प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु
२०७९-०८-१६

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भद्रपुर नगरपालिका-७ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०१-००१ प १०७७ नम्वरको टिफरले साईकल यात्री स्थानिय अजय ऋषिदेवको ११ बर्षीया छोरी शिल्पा ऋषिदेवलाई ठक्कर दिदा घाईते भएकि ऋषिदेवको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन राती साढे ९ बजे दमक नगरपालिका-९ स्थित पुर्व पश्चिम लोकमार्गमा प्रदेश १-०१-०१६ प ८९९ नम्वरको मोटरसाईकलले पैदल यात्री माई नगरपालिका-१० इलामका ४७ बर्षीय गोपाल राईलाई ठक्कर दिदा घाईते भएका राईको थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसै गरी सुनसरीको कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा बा.१ प १४४० नम्वरको हायसले प्रदेश १-०२-०४५ प ५५७८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक इनरुवा नगरपालिका-३ का ३५ बर्षीय राज कुमार शर्माको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने भोक्राहानरसिंह गाउँपालिका-४ स्थित पुर्व पश्चिम लोकमार्गमा को.१ च ९०७७ नम्वरको पिकअपले को. ७ प ४५९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सप्तरी राजबिराजका २४ बर्षीय सुजित कुमार  यादवको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी २ जना पक्राउ
२०७९-०८-१६

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) को प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का २८ बर्षीय देव भन्ने दिपक विश्वकर्मा र बुढीगंगा गाउँपालिका-२ का ३० बर्षीय मनिराम भन्ने मानिकचन्द्र ऋषिदेव रहेका छन । प्रहरीले उनिहरुलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । विश्वकर्मा चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०३।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र २५ हजार जरिवाना र सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०३।१३ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ७ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए भने ऋषिदेव चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७।११।०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ११ दिन कैद र २ हजार जरिवाना भई बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए । पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागी मोरङ कारागार पठाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०८-११

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।  सम्मानित सुनसरी जिल्ला अदालतको  मिति २०७९|०३|१७ गतेको फैसला आदेशले हात-हतियार खरखजना मुद्धामा ५ महिना ६ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका धरान उप-महानगरपालिका ६ का ३२ बर्षिय मनि तामाङ्, २९ बर्षिय सिद्धार्थ राई, ४२ बर्षिय राम बहादुर योन्जन र ३४ बर्षिय शम्भु दाहाललाई खोजतलास गर्न क्रममा   गाउघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि सुनसरीको झुम्का कारागार पठाईएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०८-११

मोरङ र झापाको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार  बिहान ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ जय चोक स्थित पुर्व पश्चिम राजमार्गमा प्रदेश १-०२-००४० प  ७७८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ बर्षिय मनिहाङ लिम्बुको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका-९ स्थित भित्री सडक खण्डमा धान बोकेको प्रदेश १-०१-००१ त ८४८९ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका बिर्तामोड-९ का ७२ बर्षीय बुद्धिराज श्रेष्ठ घाईते भई उपचारको लागी B&C अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुराउन साथ मृत्यु भएको थियो । दुर्घटनामा संलग्न रहेका ट्रयाक्टर चालक ज्ञान बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०८-११

झापाको मेचीनगर नगरपालिका-७ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-७ का २४ बर्षीय मिन बहादुर उप्रेती, २४ बर्षीय अमृत सुन्दास, मेचीनगर-८ का २० बर्षीय सुसन राजबंशी र बुद्धशान्ती गाउँपालिका-१ का ३२ बर्षीय अर्जुन तामाङ रहेका छन । हिजो बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  उनिहरुको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित
२०७९-०८-०९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  प्रहरी नायव उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) ले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी नायव उपरीक्षक राज कुमार राई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रही अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएको तथा प्रहरी निरीक्षक थापा ईलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा कार्यरत रही दमक १० बस्ने १५ बर्षीय दियुष श्रेष्ठ र उर्लाबारी-८ का ४२ बर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरुमा अभियुक्तहरुको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएकोले दुबै जनालाई कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०८-०८

सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् ।  बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet  प्रतिबन्धित लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०७९-०७-२७

झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-१ झापा घर भई बुद्धशान्ति-३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट  खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउन सुगर  बरामद गरेको हो भने मेचीनगर-८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउ सुगर र डिजिलट तराजु १ थान समेत बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको र बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०७-२७

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-८ स्थित  भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल झरी दुर्घटना हुँदा टेम्पोमा सवार रहेका  पाथिभरा याङबरक गाउँपालिका-१ का ७५ बर्षीय धन बहादुर गुरुङ र उनकै नाति ११ बर्षीय इशान गुरुङको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२०७९-०७-२४

झापाको बुद्धशान्ति गाउँपालिका-१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ बर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए ।  उनको प्रहारबाट श्रीमतीको घटना स्थलमै मृत्यु भएको  थियो । तत्काल घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले करुवा प्रहार गर्ने गोरडलाई घटना स्थलबाट नै पक्राउ गरेको हो ।  पक्राउ परेका गोरडको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरड भारतको महाराष्ट्र घर भई बुधबारे बजारमा सुन पसल संचालन गरी बस्दै आएका थिए ।

आगोबाट जली ५ बर्षीय बालकको मृत्यु
२०७९-०७-२४

भोजपुरको हतुवागढी गाउँपालिका-५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी-५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशाराई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चात दुबैलाई थप उपचारको लागि घोपा धरान लैजादै गर्दा आयुष राईको बाटोमा नै मृत्यु भएको हो । उक्त आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ
२०७९-०७-२३

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ का ३३ बर्षीय राजेन्द्र राईले आफ्नै छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राती मादक सेवन गरेका राईले सामान्य वाद बिवादको क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको र २ बर्षीया छोरी रितिका राईको हत्या गरेका थिए । छोरीको हत्या र श्रीमतीलाई खुकुरी प्रहार गरेका राईले आफ्नो टाउकोमा समेत खुकुरी प्रहार गरी घाईते भएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएकि उषा राईको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ भने घाईते अवस्थामा पक्राउ परेका राईको समेत प्रहरीको निगरानीमा सोही अस्पतालमा उपचार भईरहेको छ । राईको ज्यान सम्बन्धि कसुरमा सम्मानित जिल्ला अदालत ओखलढुंगाबाट प्रकाउ अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

योग शिविर सम्पन्न
२०७९-०७-२३

१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरु समेत गरी ५५२ जनाको सहभागिता रहेको थियो ।प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वासका साथ पतन्जली योग समिति नेपाल र नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ  बिच प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराउने सम्झौता भए बमोजिम नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरू तथा प्रहरी तालिम केन्द्रहरुमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई पतन्जली योग समितिले योगाभ्यास गराउदै आईरहेको छ । आफ्नो घर परिवारबाट टाढा रहेर पनि जनताको जिउ धनको सुरक्षार्थ अहोरात्र खटिने नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई योगले थप सेवाको भावना जागृत गराउनुका साथै मानसिक एवं शारीरिक तनाबबाट मुक्त बनाई  चौबिसै घण्टा कार्यक्षेत्रमा खटिन सक्ने क्षमताको बृद्धि गर्नका लागि प्रहरीलाई योग आवश्यक रहेको  योग गुरु खनालले बताउनु भयो ।संचालित योग शिविरमा समादेशक बास्तोलाले आफ्नो भनाई राख्नु हुदै मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश र विचलनलाई नियन्त्रण गरी शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योग प्रभावकारी रहेको बताउदै समाजमा घटने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिई आफ्नो जिम्मेवारी बहन गर्ने प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको महत्वपुर्ण स्थान रहेको कुरा वहाले बताउनु भएको छ ।साथै पतन्जली योग समितिद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरुलाई समेत मंगलबारबाट ५ कार्य दिनको योगाभ्यास शिविर संचालन गरेको छ ।

अवैध गाँजा सहित मानिस पक्राउ
२०७९-०७-२२

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो । अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका-४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई समेतलाई  प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्काईभेटरमा आगजनि गर्ने पक्राउ
२०७९-०७-१६

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी-१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी-२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जली क्षेति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी-१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको छ । उक्त स्काईभेटरले माझिटार-हिलेछाप कच्चि भित्रि सडक खण्डमा  मर्मत कार्य गर्दै आईरहेको थियो ।

लागुऔषध सहित १ जना पक्राउ
२०७९-०७-१५

सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले  धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६  ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संलग्न ५ जना पक्राउ
२०७९-०७-१५

झापाको दमक नगरपालिका-१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका  ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी-७ का सपन खत्री रहेका छन । उनिहरुले पुर्व रिसिईवीको कारण श्रेष्ठलाई कार्तिक १३ गते आईतबार राती साढे १० बजे उर्लाबारी-७ स्थित मावा खोलामा लागेको छैठ पुजाको मेलामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाईते भएका श्रेष्ठको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । घटनामा संलग्न रहेका ५ जनालाई  जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको चक्कु सहित नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०७-१०

मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितमा प्रदेश १-०२-००३ त १५७८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरका चालक कानेपोखरी-४ का ५० बर्षीय ज्ञान बहादुर लुङ्गेली मगर गम्भिर घाईते भई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोही दिन बेलुका ६ बजे शिवसताक्षी नगरपालिका-९ स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोड तर्फ जाँदै गरेको मे. १ ख २३२१ नम्वरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको  प्रदेश १-०१-०१२ प ४९९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक  दमक नगरपालिका-६ का २३ बर्षीय रोनि बोसको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा  मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मेचिनगर-१४ का बिकाश राईलाई प्रहरीले नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाईकल दुर्घटनाहुँदा २ जनाको मृत्यु
२०७९-०७-०९

उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका-१ स्थितमा प्रदेश १-०२-०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । यसै गरी साँझ साढे ७ बजे कटारी नगरपालिका-११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक कटारी-११ का २४ बर्षीय यम्बर बहादुर श्रेष्टको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०७-०९

झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ स्थितमा चेक जाँचको क्रममा मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-९ झापाका २६ बर्षीय अजय माझी र २८ बर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको  छ  भने अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगाउन छेउमा संकित अवस्थामा रहेका अर्जुनधारा-११ का  ३४ बर्षीय दिनेश दर्जी र ३८ बर्षीय राज कुमार कार्कीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भए संगै  पक्राउ गरेको  हो ।ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै
२०७९-०७-०८

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ । ''सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका बृद्धा असाह्य आमाहरुलाई बिहानको भोजन गराउनु भएको हो । प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले मानव सेवा आश्रमले बेसहारा, असाह्य, अनाथ, अभिभावक विहीन तथा सडक आस्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई हृदय देखि धन्यवाद दिनु हुदै १ नं. प्रदेश प्रहरी श्रीमती संघ पनि यस्ता बिविध सामाजिक कार्यहरुमा निरन्तररुपमा हातेमालो गर्दै मानव सेवाको लागि कल्याणकारी कार्यहरु गर्दै रहने कुरा बताउनु भयो ।

असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-०७-०६

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै ताप्लेजुङ र इलाम जिल्लामा कर्तव्य ज्यान जस्तो जघन्य अपराधको घटना घटाई वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई वारदातमा प्रयोग भएका धारिलो हतियार सहित पक्राउ गर्नुका साथै IME बाट नगद तथा सुन डाका गरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले काठमाण्डौ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वर काठमाण्डौ गण मुख्यालय दरवन्दी भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी करफोक इलाम दरवन्दी भई प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल अशोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।    कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना १ नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण
२०७९-०७-०३

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरु लगायत निर्वाचन सुरक्षार्थको निम्ति छनौट भई जिल्लामा तालिमरत रहेका म्यादी प्रहरीहरुलाई समेत निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो । साथै तालिमरत म्यादी प्रहरीहरुलाई आफुहरु मतदानमा सहभागी हुन नपाए पनि आफ्नो जिम्मेवारीलाई अवसरका रुपमा लिई त्रुटिरहित ढङ्गबाट उच्च मनोबलका साथ ड्युटी निर्वाह गर्न, कमान्डरको कानुनसम्मत आदेशको पालना गर्न र व्यक्तिगत सुरक्षाको ख्याल गर्दै मतदान केन्द्र, मतपत्रलगायतका निर्वाचनसँग सम्बन्धित सामग्री र व्यक्तिहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण
२०७९-०७-०३

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो । साथै चाडपर्वको समयमा सुरक्षा ब्यबस्था थप मजबुद बनाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण
२०७९-०७-०२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई  प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्नका साथै चाडपर्वको समयमा बिशेष ध्यान दिई सुरक्षा ब्यबस्था मिलाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भयो ।  

भतिजालाई गोली प्रहार गरी आफु मृत अवस्थामा फेला
२०७९-०७-०२

झापाको गौरादह नगरपालिका-८ स्थितमा आफ्नै भतिजा १५ बर्षीय हेमराज साहलाई गोली प्रहार गरी ३५ बर्षीय काका बिरन साह गोली लागि मृत अवस्थामा फेला परेका छन । हिजो साँझ ७ बजे गौरादह-८ जुरोपानीका बिरन साहले आफ्नै दाई उमेश साहको छोरा हेमराज साहलाई वाद बिवाद हुँदा गोली प्रहार गरी घाईते बनाई बिरन साह घरबाट भागेकोमा घर देखि १०० मिटर टाढा सुकुना खोला किनारमा  कन्चटमा गोली लागि मृत अवस्थमा फेला परेका थिए । घाईते हेमराजको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले घटना स्थलबाट कटुवा पेस्तोल १ थान, म्यागजिन २ थान, गोलीको खोका १ थान र १५ राउण्ड गोली बरामद गरेको थियो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार द्धारा ट्राफीक बरिष्ठ हवल्दार पुरस्कृत
२०७९-०६-३१

६७ औ प्रहरी दिवश २०७९ को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार प्रहरी बरिष्ठ हवल्दार तुलसी प्रसाद पोखरेललाई प्रदान गरिएको छ । यसै बर्षबाट शुरु भएको २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मधयेबाट १ जना प्रहरी कर्मचारीलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका पोखरेलले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ईटहरी चोक लगायत बजार एरियामा  ११ वटा  जेब्राक्रस निर्माण गरेको, ईटहरी चोकमा जडित ट्राफिक बत्तिको संचालन र  कार्यान्वयनमा बिशेष भुमिका निर्वाह गर्नुका साथै ट्राफिक आवागमनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने हवल्दार पोखरेललाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान प्रदान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको हो ।

साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट २ जना प्रहरी कर्मचारी पुरस्कृत
२०७९-०६-३१

यस बर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादबलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरुलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्न सफल भएको साथै कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको साथै कर्सियाको बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरुको समूह आई बैंकको गार्डलाई गोली प्रहार गरी नगद समेत लुटी फरार भएका ३ जना अभियुक्तलाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले  वहाँहरुलाई पुरस्कृत गरेको हो ।वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप   साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो । प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिनु भएको छ ।पुरस्कृत हुने प्रहरी द्धयले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् । स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनु भएको छ । साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथी माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  ।

प्रहरी दिवश २०७९ सम्पन्न
२०७९-०६-३१

६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।१ नं. प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतका उपस्थित महानुभावहरुले १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले  प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा नि:शुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर-पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी वाँहाले उत्कृष्ट कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै वहाँले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा  रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्नु मुख्य आवश्यकता रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरु, बिभिन्न बिद्याहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र उच्च शिक्षा अध्ययन गर्ने बहालवाला, पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सन्ततिहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले छात्रवृती प्रदान गर्नु भएको थियो भने बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कृत गर्नु भएको थियो । प्रहरी दिवशको अवसरमा आयोजना भएका बिभिन्न खेलकुदमा पुरस्कृत हुने खेलाडीलाईहरु बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो । प्रहरी दिवशको अवसरमा १ नं. प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका  परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने उक्त कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

निशुल्क स्वास्थ्य शिविर संचालन
२०७९-०६-३०

"६७ औ प्रहरी दिवश २०७९ को अवसरमा  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।  ईलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बि.एण्ड.सि. अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका-११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङगनमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।  नेपाल रेडक्रस सोसाईटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न संघसंस्थाहरुको सहभागितमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिईएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाईनो रोग सम्बन्धीका बिरामीहरुलाई निशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो  ।

हत्यामा संलग्न ३ जना पक्राउ
२०७९-०६-२८

सिरहा गोलबजार-३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कमला नगरपालिका-६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका-५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले आज दिउसो बिराटनगरबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर-११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई  हत्या गरेको खुल्न आएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०६-२७

१ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका - ३ का ५८ बर्षीय राम बहादुर  भण्डारी र लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।१२ गतेको फैसला आदेशले १ महिना ९ दिन कैद र रु.५-०,०००/- (पचास हजार रुपैया) जरीवाना तोकिएका धरान उपमहानगरपालिका - ५ का ३७ बर्षीय बुद बहादुर बिश्वकर्मालाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार चलान बएका छन् ।

रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०६-२७

"६७ औँ प्रहरी दिवस २०७९" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक ब्यबस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश बिशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् । साथै १ नम्बर प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आजै आ-आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

हत्याको आरोपमा २ जना पक्राउ
२०७९-०६-२५

सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् । पक्राउ परेका मध्ये भुजेल र मृतक चौधरीको ज्वाई जेठानको नाता रहेको र हत्या हुनु एक दिन अगाडी घरायशी बिबाद भई टोलका स्थानीयहरु बसी छलफल समेत भएता पनी सोही रिईसिबिका कारण असोज २२ गते भुजेलले आफ्नै अटोमा बोकेर ल्याएको धारिलो हतियारले ईटहरीको नेशनल गल्ली छेउमा चौधरीलाई प्रहार गर्दा चौधरीको बायाँ हात छिनेको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी धरान पठाएता पनी उपचारको क्रममा चौधरीको मृत्यु भएको थियो । घटना पश्चात तत्काल फरार रहेका भुजेललाई खोजतलासको लागी खटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले भुजेललाई बिराटनगरको रानी एरियाबाट पक्राउ गरेको हो । भुजेललाई पक्राउ गरेसंगै भगाउन सहयोग गर्ने अर्का अटो चालक मण्डललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जना पक्राउ
२०७९-०६-२४

ताप्लेजुङको फुङलिङ नगरपालिका-५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका-२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका-१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा-१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन । गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका  बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत डाँका गरी भागेको घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई  सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका  पाँचथरको फालेलुङ-८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हत्याको आरोपमा ३ जना पक्राउ
२०७९-०६-२४

झापाको अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा-४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका-१२ का २१ बर्षीय अमृत आचार्य र आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेका छन । उनिहरुले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङगाको लोहोरो र चक्कु समेत प्रहार गरी अचेत बनाई होटल भन्दा १५० मिटर टाढा अर्जुनधारा-११ स्थित प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फ्यालिदिएको मृत अवस्थामा गुरुङ असोज १८ गते बिहान फेला परेका  थिए ।  असोज १७ गते गुरुङ र उनिहरु बिच होटलको कोठामा मादक पदार्थ सेवन गरी तास खेल्ने क्रममा वादबिवाद भई झगडा हुँदा लोहोरो र चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०७९-०६-२४

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ४० बर्षीय मनोज भन्ने चुलाई पासवान र बिराटनगर-५ का ३० बर्षीय बिकाश मण्डल रहेका छन । सम्मानित मोरङ जिल्ला अदालतको सजाय निर्धारण फैसला आदेशले पासवान बहु-विवाह मुद्धामा ६ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना र मण्डल बिना प्राविधिक औषधी पसल सञ्चालन मुद्धामा ५ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका थिए । फरार रहेका उनिहरुलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।

छानबिन समित गठन गरिएको
२०७९-०६-१५

मोरङको बिराटनगर महानगरपालिका-८ स्थितमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका २ जना कैदीलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालबाट भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानविन समिति गठन गरेको छ । आज बिहान ९ बजे मोरङ कारागारबाट लागुऔषध मुद्दाका कैदी २८ बर्षीय मन्जिल गुरुङ र जवस्जस्ती करणी मुद्दाका कैदी २८ बर्षीय राज कुमार हेमरनलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुबै जना भागी फरार रहेका छन । कैदी भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरीएको छ । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो स्थलगत रुपामा खटि गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०६-१३

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका-२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका-३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्य पहाडी लोकमार्गमा को.४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-१७ स्थित चतरा सडक खण्डमा को.२ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०६-१२

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका-५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका-८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा  उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड-५ स्थितबाट माई नगरपालिका-२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका-५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लुटपाटमा संलग्न ३ जना पक्राउ
२०७९-०६-११

ईलामको माई नगरपालिका-४ की ८० बर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका ३ जनालाई प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका मेचिनगर-३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका-३ का ३४ बर्षीय सन्तोष मगरलाई लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैया सहित आईतवार नै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले  थप अनुसन्धान गरिरहेको छ ।

नव निर्मित प्रहरी कार्यालय भवनको उद्घाटन
२०७९-०६-११

ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।  भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो ।  कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरीकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरीकले सुरक्षाको प्रत्याभुती पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।  नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।

भिड नियन्त्रण तालिमको अवलोकन तथा निर्देशन
२०७९-०६-०९

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा संचालित भिड नियन्त्रण तालिमको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले अवलोकन गरी प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुहुँदै प्रहरी नायव महानिरीक्षक गिरीले तालिममा सिकेका सिप र ज्ञानलाई कार्यक्षेत्रमा अक्षरस पालना गर्न र भिड नियन्त्रणको समयमा मानव अधिकारको  सम्मान र संरक्षण गर्दै शान्ति सुरक्षा कार्यमा खटिन समेत निर्देशन दिनु भएको हो । तालिमरत प्रशिक्षार्थीहरुले भिड नियन्त्रण सम्बन्धी डेमोहरु कौशलता पुर्वक प्रदर्शन गरेका थिए ।

फरार प्रतिवादी पक्राउ
२०७९-०६-०९

अदालतबाट बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहदै आएका दुई जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । चोरी मुद्धामा जिल्ला अदालत मोरङको २०७८।१२।१० गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद र रु.५,०००/- (पाँच हजार रुपैया) जरीवाना तोकिएका विराटनगर महानगरपालिका - १५ का ३१ बर्षीय रमेश भन्ने ओम प्रकाश साहलाई आज पक्राउ गरेको हो । यसैगरी लागु-औषध गाँजा मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०१।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २३ दिन कैद र रु.५,०००/- (पाँच हजार रुपैया) तोकिएका धरान उप-महानगरपालिका - १६ का ३४ बर्षीय किरण धिमाललाई समेत आजै पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु
२०७९-०६-०९

सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १-०२-०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका-६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा ६० बर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-०६-०७

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला  प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । आज दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन  निर्देशन दिनु भएको हो । निर्देशनकै क्रममा वहाँले बस पार्कहरुमा यात्रुहरुको बढि चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्न लगाई कडाईका साथ कार्यान्वयन गर्ने  साथै  मा.प.से. चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ र गस्ति पेट्रोलिङ बढाई कडाईका साथ चेकजाँच गर्न र  बस पार्क तथा बसमा रहेका यात्रुहरुलाई यात्रा सुरक्षित बनाउन जनचेतनामुलक प्रशिक्षण समेत दिई  नागरिकको सुरक्षामा खिटन  निर्देशन दिनु भएको छ ।  

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ
२०७९-०६-०७

झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा  काटी गम्भिर घाईते बनाई घटना स्थलबाट भागी फरार भएको र घाईते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको घटना सम्वन्धमा तत्काल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिहरुको खोज तलास गर्ने क्रममा चुलाचुली-४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत ९ जनालाई बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।  प्रहरीले उनिहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला परी बरामद गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्‍ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ भने घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ  ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०६-०६

मोरङको रंगेली नगरपालिका-७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका-४ का २५ बर्षीय अमित कुमार दाश र  ३५ बर्षीय निलेश दाश रहेका छन । हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा  पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । प्रतिबन्धित लागुऔषध बरामद भए संगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

नेटवर्किङ ठगीको आरोपमा ईटहरीबाट ६ जना पक्राउ
२०७९-०६-०५

नेटवर्किङ ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ६ जनालाई पक्राउ गरेको छ । ईटहरी-९ मा Global ORIENS NEPAL Pvt. Ltd. नामक कार्यालय संचालन गरी हप्तामा १०-१२ हजार सम्म कमाई हुने काम पाईन्छ भनि सर्वसाधरणलाई बोलाई यसको सदस्य बने धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनि प्रलोभनमा पारी सदस्यता दस्तुर लिई सदस्य बनाई नेटवर्किङ (संजाल) निर्माण गरेर सर्वसाधरणबाट रकम असुली गरी ठगि गरीरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संग्लग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ की  ससिता राई, सुन्दरहरैचा - ७ बस्ने संजिव माझी ,ग्रामथान ‍ ३ का विक्रम माझि, कटहरी - ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड - १० का पदम राई रहेका छन् । निजहरुको अफिसबाट प्रहरीले कम्प्युटर,ल्यापटप,मोबाईलफोन,बिभिन्न ब्यक्तिको फोटो,नागरीकता सहितको सम्झौतापत्र,  Global ORIENS NEPAL लेखेको टिकट,बिल,छाप,मेडल,प्रमाण पत्र,ईजाजत पत्र,व्यवसायी दर्ता प्रमाण पत्र,  Dargelling, Dubai, Singpor, Bangkok  tour achiver लेखेको बिभिन्न व्यानरहरु, Golbal IME Bank को फ्रेम गरेको चेक ३ थान ,ORI floor cleaner ,skinvita, hair style, tulsi drops, winter cherry लगायतका सामानहरू बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा नेटवर्किङ ठगी सम्बन्धी मुद्धा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

हत्याको घटनामा संग्लग्न २ जना पक्राउ
२०७९-०६-०५

सुनसरीको धरान उप-महानगरपालिका-२० की ६४ बर्षीया पुर्णसरी रईको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । भदौ २९ गते दिउँसो राई आफ्नै घरमा मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनसन्धानको क्रममा राईको शरिरमा धारिलो हतियारले काटिएको पाएसंगै हत्याको आशंकामा सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटना भएको केही दिनमा घटनामा संग्लग्न २ जनालाई पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान (RIT) समुह, संघिय प्रहरी ईलाका कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा परिचालन भएको प्रहरी अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका धनकुटाको सागुरीगढी गाउँपालिका-०८ ढुङ्गेका १८ बर्षीय निखिल भन्ने नकुल राई रहेको खुले संगै राईलाई असोज २ गते बिराटनगरको रानीबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा उक्त घटनामा भोक्राहा नर्सीङ गाउँपालिका - ६ का २० बर्षीय रन्जित कुमार साहको संग्लग्नता रहेको खुले संगै साहलाई समेत पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका राईले पुर्णसरी राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको र राईले लगाएको सुनको सिक्री तथा कुन्डल समेत लुटेर लगेको खुल्न आएको छ। उक्त लुटेको सुनका गहना  रन्जित कुमार साहको घरमा लुकाई छिपाई राखेको अवस्था बरामद भएको थियो । यसरी हत्या आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
२०७९-०६-०५

ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ बर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलवार बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-१० का २७ बर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका चेम्जोङलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना ३ जनाको मृत्यु
२०७९-०६-०५

सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी-९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका पैदल यात्री ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दिंदा घाईते भएका भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा १४ च ९१०८ नंम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किदा घाइते भएका कार चालक सप्तरी लेगडा-५ का ४४ बर्षीय बलराम यादव र ईटहरी-१० की ३० बर्षीया गिता चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको तथा सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लत्ताकपडा सहित ट्याक्टर नियन्त्रणमा
२०७९-०६-०३

मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । हिजो बेलुका ४ बजे  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट BR38 B 2378 नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो ।  बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चोरीको समान सहित २ जना पक्राउ
२०७९-०६-०३

सुनसरीको इटहरी उपमहानगर पालिका-२० स्थितबाट प्रहरीले चोरीको समान सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-२० का आशिष चौधरी र किरण क्षेत्री रहेका छन । इटहरी-२० स्थितमा रहेको  किरण क्षेत्रीले संचालन गरेको कवाडी पसलमा चोरी गरेको सामग्री बेच बिखन भईरहेको छ भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई राठी कम्पनीको वाईरिङका तार ८ पाकेट चोरी गरी बेचीरहेको अवस्थामा पक्राउ गरेको हो । चौधरी पक्राउ परे संगै सोधपुछको क्रममा  पहिला समेत चोरी गरेका अन्य सामग्री सोही पसलमा बिग्रि गरेको भनि चौधरीले बयान दिएका आधारमा प्रहरीले कवाडी पसलमा खानतलासी गर्दा चोरी गरी बिक्रि गरेका बिभिन्न कम्पनीका १४ थान ब्याट्री, पानी तान्ने मोटर २ थान समेत कवाडी पसलबाट बरामद भएको हो । चोरीको सामान बरामद भए सगै चौधरी र क्षेत्रीलाई पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दमा म्याद थप गरी थप अनुन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ ।

