपचारको क्रममा मृत्यु भएको छ । ट्रकमा सवार सह-चालक सिन्धुपाल्चोक बाह्रबिसे का १९ बर्षीय सुजन तामाङ भने सामान्य रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
संखुवासभाको खाँदवारी नगरपालिका-९ आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज बिहान साँढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी -१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निबेदन दिएकोमा खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो । कार फेला परे संगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी -१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी-७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागुऔषध Diazepam ११ एम्पुल , Avil ९ एम्पुल. Phenergan १० एम्पुल , र lupigesic १० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् ।हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
झापा दमक नगरपालिका १ डाँडागाउ एकता टोलका २६ बर्षीय प्रकाश सिटौलालाई लागुऔषध सहित पक्राउ गरिएको छ ।हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट NITRAVET- ७५ ट्याब्लेट र ESKUF 100 ml को ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
झापाको मेचिनगर नगरपालिका १५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ का २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् ।हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरी भोक्राहा नरसिहं गाऊपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् । मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेका छन् भने घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।हिजो राती साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो । आगोलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा हिजो राती ९ बजे नियन्त्रणमा आएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिज गरेको छ ।पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका-२१ घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् ।पक्राउ परेका मध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका ५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका १३ बल्खु र नासिर आलमलाई मोरङकै विराटनगर महानगरपालिका १७ मटेरूवाबाट हिजो पक्राउ गरिएको हो ।गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका-७ बस्ने दिलिप सिंहको उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका-४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति-२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरीको धरान उप महानगर पालिका-१४ स्थितबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१४ का ३४ बर्षीय रमेश परियार, धारान-१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका-६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन । हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन । आज दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-४ ओमशान्ति टोल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड -४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड-५ का १८ बर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-८ का २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन । आज बिहान १० बजे पुर्व तर्फ गईरहेको बा. ०३-००१ ख २१४० नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भई उपचारको लागि बि.एन.सि. अस्पताल बिर्तामोड लगिएकोमा बम बहादुर लेप्चाको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
खोटाङको रावाबेशी गाउँपालिका-५ भदौरे स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे ढुंगा बोक्न जादै गरेको प्रदेश २-०३-००१त ३२९४ नम्वरको ट्रयाक्टर सडक साईडमा कोल्टे परी दुर्घटना हुदा ट्रयाक्टरमा सवार रहेका रावाबेशी-५ का रोशन बि.क. ट्रयाक्टरबाट लड्दा चक्काले किचि निजको घटना स्थलमा नै मृत्यु भएको थियो । ट्रयाक्टर र चालक रावाबेशी-३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् । हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान-२ सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरि सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा सम्मानित उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.- ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको मेचिनगर नगरपालिका-६ मेचिपुलबाट प्रहरीले नियन्त्रीत लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर -११ का २३ बर्षीय सेवन उराव रहेका छन । सोमबार दिउँसो साढे १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागुऔषध बराउनसुगर सहित नियन्त्रणमा लिएको हो ।लागुऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित मेचीनगर-११ का २३ बर्षीय सेवन उराउ पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका उराउलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उराउको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन । संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको दुहबी नगरपालिका ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल के.सी. रहेका छन ।हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनिहरुलाई ४ पत्ता Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाऊपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन ब. बिश्वकर्माको लडेर मृत्यु भएको छ ।यसै गरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका ३ दुधे गोलाटार का ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।हिजो दिउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलाले आफैले स्टार्ट गरी अगाडी बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ बर्षीया छोरी आरोषि दुलाललाई किचि गम्भिर घाईते भएकी थिईन । घाईते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो दिउसो पौने १ बजे मृत्यु भएको थियो । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ ।यसै गरी हिजो बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी उदुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए । घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो । घाईते मृतककै बुबा ४० बर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भईरहेको छ । उनिहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोरङ बिराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् ।आज बिहान साढे ९ बजे लागौषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।उनिहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते सो घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।तत्काल सो घटना घटाई फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय RIT र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनि कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
ईलामको रोङ गाउँपालिका-४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेको समयमा झापाबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका मेचिनगर नगरपालिका-४ झापा ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्य वहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई घाईते भएका पिकअप चालकलाई उपचारको लागी वि.एण्ड सि.अस्पताल झापा तर्फ पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका-७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका-४ का २० बर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया -३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् । बुधवार राती ७ बजेको समयमा बिराटनगर-१६ बाट श्रेष्ठ द्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुल सहित पक्राउ परेका हुन् भने मोरङकै सुनवर्सी नगरपालिका-८ बाट आज बिहान राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भोजपुर नगरपालिका-१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका-१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका-५ का ३७ बर्षीय दल बहादुर तामाङलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका-१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक माङसेबुङ गाउँपालिका-३ का २१ बर्षीय रविन लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोली खटि गई मृतकको शव उद्धार गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका-७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालकको झापाको बि.एन्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा संग्लग्न सवारी र चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको दमक नगरपालिका-३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।
धनकुटाको धनकुटा नगरपालिका-४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ, श्रीमतीको कर्तब्य गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन । गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली खटि गई उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो । यसरी श्रीमतीको हत्या गरी आफैले खाल्डो खनी घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङको कटहरी गाउँपालिका-३ का २८ बर्षीय झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका ३८ बर्षीय शेखर राजवंशी पक्राउ परेका छन । माघ ८ गते राती साढे ९ बजे कटहरी-३ स्थित रिङरोडको नहरमा आपसी झै- झगडा हुदा शेखर राजवंशीको कुटाईबाट अशोक ऋषिदेवको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका प्रतिवादी राजबंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ ९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको ईटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेका छन । हिजो साँझ ६ बजे ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङको रतुवामाई नगरपालिका- ८ डाँडागाँउका ४५ बर्षीय कृष्ण राई लागुऔषध गाँजा सहीत पक्राउ परेका छन् ।हीजो दिउसो पौने १ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के.जि. ३९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले बरामद हो । बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका १९ घर भई जहदा गाँउपालिका-३ जयरामपुरमा बस्ने ४० बर्षीय अशोक रिसिदेवको पानीमा डुबि मृत्यु भएको छ । आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका-३ स्थितमा रहेको नहरको पानीमा डुबि उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको छ ।
ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । आज बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो ।सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो । घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोईराला, ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि का ३० बर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ भने बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ बर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का ३२ बर्षीय कालु प्रसाद उराउलाई धारीलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको बिभिन्न भागमा प्रहार गर्दा चन्द्रकलाको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकहरीबाट प्रहरी टोली खटि कालु प्रसाद उराउलाई नियन्त्रणमा लिएको छ । निज कालु उराउ मानसिक रोगि भएको बुझिन आएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईहरेको छ ।