संविधान दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम
२०७९-०६-०३

संविधान दिवस २०७९ को अवसरमा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको बृहत बृक्षारोपण कार्यक्रममा बिराटनगर-१५ रानी भन्सार कार्यालय देखि बिराटनगर-१० स्थित कोशी लोकमार्गको सडक बिचमा रहेको डिभाईडरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक सुदिप गिरी लगायत प्रदेश प्रहरी तालिमकेन्द्र रानी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ समेतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुद्वारा बृक्षारोपण गरिएको हो ।

आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ
२०७९-०६-०२

१ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ ।  १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री राजन राई,  मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि बिराटनगरको रोडशेष चोकबाट शुभारम्भ भई संसारी माईस्थान, ट्राफिक चोक, जलजला चोक हुँदै जैन भवनमा पुगी  कार्यक्रममा परीणत भएको थियो । १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन भएको उक्त कार्यक्रममा आफ्ना महत्वपुर्ण भनाईहरु राख्दै वहाँले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाईएको हुँदा यस किसिमको कार्यक्रमले मानिसको चेतनामा बृद्धी भई आत्महत्याका घटनामा कमी आउने बिश्वास लिईएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाढी बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको समेत बताउनु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले स्वागत मन्तब्य राख्नु हुँदै आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । उक्त अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आत्महत्या गर्ने बिभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरीकहरुले आ-आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढेमा पक्कै पनि आत्महत्या दर घटन सक्ने हुँदा यस किसिमको सचेतना कार्यक्रम प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । यसैगरी उक्त कार्यक्रममा सामाजिक बिकाश मन्त्री राजन राई र स्वास्थ्य मन्त्री यज राम यादवले आ-आफ्नो भनाई राख्नु हुँदै  आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताउनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु-सूचित गराउने उद्देश्य अनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यो कार्यक्रममा सबै निकायबाट साथ र सहयोगको अपेक्षा लिईएको समेत बताउनु भयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको बर्तमान अवस्था सम्बन्धी तथ्याङक,चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रादेशिक अस्पताल बिराटनगरका डा. आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो । आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान २०७९,  प्रदेश स्तरीय कार्यक्रम बिराटनगरमा र १ नम्बर प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रम मार्फत  हरेक टोल र समुदायमा पुग्ने गरी १ बर्ष सम्म निरन्तर रुपमा संचालन भईरहने छ ।

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम समापन
२०७९-०५-३१

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन भएको छ । आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । भाद्र २९ गते बाट संचालन भएको दोश्रो चरणको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाको नव निर्मित भवन उदघाटन
२०७९-०५-३१

झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ । आज बिहान एक कार्यक्रमको आयोजना बिच १ नम्बर प्रदेश आन्तरिक  मामिला तथा कानुन मन्त्री माननीय श्री केदार कार्कीले नव निर्मित भवनको उदघाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनु पर्ने बिषयमा जोड दिनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई  भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई  नागरिकको सुरक्षामा खटिने बताउनु भयो ।  साथै  सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैया ६८ पैसाको लागतमा निर्माण सम्पन भएको हो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०५-३१

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।  हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा  को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ भने लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद
२०७९-०५-३०

मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । हिजो अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात गरिएको अवस्थामा बरामद गरेको हो ।बरामद गरिएको करिव २१ लाख मुल्य बरावरको सामग्री र ट्रयाक्टर सहित चालक भारत जोगवनीका रोशन  यादवलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम उदघाटन
२०७९-०५-२९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा दोश्रो चरणको बिशिष्ठ ब्यक्तिको सुरक्षा  अनुशिक्षण तालिम उदघाटन भई संचालन भएको छ । आज बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गर्नु भएको हो । १ नम्वर प्रदेश अन्तरगतका बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका सुरक्षा कर्मीहरुलाई उक्त तालिम दिईएको हो । तीन कार्य दिन अवधिको पुनर्ताजगी अनुशिक्षण तालिममा प्रहरी बरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिईनुका साथै  प्रयोगात्मक अभ्यास समेत गराईने छ । पहिलो चरणमा बिशिष्ठ ब्यक्तिहरुको सुरक्षार्थ खटिएका २५ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान गरिएको थियो ।

धाक धम्की दिई रकम माग गर्ने १ जना पक्राउ
२०७९-०५-२९

डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिराटनगर-३ का ३३ बर्षीय बिजय दाहाललाई मंगलवार पक्राउ गरेको हो ।  पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०७९-०५-२९

झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट  ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो । टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड-२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका-८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

चोरीमा संलग्न ३ जना सामान सहित पक्राउ
२०७९-०५-२९

मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । भदौ  १४ गते  स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका-६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर-गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम समापन
२०७९-०५-२८

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन  भएको छ । आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।  भाद्र २६ गते बाट संचालन भएको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०५-२८

झापाको भद्रपुर नगरपालिका-२ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सह-चालक बिर्तामोड-२ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो ।  ट्रक चालक पाँचथर हिलिहाङ-६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहति ५ जना पक्राउ
२०७९-०५-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल  बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे-९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की सहित पक्राउ गरेको हो । यसै गरी झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका धरान-१६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र  २७ बर्षीय  थोमस राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भईरहेको छ ।

करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु
२०७९-०५-२६

झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह  याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्टलागि घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.एन. सि. अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो । यसै गरी हल्दीबारी गाउँपालिका-५ का ६१ बर्षीय ओम बहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा  करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो भने मेचीनगर नगरपालिका-५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका  मेचीनगर नगरपालिका-११ धाईजनका ४७ बर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

इलेक्ट्रिक अटो टेम्पो हस्तान्तरण
२०७९-०५-२४

इटहरी उप-महानगरपालिका-६ स्थित रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आज एक कार्यक्रमको आयोजना गरी  सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरीकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा वहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई बिशेष धन्यवाद दिनु हुंदै उक्त बिधुतिय अटो टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्युनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ति पेट्रोलिङको लागि पनि परिचालन हुने कुरा बताउनु भयो ।

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
२०७९-०५-२४

१ नम्वर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पत्रकारहरु संग भेटघाट गर्नु भएको छ । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक गिरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आयोजना गरेको "आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९" को बारेमा जानकारी गराउदै भाद्र २५ गते बिरानगरमा हुन गईरहेको "आत्महत्या रोकथाम सम्बन्धि सचेतना अभियान २०७९" सुभारम्भ कार्यक्रममा सम्पुर्ण संचारकर्मीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गर्नु भएको छ ।  उक्त सचेतना अभियान १ नम्वर प्रदेशको १४ वटै जिल्लाहरुमा एकै साथ संचालन हुने कुरा समेत अवगत गराउदै  प्रदेश प्रहरी प्रमुख गिरीले संचारर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुहरुको बारेमा समेत प्रस्ट पार्नु भएको थियो ।  साथै  भेटघाट कार्यक्रममा १ नम्बर प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।  प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०५-२२

सुनसरी र ईलामको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सुनसरीको दुहबी नगरपालिका-३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १-०४-००१ प ८१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-२ का २० बर्षीय धिरज मण्डलको उपचारको क्रममा बिराट नर्सिंङ होम बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । यसैगरी ईलामको रोङ गाउँपालिका-४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाईकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रीत भई ट्रकको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका-४ का ३९ बर्षीय रत्न कुमार थापा मगरको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२१

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई घटना भएको ९ बर्ष पछी जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ । भोजपुर नगरपालिका-४ का ४३ बर्षीय प्रेम कुमार राउतलाई,२०७० साल असार ७ गते नवजात शिशुलाई कर्तब्य गरी हत्या गरेको आरोपमा, सम्मानित जिल्ला अदालत धनकुटाको २०७४ साल कार्तिक २० गतेको फैसला आदेशले २५ बर्ष कैद सजाय भएता पनी फरार रहँदै आएका राउतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले २०७९ भदौ २० गते काठमान्डौबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई जिल्ला अदालत धनकुटामा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२१

ईलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट फरार प्रतिवादीको खोजतलासमा खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।  सम्मानित जिल्ला अदालत मोरङको २०७६/१०/०६ गतेको फैसला आदेशले जबरजस्ती करणी मुद्धामा ९ बर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी र लागुऔषध मुद्धामा २०७८/१२/०१ गतेको फैसला आदेशले १ बर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २ बर्षीय सन्जिव भनिने सन्दिप चौधरीलाई सोमवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका दुबै फरार प्रतिवादीलाई  जिल्ला अदालत मोरङमा  उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०७९-०५-२१

झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा सवार रहेका लेटाङ नगरपालिका-४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै मेचीनगर नगरपालिका-७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ भने दमक नगरपालिका-२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अबस्थामा हिडिरहेका दमक-२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १-०२-०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-२ का २८ बर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट  थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
२०७९-०५-२०

झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।हिजो बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो । श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-०५-२०

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र इटहरी उप-महानगरपालिका-९ का  ३४ बर्षीय सन्तक कुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

अवैध कपडा सहित २ वटा सवारी साधन र अवैध चिनी बरामद
२०७९-०५-२०

झापाको दमक नगरपालिका-८ स्थितबाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएको छ । हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडा स्थित पुर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १-०१-००१ ज ३४३८ नम्वर र  मे. १ ज २८०४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको हो । बरामद गरिएको करिव २२ लाख ६ हजार मुल्य बरावरको अवैध कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको र अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसै गरी बिशेष सुचनाको आधारमा दिउसो साढे २ बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका-३ राजगढ बजारको पशुहाट स्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ । बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०५-१९

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अभद्र ब्यबहार मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७८/१२/२३ गतेको सजाय निर्धारण फैसला आदेशले  १ महिना ०९ दिन कैद र रु. २,०००/- जरिवाना तोकिएका विराटनगर महानगरपालिका-१७ का ३५ बर्षीय खालिद मिया र ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०७।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ महिना कैद र रु.८,०००/- जरिवाना तोकिएका धरान उप-महानगर पालिका - १५ का  २२ बर्षीय विष्णु बेघालाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चलान भएका छन् ।

एउटै परिवारका ३ जनाको हत्या, हत्यामा संग्लग्न पक्राउ
२०७९-०५-१९

उदयपुरको बेलका नगरपालिका-७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो । घटना स्थलमा  जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आए सगैं तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको सम्मानित जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अबैध औषधी सहित २ जना पक्राउ
२०७९-०५-१९

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका-८ घर भई बराहक्षेत्र नगरपालिका-२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङले नियन्त्रित औषधी आफ्नै कोठामा लुकाई छिपाई राखेको भन्ने सूचना आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०७९-०५-१९

सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका-८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भई उपचारको लागी टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० का ३५ बर्षीय प्रकाश राईको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०५-१७

सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भए संगै प्रदेश १-०२-००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

नुहाउने क्रममा नहरमा डुबी मृत्यु
२०७९-०५-१७

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र-४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खडकालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकि सलिना खडकाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला परेको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०५-१७

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT  सहमुहको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका-८ झापाका ३७ बर्षीय दिप्सन लावती,  सुन्दर हरैचा नगरपालिका-७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप-महा नगरपालिका-४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको छ । दिप्सन लावती सम्मानित सर्बोच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको र उनलाई RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने परियार लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना र थापा सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैया  जरीवाना बेरुजु रहि फरार रहेका थिए । पक्राउ परेका तीनै जनालाई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०५-१५

मोरङ जिल्ला अदालतको बिभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका २ जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको २०७६।०३।११ गतेको फैसला आदेशले २५ दिन कैद र १,५०,०००/- जरीवाना तोकिएका ईटहरी उप-महानगरपालिका - १३ का ३७ बर्षीय भुवन राजवंशी र लागु औषध मुद्धामा २०७७।११।०३ गतेको फैसला आदेशले ३ महिना २५ दिन कैद  तोकिएका ईटहरी उप-महानगरपालिका -१० का ३० बर्षीय ज्ञानेन्द्र चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो  पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बिराटनगरमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।

अवैध सामान बरामद
२०७९-०५-१५

 मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१४

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटीएको प्रहरी टोलिले हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बुलाई पक्राउ गरेको छ । लिम्बुलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरीएको हो । लिम्वु सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए । पक्राउ परेका लिम्बुलाई  कैद  तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाईएको छ ।

पौडी खेल्ने क्रममा खोलाले बगाई मृत्यु
२०७९-०५-१४

झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानियहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०७९-०५-१३

मोरङको बिराटनगर महानगरपालिका -१४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-८ घर भई बिराटनगर-१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर-१५ का २४ बर्षीय बरुण साह, बिराटनगर-३ का ३० बर्षीय आशिस हमाल, बिराटगर-१३ का ३० बर्षीय सुलभ रिजाल र धरान-२० का २३ बर्षीय रोशन लिम्वु समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ
२०७९-०५-१३

मोरङको बेलबारी नगरपालिका-१ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी-१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र  ४१ वर्षीय बिनोद राईको साथबाट NITRABET- ४२ चक्की र DIALEX-DC-३ बोतल समेत फेला परेकोले तीनै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०५-१३

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ३ बजे बिरानगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका साँघुरीगढी गाउँपालिका-३ धनकुटाका ६४ बर्षीय कर्ण बहादुर राईलाई संकालागि चेक जाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ४ लाख ५१ हजार ९ सय बरामद भएको हो । श्रोत नखुलेको रकम बरामद भए संगै राईलाई पक्राउ गरी बरामद भएको रकम सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ ।

लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जना पक्राउ
२०७९-०५-१२

सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्षीय करण तामाङ,  ३३ बर्षीय प्रतिक सुब्बा र ४१ बर्षीय अमर राई तथा धरान-१५ का २८ बर्षीय शिसिर श्रेष्ठ र ईटहरी -५ का ३६ बर्षीय अमित मगरलाई शनिवार लागुऔषध सहित पक्राउ गरेको हो ।  तामाङ, सुब्बा, कोईराला र राईलाई धरान-१५बाट प्रहरीले पक्राउ गरेको हो भने श्रेष्ठ र मगरलाई धरान-१० बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्रामोल-५०, २ हजार ट्याब्लेट, स्पासपेन १२५० ट्याब्लेट र गाँजा १ केजी तथा नगद एक लाख १३ हजार समेत बरामद गरेको छ । यसरी लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना १ जनाको मृत्यु
२०७९-०५-१२

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका-१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपालिका-४ का २४ बर्षीय अबिशेक खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा मोटरसाईकल  पछाडी सवार रहेकी निजकै श्रीमती संजिता बस्नेतको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ कन्टेनर स्याउ नियन्त्रणमा
२०७९-०५-११

मोरङको बिराटनगर महानगरपालिका १३ स्थितबाट प्रहरीले ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ । हिजो बेलुकी साढे ६ बजे बिराटनगर स्थित मलाया रोडमा संकास्पद अवस्थामा स्याउ अनलोड भई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले  चेक जाँच गर्ने क्रममा भन्सार प्रज्ञापन पत्र र VCTS समेत नभएको भारतीय NL01AB2410, NL01Q2222, NL01AE4705, NL01AE3422 र NL01N2663 नम्वरको कन्टेनरबाट  को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० मिनी ट्रकमा स्याउ पल्टी गरीरहेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिइएका ५ वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक तथा स्याउ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ  ।

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ
२०७९-०५-११

झापाको झापा गाउँपालिका-६ का ४० बर्षीय नाईके हस्दालाई धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो राती १० बजे नाईके हस्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ बर्षीया तालामाई हस्दालाई धारिलो हतियार प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार रहेका हस्दाको खोज तलासको क्रममा कचनकवल गाउँपालिका १ स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले आज बिहान ८ बजे पक्राउ गरेको हो । पक्राउ परेका हस्दाको जिल्ला प्रहरी कार्यालय झापाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

श्रोत नखुलेको रकम सहित १ जना पक्राउ
२०७९-०५-११

झापाको झापा गाउँपालिका-१ स्थितबाट श्रोत नखुलेको नेपाली रुपैया सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हिजो दिउसो पौने १२ बजे इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा झापा गाउँपालिका-१ का ५४ बर्षीय तेज बहादुर गणेशले बोकेको २ वटा प्लास्टिकको झोला संका लागि चेकजाँच गर्दा  झोला भित्र प्लास्टिकको बोरामा लुकाई राखेको नेपाली रुपैया १ हजार दरको नोट ९ सय थान, ५ सय दरको नोट  ८ सय थान र १ सय दरको नोट ६ सय थान गरी जम्मा १३ लाख ६० हजार  श्रोत नखुलेको रुपैया बरामद गरेको हो ।  श्रोत नखुलेको रुपैया सहित पक्राउ परेका गणेशलाई  बरामद भएको रकम सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको  र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण अवलोकन
२०७९-०५-१०

नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ बमोजिम १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण अवलोकन सम्पन्न भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक उतम राज सुवेदीको नेतृत्वमा १ नम्वर प्रदेश प्रहरी  कार्यालय बिराटनगरमा खटि आउनु भएका प्रहरी अधिकृत सहितको केन्द्रिय मुल्याङकन टोलीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण अवलोकन गर्नु भएको छ ।  साथै निरीक्षण अवलोकनकै क्रममा  प्रहरी अतिरिक्त महानिरीक्षक उतम राज सुवेदीले कार्यरत सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।  

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०५-०९

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे मोरङको बिरानगर महानगरपालिका-३ स्थित राजमार्गमा प्रदेश १-००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री बिरानगर १२ कि ७७ बर्षीया हिमा निरौलालाई ठक्कर दिदा घाईते भएकि  निरौलाको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो, ठक्कर दिने टेम्पो र चालक ईटहरी १० का ३८  बर्षीय गौरव गुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ । यसै गरी दिउँसो १ बजे रामधुनी नगरपालिका-१ स्थित राजमार्गमा प्रदेश १-०४-००१ त ००८४ नम्वरको ट्रयाक्टरले साईकल यात्री स्थानिय ३४ बर्षीया मंजु चौधरीलाई ठक्कर दिंदा घाईते भएकि चौधरीको उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक रामधुनी-४ का बिजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रहरी जवान आधारभुत तालिम १३९ औ समुहको दिक्षान्त समारोह सम्पन्न
२०७९-०५-०९

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २  सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा आयोजित एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।दिक्षान्त समारोहमा १५४ जना महिला सहित ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा  ५२४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीमा ९२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा सफत ग्रहण गराउनु भएको थियो । प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राई सहित विभिन्न ९ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र  तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक गिरीले  अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ । यसैगरी वहाँले दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरु मध्येका सर्वप्रथम हुने प्रहरी जवानलाई दर्ज्यानी चिन्हले सु-शोभन गर्नु भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्नुहुदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गर्यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्न दिक्षित प्रहरी जवानहरुलाई निर्देशन हुँदै दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी तथा पदाधीकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानका अभिभावकहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सिलाई कटाई तालिम नवौ समुह तथा च्याउ खेती तालिम दोस्रो समुहको समापन
२०७९-०५-०८

१ नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा १ नम्बर प्रदेश श्रीमतीसंघको आयोजनमा संचालित ६ महिना अवधीको सिलाई कटाई तालिम नवौ समुह र १५ दिन अवधीको च्याउ खेती तालिम दोस्रो समुहको समापन भएको छ । नेपाल प्रहरीका बहालवाला तथा पुर्व प्रहरी परिवारजनका १०/१० जनाको सहभागीता रहेको सिलाई कटाई र च्याउ खेती तालिमको  प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित एक बिशेष कार्यक्रमका बिच तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कल्पना गिरीले यस किसिमका सिपमुलक तालिमले प्रहरी कर्मचारीका आश्रीत परिवारको आर्थिक उपार्जनमा टेवा पुग्ने बिश्वास लिईएको बताउनु भयो । कार्यक्रममा वहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु , १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरिक्षक नबिनराज राई, तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०५-०८

लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतिय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेस सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका-४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ बर्षीय जम्सेद आलमालाई मंगलवार बिहान झापाको हल्दिवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगद सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित
२०७९-०५-०७

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका-१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका - १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको तथा प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका ‍- ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका- ८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले २०७९ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित ४ जना पक्राउ
२०७९-०५-०६

अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका-७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सन्चालक  कमल गाउपालिका-२ का ३० बर्षीय अरुण कार्की तथा British Army Training Center Damak का सन्चालक दमक-८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् । गोप्य सुचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट Ncell सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने E-sewa खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने बिध्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र SEE को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका NCELL का सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवायल, ल्यापटप ४ थान, Prajapati Sapkota Ward Chairman Damak-2 लेखिएको स्ट्याम्प १ थान , Head Teacher लेखिएको स्ट्याम्प १ थान, Dik Bahadur Gurung लेखिएको स्ट्याम्प १ थान , Madi Municipality 3 No. Ward Office, Sankhuwasabha लेखिएको स्ट्याम्प १ थान, Government Of Nepal Ministry Of Education लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान , नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान , Global Educational Academy लेखिएको स्ट्याम्प १ थान र Nepalese Army Record Office, 2043 लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ । पक्राउ परेको यो समुहलाई  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।

खोलामा डुवी २ जनाको मृत्यु
२०७९-०५-०३

उदयपुरको ताप्लि गाउँपालिका १ स्थितमा खोलामा डुवी १ जनाको मृत्यु भएको छ । भाद्र १ गते बेलुका ६ बजे ताप्लि-१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अबस्थामा फेला परेको भनि जानकारी प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।यसै गरी हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का बल बहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।

१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ को उद्घाटन
२०७९-०५-०२

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०७९” को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पानसमा बत्ती बालेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको हो । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो । कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनु भयो । यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।  कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पछिल्लो समय प्रबिधीको प्रयोग गरी धेरै जसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताउनु भयो । वहाँले अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय, सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिनु भयो । यसका साथै अपराध अनुसन्धान क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरु बढी संबेदनशिल भई पारदर्शी रुपमा काम गर्ने निर्देशन समेत दिनु भयो ।  यसैगरी आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरु प्रशंसायोग्य रहेको बताउदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरु पनी उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो ।  त्यसैगरी कार्यक्रममा बोल्दै उच्च अदालत बिराटनगरका सह-न्यायाधिवक्ता कोषहरी निरौलाले पछिल्लो समय अपराधको Trend मा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले समेत आफुलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताउनु भयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको तथा अहिलेका अपराधीको Track Record समेत नपाईएकोले प्रहरीको अवको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा समेत जोड दिनुभयो ।उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाले अपराध अनुसन्धानका तिन निकायहरु अनुसन्धान , अभियोजन र न्यायालयवीच निरन्तर समन्वय सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । अनुसन्धान नै न्याय निरुपणको प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई अझ बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिन सुझाव समेत दिनु भयो ।  कार्यक्रमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी कानुनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा अन्य अतिथीहरुलाई धन्यबाद ज्ञापन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालले थप चुनौतीहरु आईरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिनु भयो ।  प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई कार्य गर्दे आईरहेका पनी प्रयाप्त साधन श्रोत नहुँदा केही कठिनाईहरु रहेको बताउँदै साधनस्रोत व्यवस्थापन लगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताउनु भयो ।पहिलो चरणको समुद्‍घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम ढकालले  स्वागत एवं कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १५० जनाको उपस्थित रहेको थियो ।

पानिमा डुबेर बालक १ सहित २ जनाको मृत्यु
२०७९-०४-३१

मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका-६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका-३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०४-३१

नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको समुद्घघान गर्नु भएको हो  । नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो । "रक्तदान जिवन दान" भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।  

बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
२०७९-०४-३०

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीले प्रदेश प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरुसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्रदेश प्रहरी प्रमुखबिच गत बुधबार भर्चुअल माध्यमद्धारा बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीले मातहत प्रहरी कार्यालय प्रमुखहरु संग प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । प्रदेश प्रहरी प्रमुखले संझौतामा उल्लेख भए अनुसारका कार्यहरु अक्षरस पालना गरि कर्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन समेत दिनु भएको छ । शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण आदि जस्ता बार्षिक कार्यसम्पादनको लक्ष्य रहेको छ ।

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ
२०७९-०४-२९

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र  लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल  सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका चालकलाई सोधपुछ गर्दा  अमरुवा गाउँपालिका-५ सिराहा घर भइ हाल बिर्तामोड-३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो । यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका-१६, हुलास चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-०४-२६

लागु-औषध मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं. ०४ काकुम बस्ने २६ बर्षीय निबेक श्रेष्ठ रहेका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो ।पक्राउ परेका श्रेष्ठलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले आज कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ । फरार रहेका श्रेष्ठको लागु-औषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ९ महिना १ दिन कैद र एक लाख जरीवाना भई लगत नं. १२८८ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०७९-०४-२६

झापाको मेचिनगर नगरपालिका-६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश३-००१ ख १६०२ नम्बरको यात्रु  बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानिय पैदल यात्रि  ४० बर्षीत चेतनाथ फुयाललाई ठक्कर दिई घाईते भएका थिए । तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट  नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ब्राउनसुगर कारोबारमा संग्लग्न एक जना भारतिय नागरिक सहित ४ जना पक्राउ
२०७९-०४-२६

झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । बुधवार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । यसै गरी बुधवार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । यसै गरी बुधवार राती ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टा स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भिम बहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो । यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०७९-०४-२५

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक- सुदिप गिरीले नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सातवटै प्रदेशका प्रहरी प्रमुखहरुबिच भर्चुअल माध्यमद्धारा आज भएको एक बिशेष कार्यक्रमका बिच  प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक- सुदिप गिरीले नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर पश्चात प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले योजना बद्ध गरिएका कामले मात्र राम्रो नतिजा दिने हुँदा बार्षिक कार्य योजनामा समाबेश गरिएका बिबिध पक्षहरुलाई अध्ययन मनन गरी कार्य गर्न निर्देशन दिनु भयो । शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण आदी जस्ता बार्षिक कार्यसम्पादनको लक्ष्य रहेको छ ।

सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति संचालन
२०७९-०४-२५

सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधीहरुको रोकथाम तथा नियन्त्रणका लागी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति संचालन गरेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गरिएको हो । पहिलो चरणमा यही श्रावण २० गते देखी २५ गते सम्म छुट्टाछुट्टै टोली बनाई सिमावर्ती क्षेत्रमा परिचालन गरिएको थियो । यस अघी सम्बन्धित प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा गस्ती गर्दे आएता पनी त्यसलाई थप ब्यबस्थित गर्दै सुरक्षाकर्मी बढाएर सिमावर्ती क्षेत्रमा गस्ति बढाईएको हो । यस किसिमको गस्तिले मातहत प्रहरी कार्यालयबाट सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप हौशला प्रदान हुने र अपराधजन्य गतिबिधीलाई नियन्त्रण गर्न थप टेवा पुग्ने लक्ष्य अनुसार प्रदेश प्रहरी कार्यालय बिराटनगरले गस्ति संचालन गरेको हो । यस किसिमका गस्ति निरन्तर संचालन भईरहने छन् भने लामो दुरीको गस्तिबाट फिर्ता भएको प्रहरी टोलीको प्रतिबेदनको आधारमा अन्य थप कार्यहरु संचालन हुनेछन् ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०४-२५

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर दिई आफ्नो घर अगाडी बसिरहेकी  ६१ बर्षीया सितादेबि ढकाल घाईते भएकी थिईन । ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाईकल र चालक  मोरङ बेलबारी-६ का २३ बर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिई  घटना सम्बन्धमा  ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

निषेधित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०४-२४

मोरङको रतुवामाई नगरपालिका-४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।  सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ  साईकलमा सवार रहेका  मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका-७ बस्ने  २२ बर्षीय युगल लिम्बुलाई चेकजाँच गर्ने क्रममा  निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध रुपमा भन्सार छलि लगिएको सामान बरामद
२०७९-०४-२३

झापाको  कचनकवल गाँउपालिका-४  स्थित नेपाल भारत सिमाक्षेत्रबाट प्रहरीले अबैध रुपमा भन्सार छलि लगेको सामान प्रहरीले बरामद गरेको छ । गत २१ गते बेलुका ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको  को १ च ६२३४ नम्बरको  पिकअप चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि लैजाँदै गरेको बियर २६ कार्टुन, कोक १ कार्टुन, स्प्राईट ३ बण्डल र  कोकाकोला २ बण्डलको अन्दाजी ७ लाख ७८ हजार ६ सय बराबरको समान र  पिकअप र चालक इलाम देउमाई नगरपालिका-२  बस्ने २३ बर्षीय कपिल मगरलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको छ  ।