पाँचथरको फिदिम नगरपालिका-१ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि ३२ बर्षीया देवि लकान्द्री रहेकि छिन । हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका-१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । हिजो राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको रतुवामाई नगरपालिका-९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । हिजो बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । निजलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् ।प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको थियो ।पक्राउ परेका राईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालत बाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।
मोरङको मिक्लाजुङ गाँउपालिका-७ भण्डारीचोकमा रहेको कुलोको पानीमा डुबि १ जनाको मृत्यु भएको छ । आज बिहान सभा ९ बजेको समयमा सोही स्थानका ५२ बर्षीय मान बहादुर मगर डुबि मृत अवस्थामा रहेको खबर ईलाका प्रहरी कार्यालय मधुमल्लामा प्राप्त हुँनासाथ टोली खटी घटनास्थल सुरक्षित राखेको र घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरीरहेको छ ।
ताप्लेजुङको मेरिङदिन गाउँपालिका-३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ताप्लेजुङको साँवाबाट दोभान तर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका-१ का ४५ बर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह-चालक घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नर बहादुर कार्की पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै २० बर्ष अगाडी कर्तव्य गरी ज्यान मारेको तत्काल अभियुक्त नखुलेको कर्तव्य ज्यान मुद्दामा संकित व्यक्तिलाई निगरानिमा राखी प्रतिवादीको पहिचान गरी थप प्रमाणहरु जुटाई पक्राउ गर्न सफल भएको र अनुमति प्राप्त नभएको डुंगा संचालन गरी क्षमता भन्दा बढी यात्रु हालेर लापरवाही गरी सप्तकोशी नदिमा डुंगा चलाएको कारण दुर्घटना भई डुंगा पल्टिदा १२/१५ जना मानिस बेपत्ता पारेको ज्यान सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात ८ बर्ष सम्म फरार रहेका प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय वाना, संखुवासभा दरबन्दी भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नर बहादुर कार्कीलाई उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट लागुऔषध गाँजा र साईकल सहीत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-३ का २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका- १ का ३२ बर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले मंगलवार राती चेक जाँचको क्रममा निजहरुबाट ६ केजी लागुऔषध गाँजा र २ वटा साईकल सहीत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान समेत भईरहेको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ मा मंगलवार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट तर्फ आउदै गरेको ना ३ ख ७९४४ नम्बरको गाडीमा सवार रहेका स्थानीय ५० बर्षीय कृष्ण बहादुर राई गाडीबाट झर्नलाग्दा लडी सोही गाडीको पछाडीको चक्काले किच्दा घटनास्थलमानै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी उदयपुरबाट प्रहरी टोली खटी लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल उदयपर पठाएको थियो भने सवारी चालक रौतामाई गाउँपालिका-७ का ४० बर्षीय राजन कुमार राउतलाई अस्थाई प्रहरी पोस्ट नेपालटारले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-१२ बाट ठुलो परिणामको अबैध समान सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सुर्यौदय नगरपालिका-२ ईलामका मनोज खड्कालाई नियन्त्रणमा लिएको थियो । खड्काले चलाईएर ल्याएको बा ४ च ३०९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको ९ लाख बयानब्बे हजार आठ सय सत्तरी रुपैया बराबरको विभिन्न मोटर पार्ट्सका समानहरु बरामद भएको थियो । बरामद भएको समान, कार र मानिस समेतलाई आवश्यक कारवाहीको लागी काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
मोरङको रतुवामाई नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन । प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो । प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर र बराहक्षेत्र-७ बाङ्गे स्थितबाट नियन्त्रित लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र-१० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो -९६ टयाब्लेट, नाइट्रोजन- ५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ति टोलीले बराहक्षेत्र-७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ । प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको कटारी नगरपालिका-४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन । मृत्यु हुनेमा कटारी-८ का ३८ बर्षीय बिक्रम राना मगर रहेका छन । हिजो बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भईरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक कटारी-८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । वाङदी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ बर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि गई वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी TRAMODOL HYDROCHLORIDE CAPSULE २०,००० ( बिस हजार) ट्याब्लेट बरामद गरेको हो । अबैध औषधी सहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकि १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको इटहरी उप-महानगर पालिका-६ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-५ का२२ बर्षीय मनिष वस्नेत र संखुवासभा सभापोखरी गाउँपालिका-४ का २० बर्षीय सन्तोष सुनुवार रहेका छन । पौष २९ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा इटहरी-४ स्थितमा रहेको निजहरुको डेरा कोठा खानतालसी गर्दा इटहरी-४ का मान बहादुर तामाङको चोरी भएको प्रदेश १-०२-०४६ प. ८७९० नम्वरको मोटरसाईकल, १ किलो २५० ग्राम लागु औषध गाँजा, डिजिटल तराजु, बिभिन्न कम्पनीका मोबाईल सेट ७ थान, बिभिन्न किसिमको हेलमेटहरु तथा पेचकस, रेती, रिन्ची, हयाक्सो ब्लेड, सिटी सफारीको ब्याट्री सहित बरामद गरेको हो । गाँजा र चोरीको समान सहित पक्राउ परेका दुवैजनाको लागु औषध नियन्त्रण ऐन २०३३ र चोरी सम्बन्धि कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट म्याद थप भई थप अनुनसन्धान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
झापाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती पौने ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका-९ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज.५ प १७३१ नम्बरको मोटरसाईकलले बाटोमा हिडि रहेका पैदल यात्री स्थानीय ५४ बर्षीय करण बहादुर खडकालाई ठक्कर दिंदा खड्का घाईते भएका थिए । घाईतेलाई उपचारको लागी B&C अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी झापाकै बाह्रदशी गाउँपालिका-६ मा शनिवार साँझ मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ आउदै गरेको प्रदेश १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित दुर्घटना हुँदा घाईते भएका बिर्तामोड-६ का २० बर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको बर्जु गाँपालिका-५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका-१ रातमाटेका २९ बर्षीय इन्द्र बहादुर बुढाथोकीको खोलाले बगएर मृत्यु भएको छ । शनिवार बिहान तमोर खोलामा नुहाउन गएका बुढाथोकीलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगत्तै खोजतलासको लागी अस्थाई प्रहरी चौकी नयाँखोलाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा ४ किलोमिटर तल बुढाथोकीको शव फेला परेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको लेटाङ नगरपालिका ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाऊपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् ।आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक-३ नाल, बारुद-२ डब्बा, गोली -१८ थान, छर्रा-५ पोका, खुकुरी-१ थान, गेटिस (गुलेली)-१ थान बरामद गरेको छ ।पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाऊपालिका ३ का २१ बर्षीय नविन बि.क. रहेका छन् ।आज बिहान ५ बजे धनकुटाबाट बसन्तपुर तर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३-००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरि लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् ।आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो राती ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।यसै गरी हिजो दिउसो साढे १ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका दुवैको थप अनुसन्धान अनुसन्धान भईरहेको छ ।
झापाको भद्रपुर नगरपालिका-४ स्थितमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-४ का ७७ बर्षीय जगत बहादुर कार्की रहेका छन ।हिजो राती पौने ७ बजे मे.१० प ४४१९ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न मोटरसाईकल र चालक कचनकवल गाउपालिका-७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोली सहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका -७ घुस्कीका २० बर्षीय सबिर मिया, ३१ बर्षीय सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसंगै तत्काल प्रहरी परिचालन भएकोमा, थप तिन जनालाई हतियार सहित पक्राउ गरिएको हो । सवरेज मिया सहित अन्य तिन जनालाई बिहिवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हातहतियार सहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
१८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछी पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर-३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते पक्राउ गरेको हो । ईलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । २०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफु संगै जान आग्रह गरेको र जान नमाने पछी जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको पनी अनुसन्धानको क्रममा खुल्न आएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।
संखुवासभाको खाँदवारी नगरपालिका-१ का ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल-३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्त बिच पौष २६ गते राती बादबिबाद भएको र बादबिबादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए । घाईते भएका राईको बुधवार बिहान मृत्यु भएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका-७ मा बुधवार राती पौने ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । यसैगरी सुनसरीको कोशी गाउँपालिका-३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको उर्लाबारी नगरपालिका-७ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका- ७ का २१ बर्षीय निश्चल बानिया रहेका छन । बिहान ६ बजे उर्लाबारी-३ सोल्टीपुल स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जादै गरेको को. २ त ८२९६ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बानियाको घटना स्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालक मोरङ मिक्लाजुङ गाउपालिका-६ का मोहन तामाङलाई नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
सुनसरीको गढी गाउँपालिका-६ मझौका ४० बर्षीय रामलाल उराव नहरको पानीमा डुबी मृत अवस्थामा फेला परेका छन् । गत शुक्रवार दिउसो घरबाट आफु खुशी हिडेका उराव घर फर्की नआए पश्चात आफन्तले खोजतलास गर्ने क्रममा मंगलवार गढी गाउँपालिका-६ स्थित नहरको पानीमा मृत अवस्थामा फेला परेको हो । मृत लाशको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
सुनसरीको ईटहरी उप-महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका-१ का ४८ बर्षिय डोमा मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको रतुवामाई नगरपालिका-३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका-५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको रामधुनी नगरपालिका-७ स्थितमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी-७ का २५ बर्षीय उमेश चौधरी रहेका छन । हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को.२त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।