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु
२०७९-०४-२३

झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे  जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको उपचारको लागि B&C अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो । मोटरसाईकल चालक ४४ बर्षीय सुमन कार्कीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीबाट घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

४१ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ
२०७९-०४-२३

सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुले सगै प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरिर तलासी लिंदा ब्राउन सुगर ६ ग्राम ७६० मिलग्राम फेला परिएको हो । थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अबस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ ।लागुऔषध कारोबारमा समंलग्न रहेका चारै जना उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।

आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण भ्रमण
२०७९-०४-२२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २०७९/०४/२१ गते आसरा सुधार केन्द्र पानवारी धरानको स्थलगत  निरीक्षण भ्रमण गर्नु भएको छ । यस अवसरमा वहाँले आसरा सुधार केन्द्रको भौतिक संरचना, मेश, बिद्यार्थिहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गर्नु भयो । निरीक्षणको क्रममा वहाँले बिद्यार्थीहरुलाई लागुऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नु पर्छ भन्ने किसिमको उत्प्रेरणात्मक सन्देश दिनुहुँदै केन्द्रमा भर्ना भएका बिद्यार्थीहरुलाई सौहार्दपुर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धति द्दारा उपचार गर्न परामर्ष दाताहरुलाई अनुरोध गर्नु भयो । यसका साथै ‍वहाँले आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत निर्देशन दिनु भयो ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०४-२२

मोरङको  बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । आज बिहान साढे १० बजे लागुऔषध  नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को ३४ प २६३ नम्बरको मोटरसाईकल  चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका मोरङ बिराटनगर-१२ बस्ने  २२ बर्षीय सुहन लिम्बु र  मोरङ बेलबारी-११ बस्ने  ३१ बर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर  बरामद गरी नियन्त्रणमा लिईएको हो  । यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

सुनचाँदी पसल चोरी गर्ने पक्राउ
२०७९-०४-२१

सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् ।हिजो राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गएको थियो । घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै हिजो दिउँसो साढे २ बजे चोरीमा सम्लग्नलाई पक्राउ गर्न सफल भएको छ ।अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरीको सुनका गरगहनाहरु  ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो ।चोरीएका सुनको गरगहनाहरु बरामद भए सगै अनिल बराईलीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।

२ जना फरार प्रतिबादी पक्राउ
२०७९-०४-१९

बहुबिबाह मुद्धा र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुबिबाह मुद्धाका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्धाका सुनसरी धरान उप-महानगरपालिका वडा नं. २० देबिगाउ बस्ने २८ बर्षीय रामसरण राई रहेका छन् । उनिहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाईएको छ ।प्रतिवादी शुशिल पोदार भएको बहुबिबाह मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।०३। ०१ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना १० दिन कैद र रु.१५,०००/- (पन्ध्र हजार) जरीवाना भई लगत नं. ६३६ मा कैद तथा जरीवाना र प्रतिवादी रामसरण राई भएको सवारी ज्यान मुद्धामा सम्मानित मोरङ  जिल्ला अदालतको मिति २०७८।०९।२८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र रु.२,०००/- (दुई हजार) जरीवाना भई लगत नं. १६३६मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिबादी थिए ।

सप्तकोशी नदी बाढी प्रभावितको उद्धार तथा स्थलगत अवलोकन
२०७९-०४-१८

उदयपुरको बेलका नगरपालिका-८ डुब्रिबोटेमा सप्तकोशी नदीले आज बिहान ४ बजे देखि बाँध कटान गरी सिसौली बस्तिमा पानी पसी डुबान शुरु भए पश्चात उक्त स्थानमा खटिएका नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुवानमा परेका स्थानीय वासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राख्दै आईरहेको छ । डुवानबाट प्रभावित स्थानीय वासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ  । सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका-८ को सिसौली बस्ति र बेलाका नगरपालिका-३ को भाटेपुल बस्तिमा बाढी पसी डुवानबाट प्रभावित भएका ९ सय घर परिवारलाई बेलका नगरपालिका-९ स्थित रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक बिध्यालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरुमा स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।  डुवान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्वधार बिकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनि इटहरीका प्रमुख सेनानि, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले  स्थलगत अवलोकन गर्नु भएको छ ।

फलामको मुस्ली प्रहार गरी बाबुको हत्या गर्ने पक्राउ
२०७९-०४-१८

आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका छन् । उनले हिजो बिहान बाबु ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी बिवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई भागी फरार भएका थिए । घाईते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै बिहान सँवा ७ बजे  मृत्यु भएको थियो ।वारदात पश्चात फरार रहेका निज प्रतिवादी टंक बहादुर भण्डारीलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरि खोजतलास गर्दै जाँदा हिजै राती साढे ९ बजे तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा सम्मानित तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०४-१८

धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् ।हिजो दिउसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटार तर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध समान बरामद
२०७९-०४-१६

झापाको २ छुट्टाछुट्टै स्थानबाट १ लाख ६० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ। भारतिय बजारबाट अबैध रुपमा भन्सार छली समान ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो मेचीनगर नगरपालिका-६ गैरी गाउँबाट १ लाख ६ हजार मुल्य बराबरको सारी, कुर्था लगायतका समानहरु बरामद गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट आईतवार बेलुका ६० हजार बराबरको जुत्ता बरामद गरेको थियो । यसरी अबैध रुपमा समान बरामद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७९-०४-१६

झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाँजा सहित ट्रक र चालक पक्राउ
२०७९-०४-१४

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा सहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । हजो राती साढे १० बजे बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १-०२-००१ख ८६७७ नम्वरको मिनि ट्रकलाई संका लागि चेकजाँच गर्ने क्रममा  बोराले छोपी लुकाई राखेको अवस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको हो । अवैध गाँजा बरामद भए संगै उक्त नम्बरको ट्रक र चालक शहिदभुमि गाउँपालिका-३ धनकुटाका बिवेक राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०४-१४

झापा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा पुरानो मेचीपुल स्थीतबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका ६ बिहीबारे बस्ने ३० बर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन घर भई हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चौक स्थितमा डेरा गरी बस्ने ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । हिजो दिनको साँढे ४ बजे ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र.३-०१-०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम, ८०० मिलिग्राम फेला परेको थियो । पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ
२०७९-०४-१३

बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०७९-०४-१३

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकाश बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।०४।१० गतेको पत्र अनुसार प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी नायव निरीक्षक नर बहादुर खडकालाई एक कार्यक्रमको आयोजना गरी प्रहरी नायव महानिरीक्षक सुदिप गिरीज्यूले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ । बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकलाई बधाई दिँदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

VIP सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन
२०७९-०४-१२

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले १ नं. प्रदेश अन्तर्गत रहेका बिशिष्ट ब्यक्तिहरुको सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । वहाँले बिशिष्ट ब्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीले बिशिष्ट ब्यक्ति उपर आई पर्न सक्ने सम्भावित खतराको मुल्याङकन गरी सुरक्षामा दत्त चित्त भई आफुले पाएको जिम्मेवारी बहन गर्नु पर्ने, VIP सुरक्षाको निमित्त दिएको तालिम, ज्ञान, सिपको अक्षरस पालना गरी ब्यवसायीक हुनु पर्ने, शारिरिक तथा मानसिक रुपमा चूस्त दुरुस्त हुनु पर्ने तथा बिशिष्ट ब्यक्तिको भ्रमण अवधि अथवा अन्य कामको  शिलशिलामा थप सुरक्षा आवश्यक परेमा तत्काल जानकारी गराई सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । निर्देशनकै क्रममा वहाले VIP को सुरक्षाको लागी जस्तो सुकै चुनौती र परिस्थितको सामना गर्नु परेता पनि सुरक्षाकर्मी  हर प्रहर तैनाथ रहनु  पर्ने बताउनु भएको छ ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०४-१२

झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार साँझ झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नम्बरको  टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ मा भारतिय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार साँझ सुनसरीको ईनरुवाबाट लौकही तर्फ जाँदै गरेको BR 11 PB  8012 नम्बरको स्कारपियोले विपरित दिशाबाट आउदै ना.६३ प.४०७५ नम्बरको मोटरसाईकललाई टक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बर्दिबास नगरपालिका-६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सवारी दुर्घटना १ जनाको मृत्यु
२०७९-०४-११

मोरङको बेलवारी नगरपालिका-८ पूर्व पश्चिम राजमार्गमा   आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी -१ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक-४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

अवैध लत्ताकपडा र खाधान्न बरामद
२०७९-०४-११

मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ । हिजो बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ आउदै गरेको मे.१च २२८६ नम्वरको मारुती भेनमा करिव ५ लाख १३ हजार ७ सय मुल्य बरावरको बिभिन्न किसिमका लत्ताकपडा र खाधान्य सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ७६ बजार ९ सय बरावरको खाधान्न र बिभिन्न किसिमका कपडा बरामद गरेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु एक जना घाईते,
२०७९-०४-१०

पाँचथर तुम्बेवा गाँउपालिका २ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जिवन मगर रहेका छन् ।हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जिवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७९-०४-०९

झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सन्दकपुर गाउँपालिका-२ बस्ने  २७ बर्षीय रविन गुरूङ  रहेका छन् । आज दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले  संका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागुऔषध ३ ग्राम  ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।  

सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु, पछाडी सवार घाईते
२०७९-०४-०९

सुनसरीको बराहक्षेत्र  नगरपालिका  ९  कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् ।हिजो दिनको साढे ३ बजे कोशी टप्पु बन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १. ०२- ०४४ प ६६८१ न. को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलि किचेर घटनास्थालमानै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ ।घटनास्थलमा ईलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

अबैध सुपारी सहित ८ वटा भारतिय ट्रक नियन्त्रणमा
२०७९-०४-०८

मोरङको बिराटनगर-१८  स्थितबाट अबैध सुपारी  बोकेको ८ वटा भारतिय नम्वरको ट्रक प्रहरीले  नियन्त्रणमा लिएको छ । बिहिबार राती साँढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रकहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429, UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो । अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ । 

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०४-०८

धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे  अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा-५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणको गाँजा सहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले  पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको  पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसंगै चालक सहिद भुमि गाउँपालिका-२ धनकुटाका २० बर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय  सुनसरीबाट थप अनुसन्धान भईरहेको छ   ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०४-०८

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुल छेउबाट लागुऔषध  ब्राउनसुगर सहित  २ जनालाई  प्रहरीले पक्राउ  गरेको छ । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका कन्काई नगरपालिका-४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको  ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०४-०८

झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । हिजो बेलुका ४ बजे  झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुंदा घाईते भएकि पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा  उपचारको क्रममा मृत्यु भएको हो भने ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । यसै गरी राती साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडक खण्डमा प्रदेस १-०२-०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ बर्षीय कृष्ण चौधरीको बिराटनगर स्थित बिराटनर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु
२०७९-०४-०८

संखुवासभा र मोरङमा हिजो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सवा ११ बजे  संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थितमा बा.२० च ९५०२ नम्वरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकि भुमिका बिष्टको ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा मे.१ ख ३२३० नम्बरको बसले को.३७ प १४३५ नम्बरको मोटरसाईललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगर पालिका-२० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्‍याउनासाथ मृत्यु भएको हो । ठक्कर दिने दुवै सवारी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

पानीमा डुवी २ जनाको मृत्यु
२०७९-०४-०७

सुनसरी र खोटाङको छुट्टाछुट्टै स्थानमा पानीमा डुवी २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सुनसरीको कोशी गाउँपालिका-२ का राम कुमार उरावको १४ बर्षीय छोरा आयुष उराव कोशी गाउँपालिका-३ स्थित सिंचाई नहरमा पौडी खेल्ने क्रममा पानीमा डुवी बेहोस अवस्थामा स्थानिय मानिसहरुले फेला पारी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो यसै गरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ की ६८ बर्षीया दिल लक्ष्मी राई हिजो बेलुका ५ बजे आफ्नै खेतबारीमा पानी लगाउन भनि गएकिमा अवेर सम्म फर्की नआए पश्चात आफन्तले खोजतलास गर्ने क्रममा कुलोको पानीमा लडी घोप्टो परी मृत अवस्थामा फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने  दुवै  घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु कुटपिट गर्ने श्रीमान प्रहरीको नियन्त्रणमा
२०७९-०४-०७

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ भने कुटपिट गर्ने श्रीमानलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । हिजो बेलुका ५ बजे फुङ्लिङ-९ का ६५ बर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वुलाई घरायसी बाद बिबादका कारण कुटपिट गर्दा कान्छीमायाको घटना स्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटि कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ भने मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण सम्पन्न
२०७९-०४-०६

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ अहोरात्र प्रहरी परिचालन गर्न र भारतिय काउण्टर पार्टस संग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिनु भयो, जंगली जनावरको आक्रमणबाट बर्षेनि धेरै जनधनको क्षेति हुने गरेकोले यसको नियन्त्रणको लागि स्थानिय सरकार तथा अन्य सुरक्षा निकाय संग समन्वय गरी नागरिकको जीउ धनको सुरक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र  नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन  निर्देशन दिनु भयो ।

कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु
२०७९-०४-०६

मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे HR 38X 2210 नम्वरको कन्टेनरले को.३०प ९१०३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक केरावारी गाउँपालिका-७ मोरङका २७ बर्षीय हर्क परियार र मोटरसाईकल पछाडि सवार रहेका २१ बर्षीय भिम बहादुर राईलाई उपचारको लागि बिराट मेडिकल कलेज गंगा चोक लगिएकोमा अस्पताल पुर्‍याउना साथ दुवै जनाको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालक भारत भरतपुर एकलऔहराका मोरध्वज पाललाई  जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०७९-०४-०६

झापाको मेचीनगर-६ स्थित र मोरङको पथरी शनिश्चरे-२ स्थितबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका शिवसतासी-९ झापाका ३६ बर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई शंका लागी चेकजाँच गर्दा उनको साथ बाट २ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-२ का २७ बर्षीय अजय राईको साथबाट २०० मिली ग्राम ब्राउन सुगर बरामद भए संगै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

पानीमा डुबी २ बालकको मृत्यु
२०७९-०४-०६

मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ बालकको मृत्यु भएको छ ।  बिहिबार दिउँसो सुनसरीको कोशी गाउपालिका-५ कुमियाही स्थितमा रहेको कुमियाही खोलामा नुहाउने क्रममा स्थानीय  नजारुल हकको ९ बर्षीय छोरा  नफाजल हक पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए भने यसै गरी मोरङको जहदा गाउपालिका-७ का अशोक मण्डलको ११ बर्षीय  छोरा तरुण मण्डल घर नजिकै रहेको खहरे  खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा आफन्तले फेला परेका थिए । मृतक लाशलाई पोष्टमार्टमको लागि अस्पताल पठाईएको र घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा ८ हजार ५५ वटा मुद्धा दर्ता, ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन
२०७९-०४-०५

नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८/०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएका छन् भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै १ नम्वर प्रदेश भरीमा कार्यारत सम्पूर्ण प्रहरी कार्मचारीहरुले आफ्नो पदिय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षमा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धि सिर्षकमा मुद्धा दर्ता भई कानुनि कारवाही भएको छ भने ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट गरिसकेको छ, फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७  हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको छ ।यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना मानिस र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरेको छ ।यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिकमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारवाही गरी  १८ करोड १ लाख ५९ हजार  राजश्व संकलन भएको छ भने लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७  मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ । यसै गरी प्रहरी कार्य तर्फ उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ भने प्रहरी आचरण बिपरित कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरुलाई बिभागिय  कार्वाही गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यबाट १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण
२०७९-०४-०५

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौबाट निरीक्षण भ्रमणको क्रममा आउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वहाँले प्रदेश प्रहरी तालिम केन्द्रको प्रहरी ब्यारेक, मेष, पुस्तकालय, आन्तरीक एवंम बाह्य प्रशिक्षण कक्ष, साथै प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट समेतको निरीक्षण गर्नु भएको थियो । निरीक्षण कार्यक्रम पश्चात आचार्यले तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी साथै सम्पूर्ण प्रशिक्षार्थी समेतलाई निर्दैशनको क्रममा तालिम केन्द्र नै प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुले बैज्ञानिक ढंगबाट प्रशिक्षण दिनु पर्ने बताउनु भयो साथै प्रशिक्षार्थीहरु समेतले तालिममा सिकेका ज्ञानहरुको कार्यक्षेत्रमा अक्षरस पालना गर्न समेत निर्देशन दिनु भयो ।  कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरी, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगररका प्रमुख राजेशनाथ बास्तोला, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु एवंम तालिमरत प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-०४-०५

इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत  प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी साहसी टोल स्थित कच्ची सड्क खण्डको ह्वुमपाइप भित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो । पुरस्कृत भएका कुवरले लागुऔषध, चोरी लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवरलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०४-०५

भोजपुरको हतुवागढी गाउँपालिका-९ स्थितबाट २ जना, मोरङको बिराटनगर-१६ र पथरी शनिश्चरे नगरपालिका-४ बाट १/१ जना लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी-८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको थियो यसै गरी मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-४ का २१ बर्षीय अमृत लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर -१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउदै गरेका धनकुटा पाख्रिवास नगरपालिका-४ का २२ बर्षीय बिसाल लिम्वुलाई संका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको थियो ।  लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित बिराटनगरबाट १५ जना पक्राउ
२०७९-०४-०४

बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट  झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ  । युरेनियम जस्तो पदार्थ लिई बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ बर्षीय शिव शंकर पासवान, धनपालथान गाउँपालिका-४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका-७ का ४३ बर्षीय प्रदिप पुरी, कटहरी गाउँपालिका-२ का ४० बर्षीय दिलिप कुमार शर्मा, बिराटनगर-१२ का ४६ बर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३५ बर्षीय गोपाल मगर, हलेसी नगरपालिका-९ खोटाङका ३२ बर्षीय किरन राई र धनपालथान गाउँपालिका-७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम  युरेनियम जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बिराटनगरकै दुधफारममा समेत केही ब्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका-८ गोरखाका ४५ बर्षीय जिवन गुरुङ, मङहा नगरपालिका-६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका-१२  महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका-३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका-५ मकवानपुरका ३६ बर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका-३ महोत्तरीका ४९ बर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका-५ सिन्धुलीका २८ बर्षीय श्याम घिमिरे रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अपहरित बालिकाको सकुशल उद्बार, अपहरणमा संग्लग्न २ जना पक्राउ
२०७९-०४-०४

मोरङको बिराटनगर महानगरपालिका-१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका-१ का दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संग्लग्न २ जना पक्राउ परेका छन् । श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी भन्ने खबर प्राप्त भएसंगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको थियो । १ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न बिराटनगर महानगरपालिका-६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खूले संगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुले संगै भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संग्लग्न बिराटनगर-५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना बिच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादव संग समेत चिनजान भएको थियो । दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरे संगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पुर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको तथा बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी,भान्टावारी र राजबिराज हुँदै  भारतको कुनौली  तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खूल्न आएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०७९-०४-०४

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई  प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न तथा खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ प्रहरी परिचालन गर्ने र भारतिय काउण्टर पार्टस संग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्देशन दिनु भयो ।

निषेधित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०४-०४

मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का  रकि धिमाल, उर्लाबारी-२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि  ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो ।  निषेधित औषधी सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु
२०७९-०४-०३

झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-५ का पुर्ण बहादुर लिम्बुको २ बर्षीय छोरा ईन्सान लिम्बुको सोमबार दिउँसो घर छेउमा नै खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनिमा अचानक डुबी पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी. अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७९-०४-०३

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ३४ बर्षीय बिनेश राई रहेका छन् । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा फत्तेपुर तर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो। लागुऔषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०४-०३

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको RIT समुहको प्रहरी टोलीले सोमवार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बहु- बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र  रु.२०,०००/- जरीवाना भई फरार रहदै आएका जहदा गाउँपालिका-७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष २ महिना ३ दिन कैद र  रु.१२,०००/- जरीवाना भई हाल सम्म फरार रहदै आएका विराटनगर महानगरपालिका - १२ शुक्रबारेका २२ बर्षीय गणेश कुमार राम मोची रहेका छन् । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण
२०७९-०४-०२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो ।प्रहरीको आचरण र ब्यवहार सुधार गरी आम नागरिकहरुसंग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान गर्न, फरार अपराधिलाई पक्राउ गर्न, आफ्नो कार्यालय तथा बिभिन्न असभावका सामग्रीहरुको हिफाजत गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाई बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरी नागरिक र प्रहरीको सम्वन्ध सुमधुर बनाउन, प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न र सवारी दुर्घटना न्युनिकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो । सोही क्रममामा आगामी हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरी सम्पुर्ण प्रहरी कर्मचारीहरु निर्वाचनमा खटिन तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।

पिकअपको ठक्करबाट अटोचालकको मृत्यु
२०७९-०४-०२

सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् ।हिजो पुर्वाञ्ह साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १- ०१-००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक  दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा हिजै पौने ५ बजे मृत्यु भएको थियो ।पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।

अबैध समान बरामद
२०७९-०४-०१

झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी साँढे ६ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी  र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद  गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिव २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ । यसरी अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ
२०७९-०४-०१

उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका-२ का  २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीको मोटरसाईकल सहित ४ जना पक्राउ
२०७९-०३-३२

जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकल सहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ । बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १-०१-०१३ प ४५०७  नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने विराटनगर ४  का  २२ बर्षीय नविन माझी, विराटनगर ८ का २५ बर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण
२०७९-०३-३२

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले प्रहरी अनुशासित र ईमान्दारी भई दुरुस्त प्रहरी पोशाक लगाई आम नागरिकहरुसंग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो । प्रहरीले पाएको व्यबस्थित भवनको साथै असभावका सामानहरुको हिफाजत गरी प्रयोग गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाई बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरी नागरिक र प्रहरीको सम्वन्ध सुमधुर बनाउन, प्रहरीको सकृयता बढाई शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि तत्काल नियन्त्रण गर्न, प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न र सवारी दुर्घटना न्युनिकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो । सोही क्रममामा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरी सोही अनुसार प्रहरी कार्यलाई तिब्रता दिन समेत निर्देशन दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण
२०७९-०३-३१

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो । प्रहरीले पाएको व्यबस्थित भवनको साथै असभावका सामानहरुको हिफाजत गरी प्रयोग गर्नु पर्ने, प्रहरीले आचरण व्यवहार सुधार गर्नु पर्ने, प्रहरीबाट हुने काम कारबाही न्यायोचित हुनु पर्ने, सामुदायिक साझेदारी कार्यक्रमलाई अझ प्रभाकारी रुपले अगाडि बढाउनु पर्ने र समुदायमा आत्महत्या गर्नेको संख्या बढ्दै गईरहेको सन्दर्भमा समुदायमा गएर सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनु भयो । निर्देशनकै क्रममामा गएको स्थानियतह निर्चावनमा केही घटना नघटे पनि आगामी प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा हुन सक्ने घटनालाई मध्येनजर गर्दै अहिले देखिनै तयारी अबस्थामा रहन समेत सचेत गराउनु भएको छ ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०३-३०

सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार बेलुका साँढे ७ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका-५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा धामी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४  मा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका-१३ का १८ बर्षीय बिष्णु राउतको मृत्यु भएको तथा अन्य घाईतेहरुको सोही अस्पताल उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण
२०७९-०३-२९

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहँदे वाँहाले शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो ।यसका साथै समुदायमा आत्महत्याको गर्नेको संख्या बढ्दै गईरहेको सन्दर्भमा समुदायमा गएर सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र गाँजाको खेतीहरु बढ्दै गईरहेको हुँदा समयमै प्रहरी परिचालन गरी नियन्त्रण गर्ने तर्फ बिशेष ध्यान दिन समेत निर्देशन दिनु भयो ।

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ
२०७९-०३-२९

झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबायल -२९  थान,  घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु  ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२८

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६।०३।२९ गतेको फैसला आदेशले १ वर्ष ११ महिना ८ दिन कैद र २१ हजार ३ सय ३३ तेत्तीस रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका फरार प्रतिवादी बिराटनगर महानगरपालिका-४ का २२ बर्षीय नविन माझीलाई गाँउ घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई कैद तथा जरिवाना भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ ।

पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु
२०७९-०३-२८

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ शान्ति चोकका पपुलाल उराउका ५ बर्षीय छोरा आकाश उराउ २६ गते बेलुका देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अबस्थामा फेला परेका थिए । यसैगरी ईनरुवा नगरपालिका-२ का ६५ बर्षीय गंगाराम मण्डल २७ गते बिहान देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबीरहेको अवस्थामा मृत फेला परेका हुन् । दुबै घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०३-२८

मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-१४ मा ना ६ ख १८३४ नम्बरको ट्याङकरले साईकलमा बाटो क्रश गर्दे गरेका बिराटनगर-१३ का ५५ बर्षीय बिजय बानियालाई ठक्कर दिंदा घाईते भएका बानियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका-४ मेची हाईवेमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशा तर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिंदा घाईते भएका अटो चालक बुद्धशान्ति गाउँपालिका-७ का ४१ बर्षीय भानु खड्काको उपचारको क्रममा झापाको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।  

छुरा प्रहारबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न पक्राउ
२०७९-०३-२८

सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी  घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो । घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

हत्याको आरोपमा २ जना पक्राउ
२०७९-०३-२७

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती र अर्की १ जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ । असार २५ गते राती श्रीमान श्रीमती संगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा कामीलाई निजकै श्रीमती ५५ बर्षीया बुदामाया बि.क. र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०३-२७

सवारी ज्यान मुद्धामा सम्मानित पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका-९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । खवासलाई सवारी ज्यान मुद्धामा सम्मानित पुनाराबेदन अदालत बिराटनगरको २०७१।१२।११ गतेको फैसला आदेशले २ बर्ष कैद र २ हजार जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदे आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान सुन्दरहरैचा-९ बाट पक्राउ गरेको हो । पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

दक्ष जनशक्ति उत्पादनमा बिशेष जोड- प्रहरी नायव महानिरीक्षक सुदिप गिरी
२०७९-०३-२७

दक्ष जनशक्ति उत्पादानमा बिशेष जोड दिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर र प्रदेश प्रहरी गण बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरीहरुलाई निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिन र  विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथै भिड नियन्त्रण तथा प्रहरी कारवाहीमा कति पनि बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन समेत वहाँले निर्देशन दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धती अहिलेको आवश्यकता रहेको बताउँदै तालिमका शुरुवाती दिन देखी नै उक्त कुरामा बिशेष ध्यान दिई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन समेत तालिम केन्द्रका समादेशक तथा प्रशिक्षकहरुलाई बिशेष निर्देशन दिनु भयो । यसका साथै प्रहरी आचरण बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही र राम्रो कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न समेत वहाँले निर्देशन दिनु भयो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-२७

मोरङको बिराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  आईतवार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ -०२-०४९ प ६२५८  नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बिराटनगर-१५ का  ४५ बर्षीय भोला श्रेष्ठ र  १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०७९-०३-२७

झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन । हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा
२०७९-०३-२६

मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ । आज मोरङको केराबारी गाउँपालिका-३ स्थित रहेको हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुंगा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो । यसै गरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका-४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १-०२-००१ ख ८६९५, प्रदेश १-०२-००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १-०४-००१ त ४२०,  प्रदेश १-०१-००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ घाईते
२०७९-०३-२६

सुनसरीको कोशी गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु  भएको छ भने १ घाईते भएका छन । आज दिउँसो पौने ४ बजे को.२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिका-४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको र मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मिया घाईते भएकोमा जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने ठक्कर दिने सवारी साधन र चालक ४६ बर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  छ ।

करेन्ट लागि १ जनाको मृत्यु
२०७९-०३-२६

संखुवासभाको चैनपुर नगरपालिका-६ स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ४ बजे चैनपुर-६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।

भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्री बरामद
२०७९-०३-२५

मोरङको बिराटनगर महानगरपालिका-६ स्थितबाट भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो १ नम्वर प्रदेश प्रहरी कार्यालय RIT बाट खटिएको प्रहरी टोलीले बिराटनगर-६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा (२३५० के.जि.), मटर ३२ बोरा (९६० के.जि.), छोकडा ५ बोरा (२५० के.जि.), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको  समान बरामद गरेको हो । बरामद गरिएका खाध्यान्नका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य थप अनुसन्धान भईरहेको छ ।  