तेह्रथुमको फेदाम गाउपालिका-१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई कटेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको छ ।
मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार वेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान-२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान-१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको हो । निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद भएको थियो । अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर-९ का ४४ बर्षीय संजय खडका रहेका छन । बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् ।हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याऊन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका ६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् ।आज दिनको पौने ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौ तारकेश्वर नगरपालिका ७ का २० बर्षीय संग्राम राई रहेका छन् ।हिजो दिउसो २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
पाँचथरको फालेलुङ गाऊपालिका ७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।हिजो बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।हिजो बेलुका सँवा ४ बजे सुनसरी दुहबी नगरपालिका १० बुद्ध चोक स्थित ईनरुवा-दुहबी सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल सवार दुहबी नगरपालिका ११ तनमुना का २८ बर्षीय जित नारायण उरावको बिराट नर्सिंह होम विराटनगर उपचारको क्रममा बेलुका साढे १७ बजे मृत्यु भएको छ भने अर्का मोटरसाईकल सवार रंगेली नगरपालिका ९ का ३० बर्षीय भिम प्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका ५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ ।यसै गरी हिजै बेलुका साढे ५ बजे उदयपुर त्रियुगा नगरपालिका ४ बगाहा स्थितमा गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ -०१-००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका ५ देउरी का ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दिलिप दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको छ । ट्रिफर र ट्रिफर चालक त्रियुगा नगरपालिका ६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरिचौक स्थित एक घरबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय पारुहाङ राई रहेका छन् ।आज बेलुका साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल -५८९० ट्याव्लेट र इस्पास्पेन- ५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला परेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवास रहेका छन् ।आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।
संखुवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी- PBOG ४ कार्टुन (११६ प्याकेट), KH2PO १५ प्याकेट, SILILONG २० बोतल र WATERPUMP लेखिएको मेसिन १ थान सहित फेला परेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बरावरको बरामद गरेको हो । बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन । साढे ७ बजे राती धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशा तर्फ जादै गरेको को. २७ प २१९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यू भएको हो । ठक्कर दिने बस र चालक इटहरी-४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको आधारभुत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । पौष २२ गते बिहिवार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । २०७८ भाद्र २७ गते देखी संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको ९० कार्य दिनको आधारभुत तालिम पौष २२ गते सम्म संचालन भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई ९० कार्य दिनको तालिम अवधिमा प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, बिद्यामान कानुन र सूचना प्रबिधि लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो । दिक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम सफत ग्रहण गराउनुका साथै दिक्षित भई जाने प्रहरी जवानहरुले तालिम अवधीमा सिकेका ज्ञान र शिपको कार्य क्षेत्रमा अक्षरस पालना गरेमा नेपाल प्रहरीको चुनौतिको बिषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने बिश्वाश ब्यक्त गर्नु भई दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको छ ।उक्त तालिमका प्रशिक्षार्थीहरु मध्ये सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । प्रमुख अतिथिले कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनहरुमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिनु भएको छ ।दिक्षान्त समरोहमा प्रमुख अतिथि लगायत प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु तथा प्रहरी निरीक्षकहरुका साथै अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
झापा मेचीनगर नगरपालिका ७ पिपल चौक स्थित केशब पाठकको घरमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मृत्यु हुनेमा मेचिनगर नगरपालिका ८ का ४५ बर्षीय सारद राजवंशी रहेका छन् । हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशी लगाएत १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको थियो भने अन्य घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको कचनकवल गाउँपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-७ का २४ बर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित मंगलवार बेलुका ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ । पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ हिमाङमा मंगलवार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १-०२-००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह-चालक हतुवागढी गाउँपालिका-१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दूई जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका-१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका-५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ६ बजेको समयमा धरान-१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान -१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको शिवसताक्षी नगरपालिका ११ स्थित दुधेबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय ज्याकप लिम्बु रहेका छन् । हिजो बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको घरबाट ब्राउनसुगर १ ग्राम र नगद रु. १० हजार बरामद गरेपश्चात उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन ।राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि प्रदेश १-०२-०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा संका लागि दुबैजनालाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो । गाँजा सहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्कबाट लागुऔध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-५ का २६ बर्षीय लावनहाङ राई रहेका छन ।हिजो बेलुकी ४ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले काँकरभिट्टा बसपार्कमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई चेकजाँच गर्दा निजले शरिरमा लुकाई छिपाई राखेको ४४ ग्राम खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ बरामद भएको हो ।नियन्त्रित लागुऔषध सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ साथै निजलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनकुटाको चौबिसे गाउँपालिका-८ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको चक्काले किचि सह- चालकको मृत्यू भएको छ । मृत्यु हुनेमा धनकुटा चौबिसे गाउँपालिका-८ देउरालीका २० बर्षीय सुजन सोदेन लिम्वु रहेका छन ।हिजो राती साढे ७ बजे काठको गोलिया लिन जाँदै गरेको को.१त ४७११ नम्वरको ट्रयाक्टरबाट सह-चालक लिम्वु अचानक लड्दा चक्काले किचि घाईते भई उपचारको लागि धरान घोपा लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो ।ट्रयाक्टर चालक भोजपुरका २४ बर्षीय बिजय राई तत्काल फरार रहेकोले खोजतलास तथा घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको उर्लावारी नगरपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।हिजो बिहान सवा १० बजे मोरङ उर्लावारी नगरपालिका-१ का २८ बर्षीय बिजय शर्माले चलाएको प्रदेश १-०२-०४७ प १८१४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनाबाट घाईते शर्माको उर्लावारी स्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।
मोरङको बिराटनगर-१४ स्थितबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षिय निसान चौधरी र इटहरी-१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन । पौष १५ गते राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो । खैरो हिरोईन फेला परे सगै मोटर साईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका-४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन ।दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैया र १ थान मोवाइल फेला परेको हो । प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ-५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन । पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको CPU थान ३, LCD थान ३, प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर थान २ चोरी भएको थियो । चोरी भएको सुचना प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो । दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरका थिए । बरामद भएको समान सहित चोरीमा समलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ बाट ३ जनालाई नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षिय सौरभ कडरिया, २२ बर्षिय निशान न्यौपाने र याशोक गाउँपालिका-२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ बर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ बाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । मंगलवार राती ९ बजेको समयमा CRV POST केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का ३८ बर्षिय अम्बर बहादुर गदाललाई लागुऔषध लुपिजेसिक ३२ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेहेको छ ।
सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप-महानगरपालिका-१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापाको दमक नगरपालिका-२ भाङबारी भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिँदा मोटरसाईकलमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हिजो राती साढे १० बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १-०२-४३ प. ६९२६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका राप्ती नगरपालिका-४ चितवनका १९ बर्षीय किसन बि.क., खोटाङ चिसापानी-४ का २३ बर्षीय अमित बि.क. र ताप्लेजुङ न्याङ्कोल्याङ गाँउपालिका-३ का अनिल बि.क. को घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई शवलाई परिक्षणको लागी दमक अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङको उर्लाबारी नगरपालिका-८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका-३ का २० बर्षिय मंगल सिंह राई रहेका छन् । हिजो राती ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक-३ का १९ बर्षिय बिकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मगल सिंह राईको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा राईको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीवाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको छ ।
सिमावर्ति क्षेत्रमा बिशेष निगरानी बढाई प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था मजवुद बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले झापा जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुलाई निर्देशन दिनु भयो । आज दिउँसो जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणको क्रममा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो । खुल्ला सिमानाको कारण जिल्लामा हुने बिभिन्न अपराधिक गतिविधिहरुलाई निस्तेज गर्न अहोरात्र प्रहरी तैनाथ रहनु पर्ने बताउनु भयो । खुल्ला सिमाको कारणबाट हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, साना हतियार ओसापसार, जाली नोटको कारोवार, लागूऔषध ओसारपसार, भन्सार छली गरी चोरी निकासी जस्ता अपराधिक गतिविधिहरु जिल्लामा हुन गर्न नपाउने गरी कडा सुरक्षा ब्यवस्था मिलाई प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो । निर्देशनकै क्रममा वहाले सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी आचार संहिताको पुर्णरुपमा पालना गर्न, शुन्य सहनशिलताको निति अपनाउन र आमनागरिक तथा सेवाग्राहीहरुलाई बिनम्रताका साथ सभ्य र शिष्ट बोलीवचन प्रयोग गरी बिना झंझट प्रहरी सेवा प्रदान गरी प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने गरी उच्च नैतिकताका साथ आफ्नो जिम्वेवारी वहन गर्न समेत निर्देशन दिनु भयो ।
सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो । होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, 7.65 mm को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, BR50 K 0149 नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
आफ्नो पेशा प्रति गौरवान्वित हुन जरुरी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो । प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौबाट आजै पाल्नु भएका महानिरीक्षक थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा वहाँले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग समेत अन्तरक्रिया गर्नु भएको थियो । तत् पश्चार प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै वहाँले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्न निदेशण दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही गर्न समेत वहाँले निर्देशन दिनु भयो । अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ बिशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन समेत निर्देशन दिनु भयो । वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिनु भयो । यसका साथै COVID-19 को प्रभाव पुन दोहोरीन सक्ने तर्फ बिशेष ध्यान दिँदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागी बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भयो । यसका साथै प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुसंग जिल्लाको समग्र सुरक्षा ब्यबस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।
झापाको बिर्तामोड नगरपालिका-१ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतवार बेलुका ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार बिहान साँढे ८ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन ।आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक-५ का ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित आज बिहान साँढे ११ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका बि.क.को सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यू हुनेमा त्रियुगा नगरपालिका-१ का २५ बर्षिय गंगाराम चौधरी रहेका छन । बिहान ९ बजे चौदण्डीगढी-५ भित्रि सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकल पछाडि सवार निजको श्रीमती २४ बर्षिया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका-८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ बर्षिय रंजित चौधरी रहेका छन । दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु-१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको थियो । उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा १ जनाको मृत्यू र २ जना घाईते भएका छन । मृत्यू हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० बर्षिय शेषलाल राजबंशी रहेका छन । आज दिउसो साढे बाह्र बजे WB 74P 9717 नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका सोहि स्थानका २७ बर्षिय शिवलाल माझी र ४४ बर्षिय सजन राजवंशी र ४० बर्षिय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका-६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन ।अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भईरहेको र सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उप-महानगरपालिका-४ कि ६५ बर्षिया देबी खडका रहेकि छिन । बिहान ११ बजे धरान तर्फ जादै गरेको प्रदेश १-०२- ००१ ख ८६५२ नम्वरको ट्रकले पैदल यात्री खडकालाई ठक्कर दिएको थयो । घाईते खडकाको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम जिरीखिम्ति-६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका-११ का २७ बर्षिय जीवन दर्जी कर्तव्य ज्यान सम्वन्धि घटनामा पक्राउ परेका छन । यहि पौष ४ गते जीवन दर्जी र सोही स्थानका ३० बर्षिय चन्द्र बहादुर दर्जी बिच मादक पदार्थ सेवन गरी आपसमा झै झगडा गरी कुटपिट हुदा सोही कुटपिटका कारण चन्द्र बहादुर बिरामि परेका थिए । बिरामी चन्द्र बहादुरको जिल्ला अस्पताल संखुवासभामा उपचारको क्रममा पौष ५ गते मृत्यु भएको थियो । घटनामा संलग्न जीवन दर्जीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
सुनसरीको इनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा भेनले ठक्कर दिँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिहं गाउँपालिका-१ का ५५ बर्षिय रामेश्वर उराउ रहेका छन् । राति ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९०९१ नम्बरको भेनले पैदल यात्री उराउलाई ठक्कर दिएको थियो । घाइते उराउको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालक इनरुवा नगरपालिका-८ का २५ बर्षिय राम चरित्र महत्तोलाई जिल्ला प्रहरी कार्यालयले सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
झापाको कमल गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको र पछाडि सवार घाईते भएका छन । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २२ बर्षिय अभिषेक यादव रहेका छन । बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को.१ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१-०२-०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका-२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भईरहेको छ ।
बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान-१३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु.४,५०,७६६।०६६/- (चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैया) जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका थापालाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको छ ।
संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ५ गते राती १२ बजेको समयमा राईको २९ बर्षीया श्रीमती बिष्णु माया राई मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरिरमा केही चोट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृतकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आत्महत्या तथा भवितव्य बाट मृत्यु नभई कर्तब्यबाट हत्या भएको खुल्न आएसंगै मृतककै श्रीमान दिपन राईलाई पक्राउ गरिएको र निजले नै आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । राईले श्रीमतीसंग सामान्य बिषयमा बादबिबाद हुँदा आफ्नो रिशको आवेगलाई थाम्न नसक्दा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापाको दमक नगरपालिका-४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् । हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो । गाडी तथा गाडि चालक धनकुटा नगरपालिका-१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-१ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा शिवसताक्षी-१० का ४० बर्षिय यामनाथ राय रहेका छन । बिर्तामोड-१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर-३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
संखुवासभाको मकालु गाउँपालिका-३ स्थितबाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टर सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सवा बाह्र बजे मकालु-३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय हेदङनाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा च्यामताङबाट ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका-३ का २३ बर्षिय अनिल दर्जी समेतलाई थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ-६ का २६ बर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको छ ।
संखुवासभाको सभापोखरी गाउँपालिका-१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका-२ का फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन । हिजो बेलुकी साढे ५ बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिदा निजको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट नियन्त्रित लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका -२ का ३८ बर्षिय कालु बहादुर राई रहेका छन । पौष ४ गते बेलुका साँढे ५ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलिले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको गढी गाँउपालिका-५ स्थितमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका-६ का २५ बर्षिय निराजन राय रहेका छन् । हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो साथै मोटरसाईकल पछाडि सवार गढी-६ कै २७ बर्षिय अक्षय राय समेत घाईते भई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१ का २० बर्षिय अर्जुन लिम्बु रहेका छन । मंसिर २९ गते दमक नगरपालिका-६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक-२ का २५ बर्षिय तेज प्रकाश पराजुली धराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बि.एण्ड.सि. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । दमक-१ का २० बर्षिय अर्जुन लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि साबिति दिएको हो । प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । पक्राउ परेका लिम्वुलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।
मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका-१३ सैनिक टोल स्थितबाट CRV जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका-६ का ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी हिजो राती ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ अधिकारी टोल की ५० बर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
बिरानगर महा-नगरपालिका-७ स्थितबाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरानगर-१९ का ४६ बर्षिय विनोद राय, बिरानगर-५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर-१२ का ३९ बर्षिय शिव कुमार कामत रहेका छन । उनिहरुले आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरी चारै जनालाई आवश्यक अनुसन्धान गरीरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१२ पटुवारी टोल स्थितबाट स्कुटर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का २२ बर्षिय गणेश कुमार राम रहेका छन् । मंसिर २९ गते राती साढे ७ बजे सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित पक्राउ गरेको हो । पक्राउ परेका रामलाई हिजो सम्मानित जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
शिबसताक्षी नगरपालिका-८ स्थित डुडाँमारी चोकमा मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा कन्काई नगरपालिका-८ सुरुङ्गा का २८ बर्षिय बिनोद लिम्बु रहेका छन् । हिजो राती सँवा ११ बजे मे ७ प ९८०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक लिम्बु र पछाडि सवार रहेका कन्काई-८ का २४ बर्षिय बिमल सिवा समेत घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याईएकोमा उपचारको क्रममा आज दिउँसो सँवा १ बजे लिम्बुको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको इटहरी उप-महानगपालिका-९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी-४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् । मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ । बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई सम्मानित जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।
झापाको कन्काई नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका-८ की ३८ बर्षीया राधिका सेडाई रहेकी छिन् । हिजो मध्य राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भिर घाईते बनाएकोमा उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याउना साथ उनको मृत्यु भएको हो । ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका-४ का २९ बर्षिय उतम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका-६ स्थितमा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाईकल चालक भोक्राहा-८ का २१ बर्षिय सराज आलम, पछाडि सवार २३ बर्षिय ईरसाद आलम र महपुज आलम समेत घाईते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको मृत्यु भएको हो । त्यसैगरी मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका-७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका-६ का ३३ बर्षिय सन्तोष राई र पछाडि सवार ४० बर्षिय चन्द्र बहादुर राई घाईते भई उपचारको लागि बि. एण्ड सि. अस्पताल बिर्तामोड पुर्याईएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुबै जनाको मृत्यु भएको हो । बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका-६ का ३१ बर्षिय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचिनगर-६ स्थितबाट नक्कली पि.सि.आर. रिपोर्ट बनाउने १ जना पक्राउ परेका छन् । मंगलवार साँझ पौने ५ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका राकेश चौहानले देखाएको पि.सि.आर. रिपोर्ट हेर्दा केही शंकास्पद देखीएसंगै अनुसन्धान गर्ने क्रममा नक्कली रिपोर्ट रहेको खुल्न आएको थियो । उक्त रिपोटमा मेची अञ्चल अस्पतालको लेटर प्याडमा रिपोर्ट नेगेटिभ लेखिएको पाईएसंगै थप अनुसन्धान गर्ने क्रममा उक्त रिपोर्ट मेचीनगर नगरपालिका-६ मा रहेको Ringji Tours and Travels ले उपलब्ध गराएको खुल्न आएको थियो । नक्कली रिपोर्ट साथमा लिई आएका चौहानको बयानका आधारमा Ringji Tours and Travels का संचालक ३६ बर्षिय पेमा तामाङलाई पक्राउ गरिएको हो । तामाङको साथबाट प्रहरीले Acer कम्पनिको ल्यापटप २ थान र EPSON कम्पनिको ल्यापटप १ थान समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-१३ अमरपथ स्थितबाट लागु औषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-३ का २४ बर्षिय उमेश बोगटी रहेका छन् । आज बिहान ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक-७ एम्पुल, फेनारगन-७ एम्पुल, एभिल-७ एम्पुल, डाईजेल्याब-७ एम्पुल र नाईट्रोजन-२० ट्यब्लेट सहित बोगटीलाई पक्राउ गरेको हो । पक्राउ परेका बोगटीको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका-२ का ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका-८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक-पटक गरी नगद रु. १ लाख ७३ हजार रकम ठगि गरेका थिए । पक्राउ परेका अर्यालको सम्मानित जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ घर भई बिराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन् । मिति २०७८ मंसिर २६ गते राती साढे ८ बजे बिराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाईकल सहित दाहाललाई पक्राउ गरिएको हो । पक्राउ परेका दहाललाई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित पथरी बजारमा श्रृंखलावद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी-१ का १९ बर्षिय निमा तामाङ र १९ बर्षिय सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल चोरी, सवारी साधन चोरी, पसल फोडी नगद र सामान चोरी, गरगहना चोरी लगायतमा संलग्न रहदै आएका थिए । उनीहरुको साथबाट मोवाईल-३ थान, ट्यावलेट-१ थान, चाँदीको सिक्री-१ थान, गाडीको चावी-१ थान समेत बरामद गरिएको छ । यसअघि निमा तामाङलाई पथरी शनिश्चरेबाट डाका मुद्धामा सम्मानित जिल्ला अदालतको मिति २०७७ साउन १३ गतेको आदेशानुसार बाल सुधार केन्द्र समेत पठाईएको थियो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
सुर्योदय नगरपालिका-७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् । हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लागिएकोमा माईजोमाई गाँउपालिका-४ का ७६ बर्षिय राम प्रसाद तिमसिना र माईजोमाई-३ का ४० बर्षिय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो । चालक सहित ८ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको ईटहरी उप-महनगरपालिका-४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी-४ का ५१ बर्षिय श्री मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका सालो १९ बर्षिय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका-६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनु भएको छ । कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो । समयको परिवर्तन संगसंगै नागरीकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो । वाँहाले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो । यसैगरी प्रहरी नायव महानिरीक्षक बि.सी.ले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन खेलका बिजय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमालाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत गरी कुल ७८,४१२ (अठहतर हजार चार सय बाह्र) जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो । कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताउनु भएको थियो । बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष चारु कोईराला बि.सी. तथा पदाधीकारीहरु, र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
ईलामको माईजोगमाई गाँउपालिका-४ गैरीगाउँ स्थितमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५४ बर्षिय पुर्ण बहादुर घले रहेका छन् । हिजो बेलुका सवाँ ६ बजे पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार रहेका घले लडेर डालाले किच्दा घटनास्थलमै मृत्यु भएको हो । घटना पश्चात फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका-१ का २० बर्षिय टेकिन्द्र शिवा दर्जीलाई खोजतलासको क्रममा आज बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे बिराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका-४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने हिजो राती ६ बजे बिराटनगर महानगरपालिका-१७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप-महानगरपालिका-१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ बर्षिय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका-५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका-५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका-१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका-५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक-५ की ३४ बर्षीया कमला राई, दमक-५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका-३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् । हिजो राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु. ४० हजार र ३ बुङ तास सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।
रुखबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे की ७३ बर्षीया डम्बर कुमारी दाहाल हुन् । हिजो दिँउसो साढे २ बजे रतुवामाई-१० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा हिजो बेलुका साढे ४ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
स्कारपियोको ठक्करबाट मोटरसाईकल चलकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उप-महानगरपालिका-६ का ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् । हिजो बिहान पौने १० बजे पथरीशनिश्चरे नगरपालिका-२ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १-०२-०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्याईएकोमा उपचारको क्रममा हिजो सवा १० बजे मृत्यु भएको हो । स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका-१ का २६ बर्षिय रोशन बि.क. लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
बैकिङ कसुर मुद्धामा फरार रहेकी महिलालाई पक्राउ गरिएको छ । धरान उम-महनगरपालिका-७ की ५० सुनिला याखालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरेको हो । बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु.५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याखालाई हिजो पक्राउ गरी आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको हो ।
झापाको बिर्तामोड नगरपालिका-२ रामचौक स्थित राजगढ भित्री सडक खण्डमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का ५० बर्षिय नगेन्द्र भण्डारी रहेका छन् । हिजो बेलुका ५ बजे बा ९ च ४०५ नम्बरको कारले ना २० प २१८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका भण्डारीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा हिजो बेलुका ७ बजे मृत्यु भएको हो । कार चालक झापा बाह्रदर्शी गाँउपालिका-४ का ३९ बर्षिय टंक बहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
बैकिङ कसुर मुद्धामा फरार रहेकी महिलालाई पक्राउ गरिएको छ । धरान उम-महानगरपालिका-११ की ४१ बर्षीया मधु राईलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु.४ लाख २८ हजार ६ सय जरिवाना भएता पनि हालसम्म फरार रहेकी राईलाई मंसिर २४ गते पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको हो ।
मोबाईल तथा गरगहना चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ का १८ बर्षिय कल्याण श्रेष्ठ र धरान उप-महानगरपालिका-२२ का २८ बर्षिय मन कुमार बि.क. रहेका छन् । २०७८ मंसिर २४ गते झापाको मेचिनगर नगरपालिका-९ का माधव प्रसाद घिमिरेको घरबाट नोकीया मोबाइल १ थान, संगीता लिम्बुको घरबाट आईटेल कम्पनिको मोबाइल १ थान र शोभा देवी ढुंगानाको सुनका गरगहना चोरी भएको जानकारी प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट तत्काल प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा मेचीनगर नगरपालिका-१० बाट चोरी भएको गरगहना र मोबाईल सहित उनिहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझार स्थितमा ट्रयाक्टर मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् । हिजो बेलुका ७ बजे साईडमा रोकी राखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १-०१-००१-ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् ।आज बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाईते भएका भेन चालक बाह्रदशी गाउँपालिका १ भागडुब्बाका ३४ वर्षिय प्रमोद चन्द्र उप्रेतिको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । दुर्घटनाबाट घाईते हुनेहरुमा बाह्रदशी गाउँपालिका १ का ५५ बर्षीया किमारी निरौला, ५५ बर्षिया गिता घिमिरे, २१ बर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र १२ बर्षिय बिशाल पौडेल रहेका छन् । घाईतेहरुको B&C अस्पताल बिर्तामोड मा उपचार भइरहेको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ बर्षिय हर्क बहादुर बिक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् । आज बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फयालको साथबाट ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।
मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । हिजो राती ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्ना कुमार साहनी घाईते भएका थिए । सहनिको कोशी अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।यसैगरी मोरङकै बुढिगंगा गाऊपालिका २ टंकी स्थितमा हिजो राती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१-०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए । उनको बिराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । सुनसरीको ईनरुवा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह-५ का २० बर्षीय सरोज मन्सुरी र २१ बर्षिय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी बिशेष सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका-४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागु औषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित टिका राई र सोहि स्थानका १९ बर्षिय धनकुमार राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा बुद्धशान्ति गाँउपालिका-३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका-३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् । मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका-३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले हिजो बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ६ बजे बसपार्क एरियाबाट ईलाम नगरपालिका-१० का ३६ बर्षिय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो। यसैगरी बुद्धशान्ति गाँउपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका-११ संखुवासभाका ३० बर्षिय दिपक तामाङ, २८ बर्षिय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका- ४ की १९ बर्षीया संगीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपलिका-१६ का ३२ बर्षिय आशिष बि.क. र ३० बर्षिय संजोग गजमेर रहेका छन् । हिजो बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उप-महानगरपालिका-३ का २८ बर्षिय केमन खड्कीलाई पक्राउ गरिएको छ । बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु.९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुह बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकिछिपी बसेको अबस्थामा आज दिँउसो पक्राउ गरेको हो । पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
झापाको मेची नगरपालिका-६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका-१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् । हिजो बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका-२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक कोशी गाँउपालिका-२ का १८ बर्षिय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । यसैगरी उदयपुरको त्रियुगा नगारपालिका-११ स्थितमा बेल्टारबाट गाईघाट आउदै गरेको प्रदेश नम्बर १ -०५-००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा-१३ राई चौकका चालक २९ बर्षिय बिरेन राई समेत घाईते भई उपचारको लागि न्युरो हस्पिटल बिराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको आज बिहान २ बजे मृत्यु भएको हो ।
बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका-१२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका-३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उर्लाबारी-३ का २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् । आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-२ भानुचोक स्थितबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान-१३ का २७ बर्षिय मिलन तामाङ रहेका छन् । आज बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको हो । तामाङलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिहरेको छ ।
झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका-१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय-८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी रहेका छन् । झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनिहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको FZ मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
झापा मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत फ्रोजपुर का २५ बर्षिय केयर सिंह र भारत मौगा का २५ बर्षिय सुखजित सिंह रहेका छन् । हिजो बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापा मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् । हिजो राती पौने ९ बजे ट्याक्टर बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
झापाको गौरीगंज गाउँपालिका-२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलि खटि खोजतलास गर्ने क्रममा हिजो साढे २ बजे खोलामा डुबी मृत अबस्थामा फेला परेको हो । घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ ।
खोटाङ ऐसेलुखर्क गाँउपालिका-२ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् । हिजो दिउँसो ३ बजे बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोलि खटि गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो । घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय राम कुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको छ । मंसिर १६ गते घनादेबीलाई उनको श्रीमानले कुटपिट गर्दा घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसकी घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको थियो । कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ का २४ बर्षिय राजु मोते भन्ने विवेक मोते बिराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् । यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कोशी गाँउपालिका ८ भाण्टाबरी स्थितमा बस दुर्घटनामा बसका सह-चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ बोखिम स्थितमा ट्याक्टर दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते भएका छन् । हिजो बेलुका पौने ४ बजे ओरक्पाबाट कुन्जरी तर्फ गोलिया लिई जादै गरेको मे१त ६८९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा चालक सोही स्थानका फुङलादिनका २३ बर्षिय अमिन लिम्बु सहित २५ बर्षिय बसन्त लिम्बु, १५ बर्षिय समिर लिम्बु र १९ बर्षिय सुसन लिम्बु घाईते भएका थिए । घाईते बसन्त र अमिनलाई हेलिकप्टर द्वारा घोपा धरान र समिर र सुसनलाई एम्बुलेन्स द्वारा अस्पताल पठाईएको थियो । घाईते मध्ये बसन्तको घोपा धरानमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ भने समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याउन साथ बेलुका साढे ६ बजे मृत्यु भएको हो । अन्य घाईते अमिन लिम्बुको घोपा धरानमा र सुसन लिम्बुको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट थप अनुसन्धान भइरहेको छ ।
झापाको मेचिनगर नगरपालिका ४ राईसिङ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षिय सम्बर बहादुर आले मगर रहेका छन् । हिजो बेलुका ५ बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको WB 74AK6099 नम्बरको भारतिय मोटरसाइकल सवार रहेका मगरको साथबाट ब्राउन सुगर १४ ग्राम बरामद गरिएको थियो । प्रहरीले उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।
लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप-महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका १ का २३ बर्षीय सुरज कामत रहेका छन् । पक्राउ परेका दुवैजनालाई सम्मानित सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी हिजो कारागार चलान गरिएको छ ।लागूऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १ महिना २४ दिन कैद र रु.१ लाख जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सिदिकी र चोरी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु. १५०००/- जरिवाना भई लगत नं.- ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो दिउसो ११ बजे फेला पारी पक्राउ गरि सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको थियो ।
झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशी घाईते भई बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिय गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेको छ ।यसैगरी हिजो दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका ७ ग्वालब्बा स्थितमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेनले सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते मध्ये सोही स्थान बस्ने २८ बर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाईते सोही स्थान बस्ने १९ बर्षीया सम्झना रिसिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो भेन, चालक गौरादह ४ का ३० बर्षिय अशोक कुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान भईरहेको छ ।
मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका १६ का १९ बर्षिय कैलाश मल्लिक रहेका छन् । हिजो बेलुका साढे ६ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका मल्लिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल सिंह रहेका छन् । हिजो राति साँवा ७ बजे निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किचि घाईते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।
सुनसरी ईटहरी उप-महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे प्रदेश नम्बर १-०२-०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय ईटहारीले थप अनुसन्धान गरिरहेको छ ।
उदयपुर चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर का २९ बर्षिय जिबछ मण्डल र १९ बर्षिय रुपेश कुमार सरदार रहेका छन् । हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा स. ११ प ९७९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका दुबैजनालाई मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट प्रतिबन्धित औषधि सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ र २० बर्षिय सागर गोसनी रहेका छन् । हिजो बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनिहरुलाई प्रतिबन्धित औषधि ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।
संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे स्थित ५६ बर्षिय राम बहादुर राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खानतलासि गर्दा गोठमा परालले छोपि लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।
संखुवासभा मकालु गाँउपालिका-५ चौलाखर्क स्थितमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । हिजो दिउँसो पौने ३ बजे घर नजिकैको माछा पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईहरेको छ ।
मोरङको विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् । आज बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा मेचीनगर नगरपालिका ६ मेची पुल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीया सरिता वि.क. रहेकी छिन् । हिजो दिँउसो साढे ३ बजे लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वि.क.ले आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारे पश्चात उनलाई पक्राउ गरिएको छ । पक्राउ परेकी वि.क.को ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् । हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु.१ लाख ५७ हाजर र तीन बुङ तास सहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउ का ६७ बर्षिय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो भकिम्लो टिप्न गएको राई घर नफर्कीदा आज बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
मोरङ रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् । आज बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा साढे १२ बजे चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिवाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवा १० बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका ६ ईचौल स्थितमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् ।हिजो राती सवाँ १० बजे कान्छिचौकबाट कालाबन्जार तर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर गम्भिर घाईते भएका मल्लाहको धरान घोपामा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो । ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।ट्याक्टर चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।
लागु-औषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १३ जानकी चौकका २७ बर्षीय प्रवेश सुनुवारलाई पक्राउ गरिएको छ ।लागु-औषध मुद्धामा सम्मानित उच्च अदालत विराटनगर बाट मिति २०७६ मंसिर २४ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना ३ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं. २८१ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनुवारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारेको हो ।प्रतिबादी सुनुवारलाई आज सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।आज दउँसो साँढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाईते भएका हुन् ।दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि. एण्ड सि. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।हिजो बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् ।आज पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र DIALEX-DC १ बोतल पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
चोरी मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १७ नमस्ते चौक का २८ बर्षीय गोफ्ले भन्ने गोपाल गुरुङलाई पक्राउ गरिएको छ ।चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७६ जेठ ९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः लगत नं. ८९५९ मा रु.५९,९०६/- (उनसाठी हजार नौ सय छ) जरिवाना, लगत नं. ८९६० मा २ महिना कैद र रु.१७,०००/- (सत्र हजार) जरिवाना र ८९६१ मा ८ महिना कैद र रु.५३,०००/- (त्रिपन्न हजार) जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका गुरङलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको हो ।प्रतिबादी गुरुङलाई सम्मानित अदालत बाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
झापा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो ।घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटि गई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।
झापाको भद्रपुर नगरपालिका ७ बोक्तोवारी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी, सोही स्थान ६ संगमटोल का २० बर्षीय राहुल ठाकुर, सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोल का १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन ।हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
मोरङको बिराटनगर महानगरपालिका १५ स्थितमा रहेको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला धनकुटा नगरपालिका १ हिले बस्ने २३ बर्षीय विवेक तामाङ रहेका छन् ।हिजो बेलुका पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरेहेको छ ।
झापाको कन्काई नगरपालिका ७ बिरिङ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ३ का २८ बर्षीय सुप्रकाश राई रहेका छन् ।हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरी धरान उमनपा ५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ ।हिजो बेलुका साढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका ५ का टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अबस्थामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनि ४६ बर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।हिजो बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तिन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झापा कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् ।हिजो दिउसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको B&C अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।बोलेरो र चालक ईलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद र २६,७२,९०६।- (छव्विस लाख वहत्तर हजार नौसय छ) जरिवाना असुल भएको छ । फरार प्रतिवादी पक्राउकै शिलसिलामा डाका मुद्धामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदवेला – १ (हाल ईनरुवा – ७) वस्ने अजित मियाँलाई सोमवार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले २०६८ सालमा रामधुनी -५ निवासी जैयस कुमार साहको घरमा डाँका गरेका थिए । सम्मानित जिल्ला अदालत सुनसरीको २०७५।३।११ गतेको फैसलावाट उक्त घटनामा संलग्न तिनैजनालाई जनही ६ वर्ष कैद तथा ९९,०००।– जरिवाना फैसला भएको थियो । यसरी फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी कार्य गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकै दिन ४२ जना सहित गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो ।
ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका गिरीलाई हिजो सम्मानित जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको छ ।सम्मानित उच्च अदालत बिराटनगरबाट मिति २०७७ साल माघ ७ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष ७ महिना ४ दिन कैद भई लगत नं.- ९४३६ मा कैद बेरुजु रहि सजाय भुक्तान गर्न बाँकी रहेका गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारी पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्नुका साथै जिल्ला झापा, गौरादह नगरपालिका वडा नं.५ वस्ने वर्ष ४६ को मबेसिर हुसेन मियाँ मिती २०७८/०७/११ गते विहान ११:०० वजे देखी हराएको भनि परेको निवेदनका आधारमा निजको खोज तलास गर्ने क्रममा निजलाई कर्तब्य गरी मारी सोही नगरपालिका वडा नं.५ स्थित महमद सद्दामको घर देखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांङ्की भित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मिति २०७८/०७/२६ गते निजको मृतक लाश फेला पारी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान तथा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई २०७८ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण प्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिल बहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाऊपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुङ तास र नगद रु. १ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जना उपचार थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउदा अचानक करेन्ट लागि गम्भिर घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज गंगाचौक लगिएको थिए । घाईते खवासको उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।
झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे पुर्ब तर्फ आउदै गरेको मे १ ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो । अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दाका ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।
धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो । पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ ।हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्दराज राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ ।हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ । ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।यसै गरी सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले हिजै राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो । उनिहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ ।पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा दमक नगरपालिका ४ स्थितमा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् ।हिजो राती साढे १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उदयपुर बेलका नगरपालिका ५ जहडा मदन भण्डारी लोक मार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया ईच्छा कुमारी राई रहेकी छिन् ।हिजो बेलुका साढे ६ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी राईको धरान घोपामा उपचारको क्रममा हिजो राती साढे ९ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट मोटरसाईकल चालक सप्तरी सप्तकोशी नगरपालिका १ का ३५ बर्षीय आलोक राई समेत घाईते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भईरहेको । मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।
सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरिएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।यसै गरी गढी गाऊपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले वरामद २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ ।बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापाको झापा गाऊपालिका ६ भृकुटी चौक की ६२ बर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ ।हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको फङलिङ नगरपालिका -८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङ तर्फ आउदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाऊपालिका ९ मधुमल्लाका २७ बर्षीय पुष्प बि.क. रहेका छन् ।हिजो बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका बि.क.को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पथरी शनिश्चरे नगरपालिका २ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्य रहेका छन् ।आज बिहान साढे ७ बजे प्रदेश-३-००१ ख २०० नम्बरको काठमाडौबाट आएको नाईट बसले बालक आमासंग बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागी पथरी अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।दुर्घटना गराई फरार रहेको बसलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाऊपालिका ६ का ३४ बर्षीय शम्भु थापा सहितलाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
इलाम सन्दकपुर गाऊपालिका १ ,चाँपगैरीका ३० बर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । हिजो बेलुका राती ७ बजे काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुंदा उनले दाजु ३५ बर्षीय ईच्छा मुखियालाई चक्कु प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको थियो ।घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कु सहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बेलबारी नगरपालिका ५ कसेनि स्थितमा ट्याक्टर पल्टदा सवार २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।हिजो बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
झापा, गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका छन् । गत कार्तिक ११ गते विहान ११ बजे देखी हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिईन । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिए पछी हुसेनको हत्या गरेको हुन सक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्यांङ् भित्र दुर्गन्धित अवस्थामा हुसेन मृत फेला परेका थिए । घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य चिजबस्तुहरु बरामद गरीएको छ । हत्याको आरोपमा पक्राउ परेका पाचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लागु-औषध मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ पुरानोबजार ३१ बर्षीय आकाश भन्ने कमल सहनीलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७४ असार ७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना १५ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं.- ८०२४ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सहनीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरि आज सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।
मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् ।आज बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।
झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् ।आज बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको छ । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडा अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेको छ । मृतकको कानुनि प्रकृया पुरा पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
ओखलढुङगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । उक्त ईट्टा भट्टाका कामदार भारतिय नागरीक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । आईतवार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ बर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ बर्षीय बिष्णु साह र सुनसरी दुहबी नगरपालिका ३ का २३ बर्षीय शिवा चौधरी रहेका छन् ।हिजो दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो भने हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट चौधरीलाई डाईलेक्स डिसी ३ बोतल र नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।
झापा अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ बर्षीय सुबास खवास रहेका छन् ।हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटा पाख्रिबास नगरपालिका ८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिबास नगरपालिका ७ थाक्ले बस्ने २१ बर्षीय टंक बहादुर तामाङ रहेका छन् ।आज दिउसो साढे दुई बजे पाख्रिबासबाट घामे तर्फ जादै गरेको को २ त १०४३ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको ईन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदिको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।आज दिनको ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागी घाईते भएका तामाङको उपचारको बिराट टिचिङ ल्याएकोमा अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने तिमल्सिनाको आज बेलुका ४ बजे घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल लादा लादै बाटैमा मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ बर्षीय प्रदिप बस्नेत रहेका छन् ।आज दिउसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
हिजो बेलुका सँवा ४ बजे विराटनगरको सिमा क्षेत्रबाट लागूऔषध सहित दुई जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १ का २२ बर्षीय रमेश भट्टराई र धरान उपमहानगरपालिका १३ का प्रदिप लिम्बु रहेका छन् ।सिमा प्रहरी चौकी रानीबाट खटीएको प्रहरी टोलीले भट्टराईलाई लुपिजेसिक १६ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजाल्याब १६ एम्पुल, एभिल १६ एम्पुल, नाईट्रोभेट १० ट्याप्लेट सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई एभिल ३३ एम्पुल, डाईजाल्याब ३३ एम्पुल , लुपिजेसिक ३३ एम्पुल, फेरागन ३२ एम्पुल सहित पक्राउ गरेको हो ।पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका दुवै जनाको मृत्यु भएको छ ।आज दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको बेलुका ५ बजे मृत अवस्थामा फेला परेको छ ।
मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोल स्थितबाट एक जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सबिन लिम्बु रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ४३० मिलीग्राम र नगद रु ५० हजार ४ सय सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन । घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो । घटानाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ३ बजेको समयमा भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका मादी गाउँपालिका-९ संखुवासभाका ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
सुनसरीको कोशी गाऊँपालिका-२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका-७ की १६ बर्षीया बर्षा साह र उनिसंगै रहेकी २ बर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो भने घाईतेलाई थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ओखलढुङगा मोलुङ गाऊपालिका ७ पात्ले खानिचौर २२ बर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।हिजो दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेकोमा उक्त रुखबाट लडि घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ ।हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरी कोशी गाऊपालिका ८ भण्टाबारी चोक स्थित पुर्व-पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाईते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० बर्षीय अल्ताप मिया र पछाडी सवार ३० बर्षीय गियासुदिन मिया रहेका छन् । उनिहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र१-०१-००१ ख ३५३० नम्बरको बसले बिपरित दिसा तर्फबाट आउदै गरेको प्र.२-०१-००१प ०७६३ मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो । बस र बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ बर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
मोरङ ग्रामथान गाउँपालिका २ झङ्ग्राही स्थित सुखानी खोलाकोपुलबाट मोटरसाईकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कटहरी गाऊपालिका ५ का २१ बर्षीय आशिष सरदार रहेका छन् ।आज बिहान ७ बजे पुर्व तर्फ जादै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमानै मृत्यु भएको हो । घटनको बारेमा थप अनुसन्धान भईरहेको छ ।
हिजो बेलुका मोरङ, झापा र उदयपुरमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाईते भएका छन् । हिजो बेलुका ६ बजे मोरङको केराबारी गाऊपालिका ९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल सवार तिन जना मध्ये दुईजनाको घटनास्थलमानै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदीको घट्नास्थलमा मृत्यु भएको हो भने पछाडी सवार लेटाङ नगरपालिका २ कि ४५ बर्षीया सिता कार्की घोपा धरानमा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्प बहादुर मगर ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा-पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको साईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भई उपचारको लागी रंगेली अस्पताल लानै क्रममा मृत्यु भएको छ । यस्तै, हिजो बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पुर्व तर्फ जादै गरेको स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पुर्व तर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारी रहेका छन् उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पुर्व-पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाईते भई उपचारको लागी B&C अस्पताल बिर्तामोड लगिएको थियो । घाईते मध्ये स्कुटी पछाडी सवार रहेका मनिसको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाऊपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाईकल सहित फरार रहेकाले खोज तलास भईरहेको छ ।यस्तै हिजो राती साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलिबारी स्थित पुर्व-पश्चिम राजमार्गमा पुर्व तर्फ जादै गरेको प्रदेश-१-०४-०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका ४ जना घाईते भएका थिए । घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । घाईते मध्ये अभिषेक श्रेष्ठको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाईतेहरुको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
संखुवासभाको सभापोखरी गाऊपालिका ६ पात्ले दह स्थित सभाखोलाले बगाएका दुई बालक मध्ये एक जना मृत अबस्थामा फेला परेको छ भने अर्का बालक अझै बेपता भएका छन् । मृत्यु हुनेमा सोही स्थानका भक्त बहादुर बि.क.का ९ बर्षीय छोरा बिपन बि.क. रहेका छन् भने उनकै घरमा पाहुना आएका सभापोखरी गाऊपालिका १ का रहि बहादुर बि.क.को ८ बर्षीय छोरा रैतिन बि.क. बेपत्ता भएका छन् ।आज दिउसो १ बजे उनिहरु नुहाउने क्रममा खोलाले बगाएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली खटि गई खोजतलास बिपनलाई बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल मृत अबस्थामा फेला पारिएको छ भने अर्का बालक रैतिनको खोजतलास भईरहेको छ ।
मोरङको बेलबारी नगरपालिका ९ का ७२ बर्षीय हर्क बहादुर राईको लडेर मृत्यु भएको छ ।आज दिउसो ३ बजे सोही स्थान डागाबजार चौकमा रहेको काठको फलैचाबाट लडेर घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रेसरको बिरामी भएको आफन्तबाट बुझिएको छ । घटनाको समबन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरी कोशी गाऊपालिका १ राजापोखरी स्थित पुर्व-पश्चिम राजमार्गमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ८ का ५९ बर्षीय सत्य नारायण साह रहेका छन् ।आज बिहान ८ बजे आफैले चलाएको साईकलबाट लडि घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
मोरङ उर्लाबारी नगरपालिका ७ कुलुङ चोकका ७२ बर्षीय रघुनाथ खतिवडाको करेन्ट लागेर मृत्यु भएको छ ।आज बेलुका ५ बजे कलको मोटर खोली कल चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
मोरङको उर्लाबारी नगरापालिका ४ आईतबारे चोक स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय नगेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् ।आज दिउसो साढे १ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ७८२८ नम्बरको यात्रु बाहक बसले विपरीत दिशाबाटआउदै गरेको प्रदेश१-०२-०४१प ४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक रहेका ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र बस चालक उर्लाबारी नगरपालिका २ का ३७ बर्षीय रुद्र थापा ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
खोटाङको दिप्रुङचुईचुम्मा २ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ ।आज दिउसो १ बजे घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडि घाईते भएकी उनको उपचारको लागी लैजान लाग्दा घरमै मृत्यु भएको थियो ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका २ का १९ बर्षीय बिषेश मगर रहेका छन् ।आज दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुल सहित पक्राउ गरिएको हो ।पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
मोरङ धनपालथान गाऊपालिका ३ मोरीयापुल स्थितमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् ।आज दिउसो साढे २ बजे रंगेली-बिराटनगर सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्र १-०४-००१ख ००२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरी टोली खटि गई दुवै घाईतेलाई उपचारको लागी रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमानै उपचार भईरहेको छ ।दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेको प्रहरी चौकी प्याउलीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा प्रहरी चौकी प्याउलीको कार्यालय भवन, ब्यारेक तथा भान्साघरको निर्माण सम्पन्न भएको हो ।भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।
मोरङ रंगेली नगरपालिका ८ दर्बेशा चौक स्थितमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् ।आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।ठक्कर दिने ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।