अवैध सुपारी सहित सवारी साधन बरामद
२०७९-०३-२५

झापाको मेचिनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । आज बिहान पौने ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैया मुल्य बराबरको बरामद गरेको हो । बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-०३-२५

मानब बेचबिखन तथा ओसार-पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ । पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन  कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।

सुनको सिक्री घाँटीबाट थुती भाग्ने पक्राउ
२०७९-०३-२५

झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् । रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।

१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०७९-०३-२४

१ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा प्रहरीले सम्पादन गर्ने काम कारवाहीमा देखा परेका समस्या र चुनौतीहरुलाई तत्काल पहिचान गरी सम्बन्धित जिल्ला प्रहरी प्रमुखले त्यसको समाधान गर्न निर्देशन दिनु भयो । सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गरी अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध लगायतका विषयमा प्रविधिहरुको प्रयोग गरी विशेष चनाखो रही सामुहिक भावनाका साथ प्रहरी परिचालन गरी काम कारवाही गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको समग्र बस्तु स्थिति र जिल्लामा भएको समस्या र चुनौतिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।  

ट्याक्टर दुर्घटनाबाट २ जनाको मृत्यु ४२ जना घाईते
२०७९-०३-२४

संखुवासभाको चैनपुर नगरपालिका-१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् । आज दिउसो १ बजे मलामी बोकी पिलुवा खोलामा गई दाहा सस्कार गरी फर्कदै गरेको को. २ त ३९६१ नम्बरको ट्रयाक्टर सडक साईडमा पल्टी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर-१० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर-९ का ४६ बर्षीय केशब कार्कीको मृत्यू भएको हो । ट्रयाक्टर चालक मोहन कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-२४

झापाको कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ९ बजे मे.१त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे.१ ह ६९६० नम्वरको अटोलाई ठक्कर दिदा अटोमा सवार रहेकि कन्काई नगरपालिका-३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-२४

झापाको कन्काई नगरपालिका-३ एकान्त टोल भित्री सडक खण्ड स्थितमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको  ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका-३ की ३४  बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । यसरी घाईते भएकी नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र चालक कन्काई नगरपालिका-७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई  ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण
२०७९-०३-२३

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरी कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (मानीनय मन्त्रिस्तर) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस कार्यालयमा पदस्थापना हुनु भएका  प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आजै कार्यभार सम्हाल्नु  भएको हो । नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अगाडि बिशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सक्नु भएको छ ।  बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ । यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु  भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।   

फरार प्रतिबादी पक्राउ
२०७९-०३-२२

१ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट मानव बेचबिखन तथा ओसार-पसार मुद्धाका फरारप्रतिबादीहरु २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका २ जनालाई आज सम्मानित सुनसरी अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्ला कारागार पठाइएको छ ।पक्राउ पर्नेमा मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं १४ बिजयपूर का ३७ बर्षीय दिल कुमार बल तामाङ र मानव बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको  मिति २०७४।१०।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ दिन कैद भई लगत नं. ८८२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनसरी धरान उपमहानगरपालिका वडा नं ०२  का ३० बर्षीय यादव बस्नेत रहेका छन् । उनिहरुलाई खोजतालस गर्ने क्रममा गाऊघरमानै लुकीछिपि बसेको अबस्थामा पक्राउ गरिएको थियो ।

चट्याङ लागी युवा सहित बालिकाको मृत्यु
२०७९-०३-२२

उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साँढे ६ बजे  उदयपुरको चौदण्डीगढी-५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा  अचानक पानी सगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी-९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागी ७ बर्षीय सुजन तामाङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
२०७९-०३-२१

मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक -२० एम्पुल, एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र फेनरागन-२० एम्पुल बरामद गरेको थियो । यसरी लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक नियन्त्रणमा
२०७९-०३-२०

मोरङको केराबारी-८ स्थित रहेको खदम खोला, केराबारी-७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा-५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते
२०७९-०३-२०

सुनसरीको भोक्राहा नरसिंह-५ मा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आईतवार बेलुका साढे ३ बजे  पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा  मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई  उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा  को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह-५ बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा  मृत्यु भएको र अन्य ३ जनाको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

हत्यामा समलग्न ३ जना पक्राउ
२०७९-०३-१९

झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए संगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ बर्षीय सुरेश परियार रहेका छन् । असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परे सगै घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको  आधारमा ‍भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो इलाका प्रहरी कार्यालय अनामनीले  पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

पहिरोमा परी ३ जनाको मृत्यु १ जनाको सकुशल उद्दार
२०७९-०३-१९

पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।  पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो भने पहिरोमा पुरिई बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ बर्षीया श्रीमती गोमा मगर,  दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको हो ।  

डर धम्की दिई रकम माग गर्ने २ जना पक्राउ
२०७९-०३-१९

जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका-४ कञ्चनबारी बस्दै आएका ३९ बर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे-६ का २६ बर्षीय विशाल ऋषिदेव रहेका छन । उनिहरुले बिराटनगर-३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आईरहेका थिए । असार १७ गते सुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे-६ हसन्दह स्थित रहेको IME मा उनिहरुलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले IME मा पठाएको नगद रकम २५ हजार सहित ऋषिदेवलाई  पक्राउ गरेको हो । ऋषिदेव पक्राउ परे सगै संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
२०७९-०३-१९

मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए ।  शरिर जली गम्भिर घाईते भएकि बबिताको  कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो ।  श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-१७

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।यसै गरी हिजै दउसो २ बजे १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै  १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 - ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०३-१५

मोरङको बिराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका साँढे ५ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर-६ का ४० बर्षीय  नारायण महत्तोलाई  चेकजाँच  गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर-९ घर भई बिराटनगर-११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट  स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-१५

मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-०३-१४

झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय  प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् ।हिजो बेलुका ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट डिजिटल तराजु सहित लागुऔषध ब्राउन सुगर  २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ ।पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-१३

पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । हिजो बेलुका सवा ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको  मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल-५ का  ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमानै मृत्यु भएको र घाईते भएका पाचँथर फालेलुङ गाँउपालिका-१ का ३५ बर्षीय भिष्म केरुङको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०७९-०३-१३

मोरङको सुन्दरहरैचा नगरपालिका-५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-८ का  ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र  २९ बर्षीय  बाला राई रहेका छन । हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले  शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा  ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जना पक्राउ
२०७९-०३-१२

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकि हाल सम्म फरार रही लुकि छिपि बसेका  दमक नगरपालिका- ७ झापाका ३९ बर्षीय तेजु भन्ने तेज वहादुर मगर, मिक्लाजुङ गाउँपालिका-३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बु, सोही स्थानका २६ बर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका-२ लालभित्ती मोरङका २१ बर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका-५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७६।०२।०५ गतेको फैसलाले ६ वर्ष कैद र १० हजार जरिवाना तोकिएका मगरलाई दमक-६ स्थितबाट पक्राउ गरेको हो, भने सम्मानित जिल्ला अदालत मोरङको मिति २०७८।०४।१ र २  गतेको फैसलाले विना इजाजत राष्ट्रिय वन क्षेत्रमा प्रवेश मुद्दा र हातहतियार खरखजाना मुद्दामा १० महिना २९ दिन कैद र ३० हजार जरिवाना तोकिएका सुमनसंभी लिम्बु र जबरजस्ती करणी मुद्दामा २ महिना १० दिन कैद, ५ हजार जरिवाना तोकिएका रमेश घिमिरेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसै गरी चोरी मुद्दामा ५ महिना १६ दिन कैद र ५ हजार जरिवाना तोकिएका अर्जुन झागडलाई इलाका प्रहरी कार्यालय बेलबारीले र नकवजनी चोरीमुद्दामा ७ महिना ५ दिन कैद, १० हजार रुपैया जरीवाना  तोकीएका सुन्नर सरदारलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको छ ।

बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु
२०७९-०३-१२

ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।आज दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अं.२०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो । बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०७९-०३-१२

झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध  लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र  कन्काई-४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका-१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका-९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७९-०३-१२

मोरङको बुढिगंगा गाउँपालिका-६ घेरावनीबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो । मोटरसाईकलबाट गाँजा बरामद भए संगै मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका-३ का ४५ बर्षीय नेत्र भट्टराईलाई समेत पक्राउ गरेको छ । गाँजा सहित पक्राउ भट्टाराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु
२०७९-०३-१२

धनकुटा नगरपालिका -६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि.को क्षेत्र भित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको छ । शनिवार दिउँसो उक्त पोखरीमा पौडी खेल्न गएका स्थानीय दिल बहादुर राईको १४ बर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका-५ का बिजय राईको १५ बर्षीय छोरा सोनिम राई पौडी खेल्ने क्रममा डुबेर घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
२०७९-०३-१२

मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती साढे ८ बजे  अरुण गाउँपालिका-५ भोजपुरका२६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १-०२-०४१ प १४१४ नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल र चालक इटहरी सुनसरीका बिकाश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।  मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-१०

झापाको कमल गाउँपालिका-६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो ११ बजे मे.१ ह  ६३१० नम्बरको  सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका-८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी बिराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार हुन नसकि घर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० झापाका लिला बहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ
२०७९-०३-१०

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका-५ मा डेरा गरी बस्ने २३ बर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका-४ कि १९ बर्षीया सिरिसा सिंह महथा रहेका छन् । उनिहरुले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको अनुसन्धानको क्रममा वेचबिखन गर्ने उद्देश्यले भारत तर्फ लैजादै गरेको खुल्न आएको छ । पक्राउ परेका दुवैजनाको मानव वेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हजुरआमालाई कर्तब्य गरी हत्या गर्ने नाती पक्राउ
२०७९-०३-१०

खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन । बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको संकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप-महानगरपालिका-१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको हो ।  पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी-५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  पक्राउ परेका खडकाको कर्तब्य ज्यान सम्वन्धि कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-०९

सुनसरीको दुहबी-३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी-२ मा डेरा गरी बस्दै आएकी  ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीगई ट्रिपर चालक  मोरङ बेलबारी- ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०३-०८

मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ मा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका-११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०३-०७

उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको  बा.९ च ३८४६ नम्बरको  बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका-१३ पोर्ता का  ५२ बर्षीय  कुमार बस्नेत घाईते भएका थिए । घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । बलेरो र चालक स्थानीय ३७ बर्षीय  ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र  घटना सम्वन्धमा थप अनुसन्धान  गरिहेको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-०६

मोरङको बेलबारी-११ स्थित पुर्व पश्चिम  राजमार्गमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । आज दिउँसो सवा १२ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी-१० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे .-६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ । 

बाढीले अटो बगाउँदा १ जनाको मृत्यु
२०७९-०३-०६

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले टेम्पो बगाउँदा १ जनाको मत्यु भएको छ । आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान-१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो । घाईते चालकलाई उपचारको लागी धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-०३-०५

ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । ईटहरी -४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिवन्धित लागुऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो । पुरस्कृत भएका ओझाले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याई नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।     प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेराबाट पेस्तोल बरामद
२०७९-०३-०५

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका-६ का ३२ बर्षीय बिनोद चौधरीको  डेराबाट १ थान पेस्तोल बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुले संगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु
२०७९-०३-०५

मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मोरंङको जहदा गाउँपालिका-४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखिया जेठ ३ गते माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घर देखी केही  मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।  यसैगरी  मोरङकै रतुवामाई नगरपालिका-१ मुस्लिमटोल बस्ने साकिर आलमका २ बर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ५ बजे घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

मोटरसाइकल दुर्घटना भई १ जनाको मृत्यु
२०७९-०३-०३

पाँचथरको हिलिहाँङ गाउँपालिका-७ स्थित मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक हिलिहाङ-४ का ३६ बर्षीय रमेश योङयाको मृत्यु  भएको छ । आज बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा स्थित भिरमा अड्किएको अवस्थामा फेला परेका योङयालाई ईलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले भिरबाट निकाली उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ डाक्टरले चेक जाँचको क्रममा मृत घोषणा गरेको हो । योङया हिजो बेलुका ५ बजे ONETEST पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।  

पहिरोमा परी २ जनाको मृत्यु १ जना घाईते
२०७९-०३-०३

ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ ट्याम्फु स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरीई पुर्णरुपमा क्षति हुँदा घरले किची अधिकारीको श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यसोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको र ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका हुन । घटना स्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटि उद्धार गरी घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ भने दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ ।  थप उद्दार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली खटि गएको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-०३

उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको  मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी-६ बेल्टारका २९  वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो । यसै गरी  मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 38 V 3251 नम्बरको  मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका  कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादीहरु पक्राउ
२०७९-०३-०२

जिल्ला प्रहरी कार्यालय मोरङले ४ जना फरार प्रतिवादीहरुलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सम्मानित जिल्ला अदालत मोरङको बिभिन्न मितिको  फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ बर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका -९  का ३१ बर्षीय मुकविर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ बर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका - ४ का २५ बर्षीय मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी  सुनवर्षी नगरपालिका – ५ का  ४५ बर्षीय  गरिव ऋषिदेव, र चोरी मुद्दामा २ महिना १० दिन कैद र २००० जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका-९ का २३ बर्षीय लक्ष्मण मण्डल रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्मानित मोरङ जिल्ला अदालत बुझाईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय चलान भएका छन ।

कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ
२०७९-०३-०२

सुनसरीको कोशी गाउँपालिका-२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन । गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका-२ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागुऔषध सहित  पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०३-०१

झापाको मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो स्थानीय २४ बर्षीय सुरज मेचे र २२ बर्षीय जिवन सार्कीलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ७३ हजार, १ थान मोवायल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जंगली च्याउ खाँदा २ जनाको मृत्यु २ जना बिरामी
२०७९-०३-०१

ओखलढुङगाको चम्पादेवी गाउँपालिका-७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् । जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, निजको छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो । अन्य तिन जनालाई थप उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

ढुङ्गाले किचेर बालकको मृत्यु
२०७९-०२-३१

ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका-३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर स्थानीय एक बालकको मृत्यु भएको छ । सोमवार बेलुका साढे ५  बजे  चम्पादेवी-३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत बहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिम बहादुर श्रेष्ठलाई अचानक भिर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए । ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको छ ।

ट्रयाक्टर दुर्घटनाबाट २ जनाको मृत्यु २ जना घाइते
२०७९-०२-३१

ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । ईलामको रोङ गाउपालिका-४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे.१ त ४४७८ नम्बरको  ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्याक्टर चालक सुर्योदय नगरपालिका-१२ का  २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो । यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा हिजो बेलुका ५ बजे  मे १ त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिदा घाईते भएका स्थानिय  राम प्रसाद अधिकारीको ९ बर्षीय  छोरा  गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुराउना साथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउपालिकाका २६ बर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाईते
२०७९-०२-२९

सुनसरीको कोशी गाउँपालिका-७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । मृत्यु हुनेमा पैदल यात्री स्थानिय १८ बर्षीय श्रवण कुमार मेहता रहेका छन ।  आज बिहान ८ बजे पश्चिम तर्फ गईरहेको को.२ च ३९९२ नम्वरको स्कारपियो गाडीले  पैदल यात्री मेहतालाइ ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते भएका पैदल यात्री मेहताको उपचारको क्रममा बिराटनर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने स्कारपियोमा सवार रहेका चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
२०७९-०२-२९

सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा  बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन ।  आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बन्चरो प्रहार गरी भाईको हत्या गर्ने  देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, ५ जना घाइते
२०७९-०२-२८

ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।हिजो बेलुका साढे ७ बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट अं. १०० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट स्कारपियो गाडीमा सवार घाइते भएका ६ जना मध्ये झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ बर्षीय ईश्वरी प्रसाद खरेलको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा हिजै राती साढे ८ बजे मृत्यु भएको हो । अन्य घाईतेहरुमा गाडी चालक झापा बिर्तामोड नगरपालिका ५ बस्ने ५० बर्षीय गणेश पराजुली, विर्तामोड ४ का ४५ बर्षीय एकराज बिष्ट, विर्तामोड ४ का ४५ बर्षीय डिल्लि बस्नेत, विर्तामोड ३ का ४७ बर्षीय तस बहादुर प्रधान र विर्तामोड ४ का ५३ बर्षीय सन्तोष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी हिजै राती सँवा ९ बजे पाँचथर फालेलुङ गा ३ नाम्लोवा स्थित भित्रि कच्चि सडक खण्डमा पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको प्र.१-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखी अं.१० फिट तल झरी दुर्घट्ना हुँदा ट्याक्टर चालक सोही स्थान बस्ने २२ बर्षीय  सुरेश साँवालाई ट्याक्टरले किचि घट्नस्थलमै मृत्यु भएको हो ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

चोरीमा संलग्न २ जना पक्राउ
२०७९-०२-२७

सुनसरीको इटहरी उप-महानगरपालिका-९ स्थित रहेको मोवायल पसलबाट मोवायल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका-९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका-४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन । उनीहरुले यही जेष्ठ १५ गते राती मोवायल पसलको सटर फोडी ३ लाख बरावरको बिभिन्न कम्पनिको मोवायलहरु चोरी गरेका थिए । चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मोवायल सेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको आजै सम्मानित सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

चोरीमा संलग्न ब्यक्ति समान सहित पक्राउ
२०७९-०२-२७

तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन ।तामाङले जेष्ठ २५ गते बुधबार दिउसो फेदाप गाउँपालिका-२ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको बिभिन्न गरगहनाहरु  ५ तोला, ५ आना र  नगद १ हजार रुपैया  सहित चोरी गरी फरार भएका थिए । चोरी भएको सुचना पाए लगतै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा हिजो बिहान लालिगुराँस नगरपालिका-९ काँडे स्थितमा लुकिछिपि बसेको अवस्थमा चोरी भएका सम्पुर्ण गरगहना र नगद सहित तामाङलाई पक्राउ गरेको हो ।पक्राउ परेका तामाङको  सम्मानित जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

लहरीको ठक्करबाट एक जनाको मृत्यु
२०७९-०२-२७

सुनसरीको दुहवी नगरपालिका ५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाईकल पछाडी सवार एक जना महिलाको मृत्यु भएको । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका २० बस्ने ५८ बर्षीया कृष्ण कुमारी खवास रहेकी छन् ।हिजो दिनको ३ बजे उनकै श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाईकलको पछाडी बसी जादै गर्दा बिपरित दिशाबाट आएको UP 57AT 3837 नम्बरको भारतिय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो भने चालक सामान्य रहेका छन् ।घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटि गई लहरी र लहरी चालक भारत कुसिनगर जिल्ला बस्ने ४५ बर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

अवैधरुपमा भन्सार छली गरेको समान बरामद
२०७९-०२-२६

मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ ।  बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका  बिराटनगर महानगरपालिका-१२ स्थितबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु र बिराटनगर-६ स्थित केसलिया रोडबाट ना.४ख १६७८ नम्वरको टकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चालक सहित  नियन्त्रणमा लिएको हो । बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-०२-२६

इलामको देउमाई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका-७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका-८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन । हिजो दिउँसो नेपालटार-मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्वरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु
२०७९-०२-२६

तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि अन्दाजि १०० मिटर तल झरी दुर्घटना हुँदा चालक फेदाप गाँउपालिका-५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा बुधवार दिउँसो ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले र बिपरित दिशा तर्फ जाँदै गरेको को. ५ प २३३० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका चालक रामधुनी नगरपालिका-७ सुनसरीका २६ बर्षीय प्रेम घिसिङको उपचारको क्रममा बि.एण्ड.सि. अस्पताल बिर्तामोडमा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैधरुपमा भण्डारण गरेको खाध्यान्न सामग्री बरामद
२०७९-०२-२५

मोरङको बिराटनगर महानगरपालिका-११ स्थितबाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरको छ । हिजो दिउसो ११ बजे बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर-११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको  अन्दाजी मुल्य ६ लाख ७१ हजार रुपैया बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो । बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कटुवा पेस्तोल सहित १ जना पक्राउ
२०७९-०२-२४

सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको BR 39J 6835  नम्वरको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०२-२४

झापाको मेचीनगर नगरपालिका-६  स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर-७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर-६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने  सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्य, १ जना घाईते
२०७९-०२-२३

मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९  का २४ बर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् ।हिजो बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा हिजै बेलुका सँवा ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको अबैध समान सहित १ जना पक्राउ
२०७९-०२-१९

मोरङको बिराटनगर महानगरपालिका-४ बाट  राजश्व छली अबैध रुपमा बिराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर-४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो । अबैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाईकल चोरीमा संग्लग्न ८ जना पक्राउ
२०७९-०२-१९

झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान  मोटरसाईकल सहित पक्राउ परेका छन् । केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र  ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका-५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका-५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका-५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका-३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् । पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका-८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा - १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न  स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०२-१९

धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बिहान साढे १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागुऔषध गाँजा ९ केजी ५०० ग्राम फेला परेको थियो । गाँजा फेला परे पश्चात सोही गाडीमा सवार धनकुटा सहिदभुमी गाऊपालिका २ का २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभुमी गाऊपालिका ३ का २९ बर्षीय लोकेन्द्र राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनकुटामा लगी थप अनुसन्धान भईरहेको छ । यसै गरी हिजो राती पौने ११ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने २७ बर्षीय सोम तामाङलाई घरैबाट लागुऔषध गाँजा १ केजी सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

पहिरोले पुरिएर दुई जनाको मृत्यु
२०७९-०२-१८

संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण  कार्यमा खटिएका  सुनसरी  धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका-६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ
२०७९-०२-१८

जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका-५  पाँचथरका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन् । गत १३ गते दमक नगरपालिका-६ बाट हराएको मोटरसाईकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाई रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका-६ शखधर चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०२-१८

धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा  खाँदवारी नगरपालिका-१० संखुवासभा घर भई धनकुटा नगरपालिका-६ मा डेरा गरी बस्ने २४ बर्षीय पुरन राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी  गत सोमबार साँझ साँढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका-१० मा को ३९ प  ७८९५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ८५ बर्षीय मुसा यादबलाई ठक्कर दिंदा घाईते भएका यादवको उपचारको क्रममा हिजो साँझ नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्याको आरोपमा २ जना पक्राउ
२०७९-०२-१७

सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए । मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान-१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए संगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०२-१६

सुनसरीको ईटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी-५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र MADE IN USA लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सवारी दुर्घटना ४ जनाको मृत्यु
२०७९-०२-१६

उदयपुरको कटारी नगरपालिका-१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी चालक सिमरा उप-महानगरपालिका-१ का ३३ बर्षीय सुदिप घलान, सोही स्थानका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०२-१६

मोरङको बिराटनगर महानगरपालिका-१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका-२ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन । हिजो बेलुका ६ बजे बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी-६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलि ग्राम ब्राउन सुगर बरामद भएको हो । यसै गरी आज बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा संकास्पद अवस्थामा हिडिरहेका स्थानिय २४ बर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलि ग्राम ब्राउन सुगर बरामद भएको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

हत्याको अभियोगमा ३ जना पक्राउ
२०७९-०२-१५

मोरङको कटहरी गाऊपालिका २ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ बर्षीय रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ बर्षीय नितेश चौधरी रहेका छन् ।आज बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका  -१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अबस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप  अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको थियो । घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आजै बिहान १० बजे पक्राउ गर्न सफल भएको हो ।आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०७९-०२-१५

मोरङको बेलबारी नगरपालिका-१० स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ७ बजे पुर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को.२त ८५५९ नम्वरको ट्रयाक्टरमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका- ११ मोरङका २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल घाईते भएका थिए । घाईतेहरुलाई तत्काल उपचारको लागि बिराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्‍याउना साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।  दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

पलान्चोक भगवती मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न
२०७९-०२-१३

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज बिहान कार्यालयको परिसरमा  सम्पन्न एक बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी. ले धार्मिक कार्यक्रमहरुले प्रहरीमा भाईचारा, बन्धुत्वको विकास सँगै सदाचार, सदभावको भावनामा बृद्धी भई समाजमा नैतिकता स्थापित हुने कुरामा बिस्वस्त रहेको बनाउनु भयो । वाहाले नागरीकको सहयोग बिना प्रहरीले सफलता प्राप्त गर्न नसक्ने हुँनाले सम्पुर्ण  पलाञ्चोक भगवति मन्दिर निर्माणमा अतुलनिय सहयोग पुर्‍याउनु हुने दाता महानुभावहरुलाई समेत धन्यवाद  दिनुहुदै कदर पत्रले सम्मान समेत गर्नु भयो  ।कार्यक्रममा मन्दिर निर्माण कार्यमा सहयोगी दाताज्युहरु,  प्रहरी उपरीक्षक ज्युहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०२-१३

मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् ।हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो भने हिजै बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागुऔषध लोड भएको १०ml को सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो ।पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।

हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ
२०७९-०२-१२

उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै-झगडा भएको र  रिशको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा  उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ
२०७९-०२-११

मोरङको जहदा गाउँपालिका-२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ०९०० बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

बसको ठक्करबाट २ जनाको मृत्यु
२०७९-०२-११

झापाको शिवसताक्षी नगरपालिका-१ स्थितमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को. १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका पथरी शनिश्चरे नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान २५ बर्षीय प्रकाश राई र   भोजपुर षडानन्द नगरपालिका-८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका-२ का ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

हत्याको आरोपमा युवक पक्राउ
२०७९-०२-१०

सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ बर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे धारीलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । उक्त घटनामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगि थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो । उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा आज दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संग्लग्न रहेका सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०७९-०२-०९

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका-११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले२०३.४१०(दुइ सय तीन ग्राम चार सय दश मिलि ग्राम) लागुऔषध ब्राउनसुगर , नगद ३८,७३०(अट्तिस हजार सात सय तिस ) रुपैयाँ  र उनीहरुले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८  तथा WB 74 V 6439 नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।  यसैगरी मोरङको बेलवारी नगरपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२-०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लास भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुढीगंगा गाउँपालिका-७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना २ जनाको मृत्यु
२०७९-०२-०६

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड-४ का ५२ बर्षीय टंक काफ्लेको मृत्यु भएको हो । सडकमा रोकीराखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडीको भागले ठक्कर दिंदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा चालक र ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी  मोरङको सुनवर्षी नगरपालिका-६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा घाईते भएका सुनवर्सी नगरपालिका-५ का ४५ बर्षीय राज कुमार सरदारलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

अबैध सुन सहित १ जना पक्राउ
२०७९-०२-०५

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट  ३४९.७०० ग्राम ( हालको बजार मुल्य अनुसार २८,८७,१८२.६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

आफ्नै बुवा र आमाको हत्या गर्ने छोरा पक्राउ
२०७९-०१-२३

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका-६ का २५ बर्षीय आईतराज लिम्वुलाई आफ्नै बुवा र आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे पाँच बजे लिम्वुले आफनै ७० बर्षीय बुवा बीर्ख बहादुर लिम्वु र ७२ बर्षीया आमा थिपरानी लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । तत्काल घटनाको जानकारी पाए लगतै प्रहरी चौकी लेलेपबाट घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न छोरा आईतराज लिम्वुलाई खुकुरी सहित घरबाट नै नियन्त्रणमा लिएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते
२०७९-०१-२३

भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन ।  हिजो  बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा  निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती  मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको  सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो । आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा  कानुनि प्रकृया भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०७९-०१-२३

झापाको कनकाई नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्करलागि दुर्घटना हुँदा  घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा-६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा  थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२२

लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका-१९ मा  को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका-८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् । राईले नियन्त्रीत लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

हत्यामा संग्लग्न ३ जना पक्राउ
२०७९-०१-२१

मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका -८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा  पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे संगै अनुसन्धानको क्रममा रिमाल संग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुले संगै निजलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी देउमाई नगरपालिका-७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका -७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र निजकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुले संगै दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०७९-०१-१९

मोरङको कानेपोखरी गाउँपालिका-७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-१६ का रुपक श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

निषेधित लागुऔषध सहित पक्राउ
२०७९-०१-१६

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका-३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक-७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल बरामद गरेको हो यसै गरि सुनसरीको बराहक्षेत्र-४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज-४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल क्यापसुल ११०० वटा  बरामद गरेको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७९-०१-१६

तेह्रथुमको लालिगुरास नगरपालिका-४ बसन्तपुरबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउसो बिषेश सुचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा  लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका  गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ ।